Thursday, April 9, 2020

उदारो शब्दहरु

कबिता 

मैले छाडिसके तिम्रा
गित गाउन
अनि तिम्रा भजन सुन्न पनि
अब त पानी पर्दा आउने तिम्रा याद पनि
आउन  छाडिसके
अनि साझ पर्दा पनि
बल्द्लिए नि !!
म बिल्कुल बदलिएको छु
तिमी जस्तै गरि

ऎना हरु ले तिम्लाइ देखाउनै छाडिसक्यो
मेरो आफ्नो प्रतिबिम्ब मा
अनि हावा हरुले
बिल्कुलै छाडिसके तिम्रा
याद हरु बोक्न
फुल हरुमा पनि तिम्रो गन्ध छैन
अह!! पटक्कै छैन
बस्ती हरुमा तिम्रा
याद का झुप्पा हरु
तिमी पनि ओइलाएउ
बरै!!
मैले दिएका गुलाफ जस्तैः

सन्नाट हरुले लिन छाडिसकेछ
तिम्रो नाम!
अनि बादल हरु ले छेक्न छाडिसकेछ
तिम्रा सितलता हरु
नदि हरुमा बग्न छाडिसकेछ
तिम्रा सुसेली हरु
अनि गल्ली हरु मा चल्न छाडिसकेछ
तिम्रा बैँस का जोर हरु
तिमी त बिल्कुलै
एक्लिएछौ कठ्ठै
मेरा सपना हरु जस्तैः

तिम्रा याद का अन्तिम श्रद्धाञ्जली मा
चढाएको छु
यी शब्दहरु 
जो बिल्कुल तिम्रो हुनेछ
तिम्रो बन्ने छ
सब्द भिख मागेर
तिमिलाइ उपहार दिए !!!!
तिम्ले दिएको याद को बदलामा
                 --

 सुजन ढकाल 
भरतपुर, चितवन । 

Saturday, February 15, 2020

काठमाडौको कथा - डा. लोकेन्द्र

पुसको महिना काठमाडौ को चिसो, जती कपडा लगाएपनि कता बाट हावा घुस्छ कुन्नी मुटु को गति नै बढाइदिन्छ। बानेश्वर नजिकै को सांसद भवन मा जति बन्देज, जति पार्दशिता देखाए पनि कोहि बलात्कारी, हत्यारा अनि चोर हरु नेता बनेर छिरेकै जस्तै यो हावा पनि मेरो कपडाले जति कडा सुरक्षागार्ड को काम गरे पनि छिरिहाल्छ। यो भयो जाडो को कुरा, अनि साच्चै काठमाडौ को जाडोलाई म विशेष जाडोको उपमा दिन्छु, घाम लाग्दा पनि जाडो, अग्ला गगन्चुम्बि महल हरु ले घामलाई सडक र भुइमा पर्न नदिएर छत मै लुकाइराखेको हुन्छ। यो हिसाबले पनि काठमाडौ को जाडो लाई उत्कृष्ट क्ष्रेणी को जाडो मान्न सकिन्छ । म अचम्म पर्छु, गर्मीमा जति जाडो भए पनि, बस्त्र नलगाए पनि कता कता बाट तातो महसुस भैहाल्ने तर जाडो मा जति ख्याल गर्यो उति नै लाग्ने, प्रकृतिको लिला अपरम्पार छ। म यहि जाडो कल्पना गर्दा गर्दा बानेश्वर बाट कोटेश्वर पुगेको थाहा नै भएन। हामी टाढा टाढा बाट राजधानी पढ्न छिरेका ब्याक्ती हरुको लागि काठमाडौ एक स्वर्ग जस्तै लाग्छ सुरुसुरु मा, पछि पो यो शहर को दुर्दशा र अमानवीयता देखेर कहिले छोडुला जस्तै लाग्छ। म सुरु मा यो सपनाको सहर छिर्दा दौरा र ढाका टोपीमा छिरेको थिए, अहिले म यहाको मोर्डेन मान्छे भैसकेको छु। अब मेरो जिउ मा तीन चार ठाउँ मा प्वाल परेको पाइन्ट हुन्छ, पछाडी सिग्री ले बाधेको मोटो पर्स हुन्छ। पर्स मा पैसा भन्दा बढी अरु नै सामान हुने गर्छ्न। मेरो सिधा पर्ने तोरि को तेल लगाउने कपाल, अब ठाडो भैसक्यो चमेलिको तेल र जेल लगाउछ अहिले। पहिले मेरो शरीर बाट पसिनाको बास्ना आउथ्यो अहिले पर्फुम को आउछ। मेरो अब जुत्ता पनि परिवर्तन भैसक्यो, हरिया जुत्ता लगाउने म अहिले ब्राण्डेड लगाउछु। तेति मात्र होइन मेरो बानी परिबर्तन नि भयो, म आफै सुरु मा जस्तो भेस मा झरेको थिए तेस्तै भेस मा झर्ने कोहि लाई पाखे भन्ने गर्छु। म अब मोर्डेन मान्छे चुरोट को धुवा उडाउनै पर्यो, अलि कति रक्सी खानै पर्यो अनि एउटि राम्री तरुनी लाई हात समाएर हिडाउनै पर्यो। साच्चै यो काठमाडौ ले मानिस परिबर्तन गरिदिन्छ यो विशिष्ट सहर हो। कोटेश्वर बाट बालकुमारी पुगे, म तेता को एउटा चिया पसल मा छिरे, चिया मगाए दुई खिल्ली सुर्य चुरोट पनि ताने, मन हलुका भयो। यो शहर का मानिसको आफ्नै आफ्नै बेदना हुन्छ, तर सबैको वेदना लुकेको हुने गर्छ। म आफै यता टिक्न कति ऋण सापट गरेको छु, तेहि पैसाले येस्तो बिलासि देखिने जीवन बिताइरहेको छु, पर्स को गोजि चेक गर्छु डराउछु अब पैसा सकिएछ कहाँ बाट लिएर आउने?? यो सहर मा एउटा भनाके प्रसिद्ध छ ` Yes Money फनफनी, No Money रनथनी´ अब मेरो फनफनी को दिन सकिन लागेर रनथनी को दिन सुरु हुने वाला छ। यो सबै पीडा तेहि होटेलको चुरोट ले दागबत्ती दिएर म मेरो कोठा इमाडोल आइपुगे। कोठा खोले, दुई दिन देखि नधोएका भाडा गनाएका रहेछन, छिर्न लाग्दा मेरो नाक ले था पाइहाल्यो तर यति सम्म बास्ना त पचिहाल्छ नि। बत्ती ओन गरे, मेरो कोठा मा दिउसै २० वाटको बत्ति बाल्न पर्छ, ओरिपरी ठुला घर भएर होला मेरो कोठाले यो जुनिमा प्राकृतिक उज्यालोको महसुस गर्न पाउने छैन। झ्याल खोले एक पट्टीको, लुगा छेउको कुनामा थिए, मैले मेरा मोर्डेर्न लुगा तेहि कुनामा फ्याके र खुला कट्टु र गन्जी लगाए। कुनामा भएका कपडा मैला थिए, ठुस्स हल्का बास्ना आउथ्यो तर मसग पर्फुम थियो नया बनाउने बास्ना हटाउने। ग्यास पनि सिद्दिएको रहेछ, चामल पनि तिनचार छाक भन्दा बढी टिक्ने छैन, तरकारी त तेस्तै भयो। सानो किचेन ड्र्म मा पानी चेक गरे पानी नै थोरै रैछ, काठमाडौ अब पानी कहिले आउने हो कुन्नी म तनाब मा भए तर तेति तनाब सहन सक्थे म अब। जार बाट गिलास मा पानी भरे प्यास मेटे मज्जा लाग्यो। पैसा को बिकल्प खोज्दै थिए, घरबाट के भनेर पठाइमाग्ने, दुई हप्ता पनि भएको छैन १५ हजार पठाएको, मेरो बिलासीमा जिउन खोज्ने र देखावटी जीवन खोज्ने बानिदेखी आफै दिक्क लागेर आयो। अझ कोठाभाडा बुजाउने दिन आउदै थियो। तनाब माथि तनाब!!! म यो सबै कुरा लाई एक ठाउँ मा राख्दै खाट्मा पल्टिए, गर्लफ्रेण्ड को फोन आयो। डेटिङ जाम भनी, अब मलाइ सबैभन्दा ठूलो तनाब आइलाग्यो, नजाम त तेत्रो दुख गरेर पट्टाएको हो, गए अलिकती भएपनि जवानि उपयोग गर्न पाइने, जाम त पैसा छैन। डेटिङ गए खाजा खुवाउनै पर्यो। मलाइ मेरो साथिको याद आयो फोन गरे पैसा मागे लिन आइजा भन्यो, मलाइ त्यो साथि भगवान जस्तै लाग्यो। मैले त्यो बेला मेरो कोठाको स्थिती बिर्से, कति पागल जवानी छ्या!!! डेटिङ गए हल्का रमाइलै भयो, लक्ष्य सम्म नपुगेपनी करिब करिब पुगियो। कोठामा आए बल्ल मलाइ होस आयो, खाना के खाने भन्ने। पैसादिने साथी लाई फोन गरे तेरो मा बस्छु आज भनेर, म तेतै गए खाना खाएर सुते। भोलिपल्ट बिहानै उठ्ने बितिक्कै पैसा को तनाब, यसपाली घर मै फोन गरेर पैसा पठाइमागे। अस्ति भर्खर पठाएको पैसा किताब किन्न मा खर्च भयो भने, सोझा घरपरिवार पत्याइहाले, मलाइ जितेर पनि हारेको महसुस भयो। त्यो जाडो को कम्पन भन्दा यो ठग्दा को कम्पन ठुलो थियो। तर पनि यो केहीबेर लाई मात्र हो, म पहिलै काठमाडौ छिरे देखि ठग्दै आएको छु। बाहिरका, घरका मानिसलाइ लाग्छ्होला छोरा काठमाडौ पढ्छ, कति सुखी जीवन तर काठमाडौ का बेदना बसेका लाई मात्र थाहा हुन्छ। यति तनाब का बाबजुद पनि जीवन मुस्काउन सिकाउछ काठमाडौले, सपना टुक्रा टुक्रा हुदा रुन र फेरि बुन्न सिकाउछ यो काठमाडौ, दुख दुख मा खुसी किन्न सिकाउछ काठमाडौ। मेरो पैसा आयो, पैसा पाउने बित्तिकै हिजो को पीडा बिर्से, फेरि पुरानैदिन सुरु भयो। यसपाली गर्लफ्रेन्ड लाई आफै फोन गरे आउ आज चन्द्रागिरी घुम्न जाने, म ट्रीट दिन्छु, मिले त्यतै बसम्ला………

