Friday, February 14, 2020

#जुठो परेको प्रेम दिवस - डा. लोकेन्द्र

डा. लोकेन्द्र न्यौपाने

प्रीय पाठक मित्रहरु! फाल्गुनको सुर्य आकाशमा रमाइलो मानी मानी नाच्दै थियो, बाइपास रोड नजिकका गाडीहरु एकनास मज्जाले बहदै थिए, त्यहाको गाडीको जाम र भिड ले पनि आज मलाइ बसन्ति मजा दिइरहेको थियो! मैले आज उनिलाइ हृदय मा बाँस दिए, पटकपटक चुमे, फेरि मनको कुनामा राखे!! अह तेतिमात्र होइन: बारम्बार भित्र बाहिर निकाले, बारम्बार चुमे, शिरमा सजाए, मुटुको ढुकढुकिमा न्यान्यो पारेर अठ्याए!! हामी बस्ने टोल एउटै थियोे, बाटो एउटै थियो। घरमात्र फरक थियो! उनी आफ्नो घरमा बस्ने, म उनको नजिकै को अर्को घरको डेरावाला!! तर म आफुलाइ अब डेरावाला सम्झिन छोडिसके, मेरो आदि भागको त घर छ, त्यो आफ्नै घरमा बसेकी छ!आदि मात्र डेरामा त हो? उसलाई पनि सायद यस्तै लाग्दो हो!!! मेरो यो पहिलो प्रेम पटक्कै होइन! म एकपटक प्रेममा परिसकेको थिए। एकपटक मैले पनि वाचा कसम खाइसकेको थिए, जिउने मर्ने धोको पनि गरेकै हो तर त्यता के के रासायनिक प्रकृया मिल्दैन थियो। त्यो प्रेम दुबैको सल्लाह मा छुट्यो। त्यो छुट्दा मलाइ कुनै चोट नै परेन, मानौ कि मलाइ कुनै भावना नै थिएन। तर अहिलेको यो प्रेम, प्रेम रहेन जिन्दगी भैदियो, लत भैदियो अनि उनी मेरो जीवन को शासक भैदिइन। म त जनता परे जहाँ जुन नियम बनायो उहि कुरा आज्ञा सिरोपर गर्ने!! अरु केटिहरु राम्री हुन कि नराम्री हुन म भन्न सक्छु, तर उ राम्री कि नराम्री मलाइ अझ सम्म ठम्याउन सकेको छैन, उसको शरीर को अत्तर सुवासिलो कि दुर्गन्धित त्यो पनि म ठम्याउन सक्दिन, उस्को बोलि सुरिलो कि धोद्द्रो त्यो पनि म आजसम्म ठम्याउन सकेको छैन। तर उ मेरि जीवन नै हो, प्राण नै हो, भरोसा हो, आशाको केन्द्रबिन्दु हो यो कुरामा म बिस्वस्त छु। यो पनि अब हो बाट रहेछ भन्नेमा पुगिसक्यो। मानिसको जिवनमा अनेकौं पल हरु पाइपुग्छन, मोड हरु आउछन सबैबाट हामी हिड्नु पर्छ। सायद जिवनको अर्थ भनेकै नरोकिनु, हिडिरहनु होला। हाम्रो प्रेमपनी हिडिरहेको थियो आफ्नो बाटोमा, यति निस्वार्थ र आत्माको बन्धन जस्तो थियो। हामी एक अर्काका परिपुरक जस्तै थियौ। यो प्रेमदिवसको माहोलमा मेरो जिवनमा अरु पनि आउन खोजे तर किन हो सधै उनकै कमि भैदियो। प्रेममा पर्नु को मज्जा त बिछोड पछि पो थाहा हुदो रहेछ। जाडो लाग्डा गर्मी को मज्जा अनि गर्मीमा जाडोको मज्जा त्यस्तै प्रेमको मज्जा प्रेम हुदा थाहा हुदैन रहेछ, बिछोड को महिनौ पछि मुटुमा चिसो सिरेटोले हान्दा बल्ल त्यो न्यानोपनको आभास हुने रहेछ, शिरशिर चलेको बतासले आखाका परेली छोएर जादा त्यो हातको महत्त्व बुझिदोरहेछ। अझ कति कसैसग भन्न नमिल्ने कुरा पोख्न नपाएर मनमै चपाउनु पर्दा त्यो साथको महत्त्व थाहा हुनेरहेछ। उनिको मृत्यु भएको पनि धेरै समय हुनलाग्यो, कालले कसैलाइ छोड्दैन रहेछ। यहाँ मृत्यु भन्नाले शरीर को होइन, मेरो उनि प्रतिको भावनाको हो। पारिजातका फुलहरु जस्तै सपना भए, राती हुदा झिलिमिली बिहानिमा सबैको अन्त्य। उनी मेरो जिवनको पारिजात नै भइन। एक पटक आइन धेरै फुल फुलाएर सदाकालागि बिरानो भइन। म अझै पनि त्यही पारिजातका फुल हरु मा आफ्नो अन्योल परेको माया देख्छु, जति पटक फुलहरु मेरा हातमा आउछन त्यति पटक म उनको तस्बिर बनाएर हेर्ने गर्छु। सुखमा पराइ हुने सारथि लाई सजिलोसग बिर्सिन सकिन्छ, तर दुखका पराइ र बिरानालाइ कहिल्यै भुल्न सकिँदैन रहेछ। मानिस हरु मान्छे चिनेर व्यवहार गर्नु भन्छन, तर त्यति सजिलो रहेनछ जिवनमा लागू गर्न। मैले पनि उनिलाइ चिनेको जस्तै लाग्थ्यो तर चिन्न सकेको रहेनछु, आफ्नो जस्तै लाग्थ्यो तर आफ्नो रहिनछन, प्राण जस्तै लाग्थ्यो तर प्राण रहिनछन, अमृत कुण्ड जस्तै लाग्थ्यो तर अमृत रहिनछन। उनि को हुन म आज सम्म पनि भन्न सक्दिन, तर म मेरो अहिलेको समयमा यति सम्म भन्नसक्ने भएको छु कि उनी मेरि कहिल्यै थिइनन्, सायद हुन्थिन त अहिले मेरो हात समाएर नौला नौला आवाज सिकाउथिन, नया नया दृश्य सिकाउथिन, अर्को सपना बुन्न सहयोग गर्थिन। यो जुठो परेको प्रेम दिवसमा म सबै कुरा बारिरहेको छु, आफैलाइ चिन्न खोजिरहेको छु, आफ्नो अस्तित्व खोजिरहेको छु। आशा छ एकदिन पिण्डपानी दिएर यो झरिसकेको फुलको बोटमा नया फुल उब्जाउन सफल हुनेछु ।

No comments:

Post a Comment

उदारो शब्दहरु

कबिता  मैले छाडिसके तिम्रा गित गाउन अनि तिम्रा भजन सुन्न पनि अब त पानी पर्दा आउने तिम्रा याद पनि आउन  छाडिसके अनि साझ पर्द...