पहिलो माया - डा. लोकेन्द्र


दिउँसोको बानेश्वर को भिड, गाडी हरु को चाप पनि खपीनसक्नु। बाटो काट्न पनि धेरै ठेलाठेल हुने, यहा सबैलाइ आफ्नो आफ्नो काम को हतार देखिन्छ। म बानेश्वर चोक भन्दा माथी पट्टि अनामनगर जाने ठाउ मा छु, कसैलाइ कुर्दै छु। साच्चै पर्खाइको क्षण कति लामो हुने रहेछ। कुर्दा कुर्दा दुई कप चिया सकिएको पत्तो नै भएन छ।
सबिना अर्याल, उनी र म कक्षा १ देखि १० सम्म एउटै बिध्यालय मा पढेका, मेरो बाल्यकाल को साथी। हामी हरु एउटै बेन्च मा बस्थ्यौ। उमेर बढ्दै गयो, हामी हरु मा सारिरिक तथा मानसिक परिवर्तन हुँदै थियो। मनमा अनेकथरी का भावना पैदा हुँदै गए। हाम्रो कक्षाका साथी हरु एक अर्को सग जीवन सङै जिउने बाचा कसम खाने उमेर सम्म पुगेका थिए। किसोर अवस्थाको प्रेम को मिठास नै बेग्लै हुने रहेछ, त्यो मिठास जति माथी उमेर बढ्यो तेति नपाइने। जिन्दगीका सुनौला दिन भनेकै किसोर अवस्थाका रहेछन। म पनि अब किशोर भइसके, म मेरा परिवर्तन हरु महसुस गर्न सक्थे। अब मलाइ सबिना सग बस्दा पहिलाको जस्तो भावना आउदैन थियो। म मेरो सोचाइ र त्यो प्रती को भावना हरु महसुस गर्न सक्थे। कक्षाका कोहि साथी ले तेरो र सबिनाको जोडी खुब मिल्छ भन्दा, म छोराछोरी जन्माएर बुढापन मा हात समातेर सङै बसेको सम्म कल्पना गर्थे। दिन बित्दै गयो मैले सबिना लाई बाल्यकाल को प्रेम प्रस्ताव राखे। उनिले के महसुस गरेर मलाइ स्वीकार गरिन मलाइ थाहा भएन, तर स्वीकार्नु नै मेरो जित थियो।अब सबिना का र मेरा कुरा अरु भन्दा फरक हुन्थे, टिफिन समय मा हामी खाजा खान जादैन थियौ, बरु एक अर्काको हात समातेर बस्थ्यौ कक्षा मै। अब हाम्रो सम्बन्ध पहिलाको जस्तो थिएन, फरक थियो। हामीलाई कसैले तिमिहरु को जोडि खुब सुहाउछ भन्दा लाज ले भुतुक्क हुन्थ्यौ। हामीलाई स्कुल बिदा कहिल्यै नहोस् जस्तो लाग्थ्यो, हामी एक अर्कामा समर्पित थियौ। यो प्रेम हो कि आकर्षण हो मलाइ थाहा थिएन,तर यस्को मिठास मैले आज युवा हुदा सम्म पाएको छैन। कुन रस को कमि हुने रहेछ कुन्नी यो अवस्था मा!! SLC सकियो, यो सगै मेरो प्रेम पनि सकियो, उनी पढ्न अन्तै गइन, म अन्तै गए। अब हामी बिच कुराकानी हुदैन थियो, हामी एक अर्काका अपरिचित जस्तै भएका थियौ। हामी हरु टाढा भएर होला, मैले अर्कैको हात समाइसकेको थिए, सायद उनिले पनि अर्कैको हात समाइसकेकि थिइन होला। यो माया भन्ने चिज बेग्लै रहेछ, एउटा सग बसेर छुटे पछि अर्को सग बसिहाल्न पर्ने, मन काबुमा नरहने, यो नशा नै रहेछ रक्सी जस्तै जति छुटाउन खोजे पनि, टाढा गएपनी नजिक तानेरै छोड्ने। उनी र म सम्पर्क बिहिन थियौ। हामी एक अर्का सग कुनै पनि सामाजिक संजालमा साथी बनेका पनि थिएनौ। ब्याचलर सकियो, म फेसबुक चलाइरहेको थिए। मेरो फेसबुक को Friend Notice मा रातो बत्ती बल्यो, मैले हेरे, सबिना अर्यालको रहेछ। मैले Accept गरे, मनमा अर्कै तरंग पैदा भयो। उनी सग बोल्न छोडेदेखी मेरा ५-१० ओटा सम्बन्धहरु भए होलान, तर आज यति धेरै बर्स पछि पनि उनको फोटो देख्दा मनमा अर्कै भावना आयो, जुन अरुमा थिएन। मन किन किन आफै खुसी भएर आयो। सायद पहिलो प्रेम भएर पो हो कि!! मैले मेसेज गर्न सुरु गरे;- म: Hi सबिना: Hello म: आराम छौ, के गर्दै छौ? सबिना: म आराम छु, बसिराको तिमी? म: same here, कता बाट सम्झ्यौ यत्रो दिन पछि?? सबिना: होइन, people you may know मा देखे अनि!! तिमिले त यति पनि गरेनौ!! (म निशब्द भए) म: छोड यिनी कुरा, कहाँ छौ?? सबिना: काठमाडौ तिमि? म: म पनि यतै हो, बानेश्वर मा? सबिना: म अनामनगर मा हो, होस्टेल मा! म: मिल्ने भए भेटम न त! सबिना: हुन्छ!! हामीबिच यस्तै यस्तै कुराकानी भए। फोन नम्बर साटासाट भयो। भोलि भेट्ने पक्का भयो। हामी छुट्टियौ। मलाइ अर्कै महसुस भयो, मैले उनको प्रोफाइ मा गए, उनिका एक एक तस्बिर हेरे। कति परिवर्तन भएकी हो, पहिलाका फुच्ची सबिना अहिले त कति जवान भैसकिछ। कपाल पनि straight गरिछ, पहिला र अहिलेको अनुहार मा कति परिवर्तन हरु हुन, छाती देखि सम्पुर्ण कुरा मा परिवर्तन भएका, अब उ पक्का जवान स्त्री जस्ती देखिन्थी। उसका सम्पुर्ण तस्बिर हरु हेरे, मैले मेरा त्यो पछि का सम्पूर्ण सम्बन्ध हरु बिर्सिदिए। आज सबिनालाइ भेट्ने दिन, म अलि राम्रै बनेर गए। उ आउनु भन्दा एक घन्टा पहिल्यै गएर बसे। हामी बानेश्वर मा भेट्ने भनेका थियौ। म घडी हेरिरहेको छु, उसलाइ पर्खिरहेको छु। उसका फोटा फेसबुक मा देखेपनि साच्चै अगाडि देख्दा कस्तो होलि, तेत्तिकै सुन्दर छ कि छैन यस्तै यस्तै कुरा खेलाउदै छु। अग्लि, रातो टिसर्ट, सेटो आउटर र कालो पाइन्ट मा कम्मर मर्काउदै एउटि युवती आइन, मैले खोजेकी सबिना लाई मैले चिनिहाले उनिले पनि चिनिसकिछ्न। उनी मलाइ फोटो भन्दा झन सुन्दर लागिन, नजिकै आइन। मीठो मुस्कान दिइन, म पनि सकिनसकी मुस्कुराइदिए। हामी छेउ को पिपल को चौतारामा बसौ, कुरा के बाट सुरु गर्ने थाहा नै भएन, मौनता छायो। तर मैले बोल्न सुरि गरिहाले, के कस्तो हालखबर सबै सोधे हामी बिच यस्तै यस्तै कुराकानी भयो। अब कुरा बिगत मा मोडिडै थियो: म: हाम्रो एक पटक लब परेको थियो नि!! सबिना: (हास्दै), अह त नि!! कस्तो हुनेके त्यो बेला, बचपन हो नि! म: मेरो याद कहिल्यै आयन तिमिलाइ? सबिना: आउथ्यो तर फेस गर्ने आट नै थिएन मसग, तिमिलाइ नि? म: आउथ्यो तर बोल्न लाई सब्द हरु को अभाव थियो मसग। अनि आजकल BF बनाको छौ त? सबिना: थियो, छुट्टिसक्यो, तिमिले gf बनाको हौला नि? म: (gf थियो र अहिले पनि छ,तर छ भन्ने कुरा आएन) अह थिएन, त्यो पछी मलाइ कोहि सग पनि फिलिङ्स नै आएन! सबिना: खुब, मैले हिजो तिम्रो फेसबुम वाल हेर्दा त कस्तो कस्तो स्टाटस लेखेको हुन्थ्यौ, अहिले ढाट्छौ!! म: फेसबुक को दुनिया र बाहिर को दुनिया एक कहाँ हुन्छ र! सबिना: होला म: फेरि मसग लव गर्छौ त? सबिना: (हास्दै) आट छ तिम्रो, मलाइ पाल्न सक्ने? म मुस्कान सहित मौन रहे, उनी पनि मौन रहिन। कुरा नै आएन कुनै पनि सामान्य पढाइ र भबिस्यका कुरा गर्यौ अनि हामी छुट्टियौ। कोठा आए, मलाइ त्यो दिन केही खान मन लागेन। दिनभरिका कुरा सम्झे, सबिना सग का बाल्यकाल का कुरा सम्झे अनि मेरा पुराना र नया चलिरहेको दुई चार वटा लव सम्झे। त्यो पुरानो पहिलो माया जतिको मिठास अन्त कतै भेटाइन, सबिनासग को सामीप्य कोहि सग पाइन। साच्चै एउटा भनाइ छ नि `` पहिलो माया पो माया, अरु त मन बुझाउने घामछाया´´, यो वास्तविक नै रहेछ। मेरो मन को भएको माया त सबिना सग पहिल्यै भैसकेको थियो, जति आजकल छन तिनिहरु मन बुझाउने त हुन। यत्तिकै मा फेसबुक खोले, मेसेज बक्स मा रातो बत्ती बलेको थियो, चार ओटा मेसेज रहेछन। तीन ओटा मेरो मन भुलाउन भएको सम्बन्ध को र एउटा सबिनाको, मेसेज यस्तो थियो: A: I love you dear, I can't live without you!! B: फोन किन नउठाएको, कहिले भेट्ने? C: I am missing you dear, भोलि कलेजबाट फर्किदा पाटन भएर आउला है? मलाइ एकान्त मा तिमी सग बस्न मन छ!! सबिना: घर पुग्यौ?? फेरि कहिले भेट्ने अब!! यिनी तीन वटा मेसेज मध्य A, B र C को मा कुनै पनि भावना पाइन, हुन त यिनिहरु सग बोल्दै रहेको एक बर्स भन्दा बढी भैसकेको थियो। तर त्यो ७-८ बर्ष पछि को सबिना भावना यति थियो कि म बर्णन गर्न सक्दिन। मैले अरु मेसेर unseen नै गरिदिए सबिनाको खोले: म: भोलि बेलुका आज कै ठाउम भेटौला!!!………

Friday, February 14, 2020

#जुठो परेको प्रेम दिवस - डा. लोकेन्द्र

डा. लोकेन्द्र न्यौपाने

प्रीय पाठक मित्रहरु! फाल्गुनको सुर्य आकाशमा रमाइलो मानी मानी नाच्दै थियो, बाइपास रोड नजिकका गाडीहरु एकनास मज्जाले बहदै थिए, त्यहाको गाडीको जाम र भिड ले पनि आज मलाइ बसन्ति मजा दिइरहेको थियो! मैले आज उनिलाइ हृदय मा बाँस दिए, पटकपटक चुमे, फेरि मनको कुनामा राखे!! अह तेतिमात्र होइन: बारम्बार भित्र बाहिर निकाले, बारम्बार चुमे, शिरमा सजाए, मुटुको ढुकढुकिमा न्यान्यो पारेर अठ्याए!! हामी बस्ने टोल एउटै थियोे, बाटो एउटै थियो। घरमात्र फरक थियो! उनी आफ्नो घरमा बस्ने, म उनको नजिकै को अर्को घरको डेरावाला!! तर म आफुलाइ अब डेरावाला सम्झिन छोडिसके, मेरो आदि भागको त घर छ, त्यो आफ्नै घरमा बसेकी छ!आदि मात्र डेरामा त हो? उसलाई पनि सायद यस्तै लाग्दो हो!!! मेरो यो पहिलो प्रेम पटक्कै होइन! म एकपटक प्रेममा परिसकेको थिए। एकपटक मैले पनि वाचा कसम खाइसकेको थिए, जिउने मर्ने धोको पनि गरेकै हो तर त्यता के के रासायनिक प्रकृया मिल्दैन थियो। त्यो प्रेम दुबैको सल्लाह मा छुट्यो। त्यो छुट्दा मलाइ कुनै चोट नै परेन, मानौ कि मलाइ कुनै भावना नै थिएन। तर अहिलेको यो प्रेम, प्रेम रहेन जिन्दगी भैदियो, लत भैदियो अनि उनी मेरो जीवन को शासक भैदिइन। म त जनता परे जहाँ जुन नियम बनायो उहि कुरा आज्ञा सिरोपर गर्ने!! अरु केटिहरु राम्री हुन कि नराम्री हुन म भन्न सक्छु, तर उ राम्री कि नराम्री मलाइ अझ सम्म ठम्याउन सकेको छैन, उसको शरीर को अत्तर सुवासिलो कि दुर्गन्धित त्यो पनि म ठम्याउन सक्दिन, उस्को बोलि सुरिलो कि धोद्द्रो त्यो पनि म आजसम्म ठम्याउन सकेको छैन। तर उ मेरि जीवन नै हो, प्राण नै हो, भरोसा हो, आशाको केन्द्रबिन्दु हो यो कुरामा म बिस्वस्त छु। यो पनि अब हो बाट रहेछ भन्नेमा पुगिसक्यो। मानिसको जिवनमा अनेकौं पल हरु पाइपुग्छन, मोड हरु आउछन सबैबाट हामी हिड्नु पर्छ। सायद जिवनको अर्थ भनेकै नरोकिनु, हिडिरहनु होला। हाम्रो प्रेमपनी हिडिरहेको थियो आफ्नो बाटोमा, यति निस्वार्थ र आत्माको बन्धन जस्तो थियो। हामी एक अर्काका परिपुरक जस्तै थियौ। यो प्रेमदिवसको माहोलमा मेरो जिवनमा अरु पनि आउन खोजे तर किन हो सधै उनकै कमि भैदियो। प्रेममा पर्नु को मज्जा त बिछोड पछि पो थाहा हुदो रहेछ। जाडो लाग्डा गर्मी को मज्जा अनि गर्मीमा जाडोको मज्जा त्यस्तै प्रेमको मज्जा प्रेम हुदा थाहा हुदैन रहेछ, बिछोड को महिनौ पछि मुटुमा चिसो सिरेटोले हान्दा बल्ल त्यो न्यानोपनको आभास हुने रहेछ, शिरशिर चलेको बतासले आखाका परेली छोएर जादा त्यो हातको महत्त्व बुझिदोरहेछ। अझ कति कसैसग भन्न नमिल्ने कुरा पोख्न नपाएर मनमै चपाउनु पर्दा त्यो साथको महत्त्व थाहा हुनेरहेछ। उनिको मृत्यु भएको पनि धेरै समय हुनलाग्यो, कालले कसैलाइ छोड्दैन रहेछ। यहाँ मृत्यु भन्नाले शरीर को होइन, मेरो उनि प्रतिको भावनाको हो। पारिजातका फुलहरु जस्तै सपना भए, राती हुदा झिलिमिली बिहानिमा सबैको अन्त्य। उनी मेरो जिवनको पारिजात नै भइन। एक पटक आइन धेरै फुल फुलाएर सदाकालागि बिरानो भइन। म अझै पनि त्यही पारिजातका फुल हरु मा आफ्नो अन्योल परेको माया देख्छु, जति पटक फुलहरु मेरा हातमा आउछन त्यति पटक म उनको तस्बिर बनाएर हेर्ने गर्छु। सुखमा पराइ हुने सारथि लाई सजिलोसग बिर्सिन सकिन्छ, तर दुखका पराइ र बिरानालाइ कहिल्यै भुल्न सकिँदैन रहेछ। मानिस हरु मान्छे चिनेर व्यवहार गर्नु भन्छन, तर त्यति सजिलो रहेनछ जिवनमा लागू गर्न। मैले पनि उनिलाइ चिनेको जस्तै लाग्थ्यो तर चिन्न सकेको रहेनछु, आफ्नो जस्तै लाग्थ्यो तर आफ्नो रहिनछन, प्राण जस्तै लाग्थ्यो तर प्राण रहिनछन, अमृत कुण्ड जस्तै लाग्थ्यो तर अमृत रहिनछन। उनि को हुन म आज सम्म पनि भन्न सक्दिन, तर म मेरो अहिलेको समयमा यति सम्म भन्नसक्ने भएको छु कि उनी मेरि कहिल्यै थिइनन्, सायद हुन्थिन त अहिले मेरो हात समाएर नौला नौला आवाज सिकाउथिन, नया नया दृश्य सिकाउथिन, अर्को सपना बुन्न सहयोग गर्थिन। यो जुठो परेको प्रेम दिवसमा म सबै कुरा बारिरहेको छु, आफैलाइ चिन्न खोजिरहेको छु, आफ्नो अस्तित्व खोजिरहेको छु। आशा छ एकदिन पिण्डपानी दिएर यो झरिसकेको फुलको बोटमा नया फुल उब्जाउन सफल हुनेछु ।

Friday, January 10, 2020

धन्यवाद !!

राजा

कतिले सम्झिए कतिले बिर्षिए । सबैले सबैको जन्मदीन सम्झने कुरा पनि भएन । सम्झीएनन् भनेर गुनासो गर्नु पनि आफैमा अनौठो हो । जन्म दिनमा धेरै गुरु अभिभाबक अग्रज तथा साथीभाइहरुले शुभकामना दिए/दिनुभयो । धेरैलाई सामाजीक संजालले सम्झना गराईदियो । शब्द एउटै छ तर त्यसको मूल्य अमूल्य छ । शुभकामना शब्दले मात्रै पनि मनमा खुशी भरीने रहेछ । मान्छेलाई कति धेरै नजीक बनाईदिएको छ यी प्रविधिले ।

सबैजनाको शुभकामनाले भरिएको शब्दहरु कति मिठो लाग्ने रहेछ । कति अग्रजहरुले शुभकामना दिनुभयो अनि कति आफूभन्दा सानो उमेरकाले दिनुभयो । कसैले भाइ भन्नुभयो कसैले बाबु भन्नुभयो कसैले ढकालजी,कसैले राजा, कसैले दाई भन्नुभयो कतिले  सम्बोधन गर्ने शब्द नै भेट्नुभएन । तर शुभकामना उस्तै प्यारो थियो मेरो लागी ।  यति धेरै मान्छेको शुभकामना पाउंदा लाग्दोरहेछ म कति भाग्यमानी छु ।

त्यो चोखो मनले मलाई शुभकामना दिनुहुने सम्पूर्ण आफ्ना आफन्त र मित्रहरुमा धन्यवाद नदीई रहन सकिन । लाखौंको भिडमा भौतारिएको यो शहरमा यतिको धेरै शुभकामनाले मन बुझाउन गाह्रो भईरहेको बेला धेरै सहानुभूतीको महशुश भयो । यतिका धेरै शुभचिन्तक आफ्नो साथमा छन् भनेर जानेपछि मन खुशी नहुने कुरै भएन । फेरी पनि मनैदेखी धन्यवाद तपाई सम्पूर्णलाई ।

सुजन ढकाल 
भरतपुर, चितवन।  

Tuesday, October 22, 2019

पहिलो प्रेम:- ८ वर्षपछि को भेट

👉Dr. Lokendra Neupane


दिउँसोको बानेश्वर को भिड, गाडी हरु को चाप पनि खपीनसक्नु। बाटो काट्न पनि धेरै ठेलाठेल हुने, यहा सबैलाइ आफ्नो आफ्नो काम को हतार देखिन्छ। म बानेश्वर चोक भन्दा माथी पट्टि अनामनगर जाने ठाउ मा छु, कसैलाइ कुर्दै छु। साच्चै पर्खाइको क्षण कति लामो हुने रहेछ। कुर्दा कुर्दा दुई कप चिया सकिएको पत्तो नै भएन छ। सबिना अर्याल, उनी र म कक्षा १ देखि १० सम्म एउटै बिध्यालय मा पढेका, मेरो बाल्यकाल को साथी। हामी हरु एउटै बेन्च मा बस्थ्यौ। उमेर बढ्दै गयो, हामी हरु मा सारिरिक तथा मानसिक परिवर्तन हुँदै थियो। मनमा अनेकथरी का भावना पैदा हुँदै गए। हाम्रो कक्षाका साथी हरु एक अर्को सग जीवन सङै जिउने बाचा कसम खाने उमेर सम्म पुगेका थिए। किसोर अवस्थाको प्रेम को मिठास नै बेग्लै हुने रहेछ, त्यो मिठास जति माथी उमेर बढ्यो तेति नपाइने। जिन्दगीका सुनौला दिन भनेकै किसोर अवस्थाका रहेछन। म पनि अब किशोर भइसके, म मेरा परिवर्तन हरु महसुस गर्न सक्थे। अब मलाइ सबिना सग बस्दा पहिलाको जस्तो भावना आउदैन थियो। म मेरो सोचाइ र त्यो प्रती को भावना हरु महसुस गर्न सक्थे। कक्षाका कोहि साथी ले तेरो र सबिनाको जोडी खुब मिल्छ भन्दा, म छोराछोरी जन्माएर बुढापन मा हात समातेर सङै बसेको सम्म कल्पना गर्थे। दिन बित्दै गयो मैले सबिना लाई बाल्यकाल को प्रेम प्रस्ताव राखे। उनिले के महसुस गरेर मलाइ स्वीकार गरिन मलाइ थाहा भएन, तर स्वीकार्नु नै मेरो जित थियो।अब सबिना का र मेरा कुरा अरु भन्दा फरक हुन्थे, टिफिन समय मा हामी खाजा खान जादैन थियौ, बरु एक अर्काको हात समातेर बस्थ्यौ कक्षा मै। अब हाम्रो सम्बन्ध पहिलाको जस्तो थिएन, फरक थियो। हामीलाई कसैले तिमिहरु को जोडि खुब सुहाउछ भन्दा लाज ले भुतुक्क हुन्थ्यौ। हामीलाई स्कुल बिदा कहिल्यै नहोस् जस्तो लाग्थ्यो, हामी एक अर्कामा समर्पित थियौ। यो प्रेम हो कि आकर्षण हो मलाइ थाहा थिएन,तर यस्को मिठास मैले आज युवा हुदा सम्म पाएको छैन। कुन रस को कमि हुने रहेछ कुन्नी यो अवस्था मा!! SLC सकियो, यो सगै मेरो प्रेम पनि सकियो, उनी पढ्न अन्तै गइन, म अन्तै गए। अब हामी बिच कुराकानी हुदैन थियो, हामी एक अर्काका अपरिचित जस्तै भएका थियौ। हामी हरु टाढा भएर होला, मैले अर्कैको हात समाइसकेको थिए, सायद उनिले पनि अर्कैको हात समाइसकेकि थिइन होला। यो माया भन्ने चिज बेग्लै रहेछ, एउटा सग बसेर छुटे पछि अर्को सग बसिहाल्न पर्ने, मन काबुमा नरहने, यो नशा नै रहेछ रक्सी जस्तै जति छुटाउन खोजे पनि, टाढा गएपनी नजिक तानेरै छोड्ने। उनी र म सम्पर्क बिहिन थियौ। हामी एक अर्का सग कुनै पनि सामाजिक संजालमा साथी बनेका पनि थिएनौ। ब्याचलर सकियो, म फेसबुक चलाइरहेको थिए। मेरो फेसबुक को Friend Notice मा रातो बत्ती बल्यो, मैले हेरे, सबिना अर्यालको रहेछ। मैले Accept गरे, मनमा अर्कै तरंग पैदा भयो। उनी सग बोल्न छोडेदेखी मेरा ५-१० ओटा सम्बन्धहरु भए होलान, तर आज यति धेरै बर्स पछि पनि उनको फोटो देख्दा मनमा अर्कै भावना आयो, जुन अरुमा थिएन। मन किन किन आफै खुसी भएर आयो। सायद पहिलो प्रेम भएर पो हो कि!! मैले मेसेज गर्न सुरु गरे;- म: Hi सबिना: Hello म: आराम छौ, के गर्दै छौ? सबिना: म आराम छु, बसिराको तिमी? म: same here, कता बाट सम्झ्यौ यत्रो दिन पछि?? सबिना: होइन, people you may know मा देखे अनि!! तिमिले त यति पनि गरेनौ!! (म निशब्द भए) म: छोड यिनी कुरा, कहाँ छौ?? सबिना: काठमाडौ तिमि? म: म पनि यतै हो, बानेश्वर मा? सबिना: म अनामनगर मा हो, होस्टेल मा! म: मिल्ने भए भेटम न त! सबिना: हुन्छ!! हामीबिच यस्तै यस्तै कुराकानी भए। फोन नम्बर साटासाट भयो। भोलि भेट्ने पक्का भयो। हामी छुट्टियौ। मलाइ अर्कै महसुस भयो, मैले उनको प्रोफाइ मा गए, उनिका एक एक तस्बिर हेरे। कति परिवर्तन भएकी हो, पहिलाका फुच्ची सबिना अहिले त कति जवान भैसकिछ। कपाल पनि straight गरिछ, पहिला र अहिलेको अनुहार मा कति परिवर्तन हरु हुन, छाती देखि सम्पुर्ण कुरा मा परिवर्तन भएका, अब उ पक्का जवान स्त्री जस्ती देखिन्थी। उसका सम्पुर्ण तस्बिर हरु हेरे, मैले मेरा त्यो पछि का सम्पूर्ण सम्बन्ध हरु बिर्सिदिए। आज सबिनालाइ भेट्ने दिन, म अलि राम्रै बनेर गए। उ आउनु भन्दा एक घन्टा पहिल्यै गएर बसे। हामी बानेश्वर मा भेट्ने भनेका थियौ। म घडी हेरिरहेको छु, उसलाइ पर्खिरहेको छु। उसका फोटा फेसबुक मा देखेपनि साच्चै अगाडि देख्दा कस्तो होलि, तेत्तिकै सुन्दर छ कि छैन यस्तै यस्तै कुरा खेलाउदै छु। अग्लि, रातो टिसर्ट, सेटो आउटर र कालो पाइन्ट मा कम्मर मर्काउदै एउटि युवती आइन, मैले खोजेकी सबिना लाई मैले चिनिहाले उनिले पनि चिनिसकिछ्न। उनी मलाइ फोटो भन्दा झन सुन्दर लागिन, नजिकै आइन। मीठो मुस्कान दिइन, म पनि सकिनसकी मुस्कुराइदिए। हामी छेउ को पिपल को चौतारामा बसौ, कुरा के बाट सुरु गर्ने थाहा नै भएन, मौनता छायो। तर मैले बोल्न सुरि गरिहाले, के कस्तो हालखबर सबै सोधे हामी बिच यस्तै यस्तै कुराकानी भयो। अब कुरा बिगत मा मोडिडै थियो: म: हाम्रो एक पटक लब परेको थियो नि!! सबिना: (हास्दै), अह त नि!! कस्तो हुनेके त्यो बेला, बचपन हो नि! म: मेरो याद कहिल्यै आयन तिमिलाइ? सबिना: आउथ्यो तर फेस गर्ने आट नै थिएन मसग, तिमिलाइ नि? म: आउथ्यो तर बोल्न लाई सब्द हरु को अभाव थियो मसग। अनि आजकल BF बनाको छौ त? सबिना: थियो, छुट्टिसक्यो, तिमिले gf बनाको हौला नि? म: (gf थियो र अहिले पनि छ,तर छ भन्ने कुरा आएन) अह थिएन, त्यो पछी मलाइ कोहि सग पनि फिलिङ्स नै आएन! सबिना: खुब, मैले हिजो तिम्रो फेसबुम वाल हेर्दा त कस्तो कस्तो स्टाटस लेखेको हुन्थ्यौ, अहिले ढाट्छौ!! म: फेसबुक को दुनिया र बाहिर को दुनिया एक कहाँ हुन्छ र! सबिना: होला म: फेरि मसग लव गर्छौ त? सबिना: (हास्दै) आट छ तिम्रो, मलाइ पाल्न सक्ने? म मुस्कान सहित मौन रहे, उनी पनि मौन रहिन। कुरा नै आएन कुनै पनि सामान्य पढाइ र भबिस्यका कुरा गर्यौ अनि हामी छुट्टियौ। कोठा आए, मलाइ त्यो दिन केही खान मन लागेन। दिनभरिका कुरा सम्झे, सबिना सग का बाल्यकाल का कुरा सम्झे अनि मेरा पुराना र नया चलिरहेको दुई चार वटा लव सम्झे। त्यो पुरानो पहिलो माया जतिको मिठास अन्त कतै भेटाइन, सबिनासग को सामीप्य कोहि सग पाइन। साच्चै एउटा भनाइ छ नि `` पहिलो माया पो माया, अरु त मन बुझाउने घामछाया´´, यो वास्तविक नै रहेछ। मेरो मन को भएको माया त सबिना सग पहिल्यै भैसकेको थियो, जति आजकल छन तिनिहरु मन बुझाउने त हुन। यत्तिकै मा फेसबुक खोले, मेसेज बक्स मा रातो बत्ती बलेको थियो, चार ओटा मेसेज रहेछन। तीन ओटा मेरो मन भुलाउन भएको सम्बन्ध को र एउटा सबिनाको, मेसेज यस्तो थियो: A: I love you dear, I can't live without you!! B: फोन किन नउठाएको, कहिले भेट्ने? C: I am missing you dear, भोलि कलेजबाट फर्किदा पाटन भएर आउला है? मलाइ एकान्त मा तिमी सग बस्न मन छ!! सबिना: घर पुग्यौ?? फेरि कहिले भेट्ने अब!! यिनी तीन वटा मेसेज मध्य A, B र C को मा कुनै पनि भावना पाइन, हुन त यिनिहरु सग बोल्दै रहेको एक बर्स भन्दा बढी भैसकेको थियो। तर त्यो ७-८ बर्ष पछि को सबिना भावना यति थियो कि म बर्णन गर्न सक्दिन। मैले अरु मेसेर unseen नै गरिदिए सबिनाको खोले: म: भोलि बेलुका आज कै ठाउम भेटौला!!!………

Sunday, October 20, 2019

FORMALITY : डा. लोकेन्द्र

पाल्पालि सन्ध्या महर्जन, यो नाम म जिन्दगीमा कहिल्यै बिर्सिदैन होला, सुखमा त सम्झिने छैन तर दुख पर्दा र कोहि सग नजिक एवं घनिष्ठ हुनुपर्दा यो नाम भएकी युवती बाट उच्चारण भएको शब्द FORMALITY सधै सम्झिरहने छु। उनी सन्ध्या सायद अरुका लागि एउटि पातली, ठूलो बन्न खोज्ने, स्वार्थी र जिम्मेवारबहन गर्न नसक्ने मा पर्दथिन होला तर मेरा लागि मेरो सम्पुर्ण नै उनी थिइन। म पहिला प्रेम नगरेको मान्छे होइन, मैले पनि एउटि सग प्रेम गरेको थिए, तर सन्ध्या सग यस्तो प्रेम भयो जसलाइ म कहिलै बर्णन गर्न सक्दिन, बयान गर्न सक्दिन केबल महसुस मात्र हुन्छ। उसमा खासै वा वा भन्ने केही छैन, त्यो भन्दा राम्रा नि जीवन को पाइलो मा धेरै आए, कति आउन पनि खोजे तर त्यो विशेष थि मेरो लागि। गोरि पातली छे उ, उसको हास्दा उस्का अगाडि का मिलेका दात लपक्कै पातलो ओठ मा टासिन्छन, उस्को नाक केही चुच्चो छ, उसको हात लामा र औला हरु मिलेका छन, घाँटी लामो सर्लक्क परेको छ, अनुहार मा केही फुटेको केहि आउन लागेको डंडीफोर पनि देख्न सकिन्छ। उस्को हिडाइ मा अलगै किसिम को स्वभाव देखिन्छ, उ अरु नबोले सम्म बोल्न खोज्दिन, आफुलाइ काम नलाग्ने सग संगत गर्न पनि खोज्दिन अनि आफुलाइ फाइदा नभएको कुरामा ध्यान पनि दिदिन। यs हिसाब ले उ अलि स्वार्थी नै छ। धेरैले मलाइ उसलाइ छोडिदिनु पनि भने, के के कुरा लगाए, छुटाउन खोजे तै पनि यती सबैका बाबजुद उ मेरो लागि प्रीय थि!! म पश्चिम नेवार, महेन्द्रनगर बाट सुनिल प्रभात श्रेष्ठ, सन्ध्याको दिवान, सायद सन्ध्या ले आफू माथी ठुलो खेल खेल्दैछ र भावना नभएको मानव हो भन्ने था भएको भए म पनि उ प्रती तेति आकर्षण र दिवाना हुने थिएन होला। म सोझो पश्चिम् बाट झरेको पश्चिमी मुल को केटो सन्ध्याको पहिलो हासो मै उसको जालमा पर्न पुगे उसलाइ भेट्न म पानीमा भिजेर कति चोटि उस्को ठाउँ पुगेको छु, उसलाई कुर्दा कुर्दा कति दिन म रित्तै फर्केको छु, म एक तरिकाको पागल नै थिए भनौ, मलाइ मेरो प्रवाह नै थिएन, उसलाई देख्नु मेरो लागि पुजा जस्तै थियो, उसग बोल्नु र भेट्नु मेरो लागि जिवनको उत्कृष्ट उपलब्धि जस्तै थियो। म उसग हुदा उस्का प्रतेक दुख लाई आफ्नो भनी महसुस गरेको थिए, उसलाई थोरै केही हुदा मलाइ तुफान आएको जस्तो लाग्थ्यो, उ निराश भएको देख्दा मेरो टाउकामा कालो बादल बडारिन्थ्यो। खै कसरी, के सोचेर, के देखेर उस्लाइ तेति माया गरे थाहा छैन मलाइ। सायद अब जिवनमा उस्लाइ जति माया कसैलाइ गरिदैन होला, आफुलाइ पनि गरिदैन होला। तर मलाइ आज कुनै पनि चिन्ता छैन, अफसोच छैन, आज उ अन्तै खुसी छ, अर्कै सग जीवन जिउने मर्ने कुरा गर्दै छ जुन हिजो मसग हुने गर्थे, सायद उसलाइ मैले मेरै पहलबाट आफ्नो बनाएको भए मलाइ पनि मैले गरे जस्तै निस्चल निस्कपट माया गर्थि होला, उसलाइ त मैले उसको साथी को माध्यम बाट नजिक भएर आफ्नो बनाएको त्यसैले उसलाइ कहिलै मेरो महसुस भएन। सन्ध्या भन्ने गर्थी रे सिताले बनाइदिएको सम्बन्ध मलाइ सुनिल को मतलब नै लाग्दैन। यो कुरा मेरो कान मा ढिलो पुग्यो, जति बेला उनी अर्को सग सपना बुन्ने तयारी मा थिन, बोल्दै थिन, यता म सग पनि बोल्दै थिन। सायद उनी अब आफ्नै पहल बाट सम्बन्ध मा बस्न चाहन्छिन होला, यो सुनिल पो अर्काले बनाइदिएको ब्याइफ्रेन्ड पर्यो अनि मतलब लागेन, आफ्नै पहल को मतलब लाग्ला नि। आज मलाइ जिर्ण रोग ले असाध्यै च्याप्यो, म अस्पतालमा भर्ना भएको छु। मैले सन्ध्या लाई मेसेज गरे, अस्पताल मा छु जीवन के होला भेट्न आउदिनौ। बिरामी लाई भेट्न मानिस हरु नजिका साथिभाइ हरु आफै आउछ्न, तर मैले उसलाई बोलाइरहेको छु। एकछिन किन बोलाए हुला, जे जस्तो भए पनि मलाइ केहिपर्दा, आइहाल्छ नि बेकार भेट्न आउ भने जस्तो लाग्यो मलाइ।तर म भम्र मा रहेछु, उसको मेसेज आयो किन आउने? को हौ तिमि भेट्न लाई? म छक्क परे, जो सग बिहान उठे देखि राती सुत्ने बेला सम्म लगातार बोलीचाली भइरहन्छ त्यो को हो? म के उत्तर दिउ, अब किन आउने भने पछि त मेरो मुख नै सुपर ग्लु ले टासेजस्तो टासिहालियो मेरो सब्द नै रहेन। अरु पीडा भन्दा त्यो पीडा असह्य भयो, मैले कुरै कुरा मा उस्को एउटा साथी सग त्यो कुरा पोखे, पाल्पाका मान्छे सग नसकिने रैछ, बिरामी हुदा नि भेट्न आएन!! यो वाक्य मेरो लागि यति ठुलो कुराको पर्दाफास गर्ने हुन्छ मलाइ लागेको थिएन। त्यती हुदा नि म मनमा चोट बोकेर सहदै आयको थिए, मेरो रोग झन कठिन बन्दै आएको थियो। एकदिन सन्ध्या मसग झर्किदै भनी, किन हो मेरो कुरा काट्ने, माया गर्छु भन्ने, येहि हो माया यस्तै यस्तै... म छक्क परे नगरेको बीस कसरी लाग्यो भनेर, उस्को कुरा काट्ने त के म उसलाइ नराम्रो भन्न पनि सक्थिन र कसैले भनेको सहन पनि सक्थिन। पछि था भयो उस्को साथी ले मैले भनेको कुरा पाल्पाली सग सकिन्न रहेछ, भेट्न नि आयन भनेको उसलाइ भन्दिएछ। मैल यो शब्द मा कुनै पनि स्वार्थ देखिन, तर सन्ध्या ले आफ्नो बेइज्जत देखिछन। त्यो दिन देखि सन्ध्या को र मेरो कुराकानि बन्द भो। म मेरो जिर्ण रोग को उपचारको तनाब मा थिए, अब म अर्कै तनाब मा थपिए त्यो थियो सन्ध्या। त्यो दिन सध्याले सानो कुरालाइ ठुलो बनाएर मेरो दुख था हुदा हुदा नि तेस्रो गर्दा मलाइ एकदमै नमज्जा लागिरहेको थियोे। त्यो बाट खुलेर माया पाउदिन भन्ने था थियो, तर दुख मा साथ पाउछु भन्ने आशा नि भ्रम रहेछ!! त्यो दिन देखीमैले कहिल्यै उसलाइ मेसेज गरिन तर एकदिन अचानक १०-१५ दिन पछि सध्या को मेसेज आयो म झसङ्ग भए।हुन त नबोले पनि म उस्को अन्तिम मेसेज र तस्बिर हेरिरहेको हुन्थे, त्यो दिन उसको मेसेज आउदा खुसी म उत्तिखेरै दुखि हुन पुगे, उसले त आफ्नो नया सम्बन्ध को खबर पो गर्न गरेको रहेछ त्यो पनि यति छिट्टै। मैले सोचेको सन्ध्या र यो सन्ध्या फरक रहेछ्न, मैले माया गरेको सन्ध्या र यो सन्ध्यामा धेरै अन्तरभेद रहेछ्न। त्यो दिन बाट मैले यो सन्ध्यालाइ सदासदा का लागि मेरो आत्माको चिहानमा पुरिदिए किन कि यो अरु नै सन्ध्या थिइन मेरी र मैले सोचेकि थिइनन् । त्यतिकै मा उसले मलाइ तिम्रो रोग चाडो सन्चो होस भनेर शुभकामना दिइ, मैले चिन्ता लिनु पर्दैन भने, उस्ले चिन्ता लगेको होइन JUST FORMALITY पूरा गरेको भनि!!!! यो JUST FORMALITY शब्द ले मेरो होस लिएर आयो, मैले तेत्रो बर्स नदेखेको सन्ध्या को रुप त्यो दिन देखे, मैले आफै निर्णय गरे, अब जीवन मा उसलाइ कहिल्यै देख्न नपरोस्। सायद उसले FORMALITY नै पूरा गरेर होला मेरो रोग झन झन खतरा हुँदै गयो, म अपाङ्ग भए, मेरो जिवन अर्कै मोड मा गयो, तर उसको FORMALITY सब्दले आजपनि झस्क्याउछ, कतै कोहि मसग नजिक भएर FORMALITY त पूरा गरेको छैन। जादा जाँदै सन्ध्या मेरो जीवन, म सगको सम्बन्ध, नजिक पन तिम्रो लागि FORMALITY भएपनि, तिमी सधै मेरो लागि आदरणीय थियौ र रहनेछौ। मेरो बिरामी र मसग को सम्बन्ध मा तिमिले उत्कृष्टरुपमा FORMALITY त पूरा गर्यौ। तिमि मा कोहि ले यो पूरा नगरोस्, तिम्रो नयाँ प्रेम सफल रहोस, त्यसमा FORMALITY नहोस् । तिम्रो शरीर मा कहिलै चोट नलागोस, तिमि सधै अमर रहनु, तिम्रो शरीर अमर रहोस, बिरामी भएकी बेला दुस्मन नै परेछ भनेपनी JUST FORMALITY सम्म को सब्द कहिलै ननिकालोस!!! अल्बिदा!!! सुनिल प्रभात श्रेष्ठ आज धेरै दिनपछि केही लेख्न मन लाग्यो, मेरो जिर्ण रोग पनि के हुने कस्तो हुने केहि पक्का भयो , म पनि अब १-२ बर्ष पछि अरु जस्तै बाच्न सक्छु, केही गर्न सक्छु। नया आशा पलाएर आयो। सरद को जाडो हुदा पात हरु ले रुखको साथ छोड्छ्न र रुख कुरुप देखिन्छ, तर जब बसन्त आउँछ नया पालुवा पलाउछन, रुख को रुप सरद भन्दा फक्रेर आउँछ, झन झन सुन्दर भएर आउँछ । मेरो जीवन मा पनि सरद चलिरहेको छ, जसले गर्दा मेरा भन्नेहरु पराइ साबित हुदैछन, अब एकदिन कहिलै नमिटिने गरि बसन्त पनि आउने छ। त्यतिबेला म एकदम खुसी हुनेछु यो सरद को क्षण सम्झेर, सायद यो क्षण हुदैन थियो भने, पछि को जीवन को मोड मा कुनैबेला सरद आउदा सन्ध्या छुट्टीएर जाने थिइन, जे होस समयमै छुट्टीएर गइन, सरद सगै उनी गइन, नयाँ पालुवालाई ठाउँ छोडेर गइन धन्यवाद तिमिलाइ सन्ध्या!!!

उदारो शब्दहरु

कबिता  मैले छाडिसके तिम्रा गित गाउन अनि तिम्रा भजन सुन्न पनि अब त पानी पर्दा आउने तिम्रा याद पनि आउन  छाडिसके अनि साझ पर्द...