👉Dr. Lokendra Neupane
दिउँसोको बानेश्वर को भिड, गाडी हरु को चाप पनि खपीनसक्नु। बाटो काट्न पनि धेरै ठेलाठेल हुने, यहा सबैलाइ आफ्नो आफ्नो काम को हतार देखिन्छ। म बानेश्वर चोक भन्दा माथी पट्टि अनामनगर जाने ठाउ मा छु, कसैलाइ कुर्दै छु। साच्चै पर्खाइको क्षण कति लामो हुने रहेछ। कुर्दा कुर्दा दुई कप चिया सकिएको पत्तो नै भएन छ। सबिना अर्याल, उनी र म कक्षा १ देखि १० सम्म एउटै बिध्यालय मा पढेका, मेरो बाल्यकाल को साथी। हामी हरु एउटै बेन्च मा बस्थ्यौ। उमेर बढ्दै गयो, हामी हरु मा सारिरिक तथा मानसिक परिवर्तन हुँदै थियो। मनमा अनेकथरी का भावना पैदा हुँदै गए। हाम्रो कक्षाका साथी हरु एक अर्को सग जीवन सङै जिउने बाचा कसम खाने उमेर सम्म पुगेका थिए। किसोर अवस्थाको प्रेम को मिठास नै बेग्लै हुने रहेछ, त्यो मिठास जति माथी उमेर बढ्यो तेति नपाइने। जिन्दगीका सुनौला दिन भनेकै किसोर अवस्थाका रहेछन। म पनि अब किशोर भइसके, म मेरा परिवर्तन हरु महसुस गर्न सक्थे। अब मलाइ सबिना सग बस्दा पहिलाको जस्तो भावना आउदैन थियो। म मेरो सोचाइ र त्यो प्रती को भावना हरु महसुस गर्न सक्थे। कक्षाका कोहि साथी ले तेरो र सबिनाको जोडी खुब मिल्छ भन्दा, म छोराछोरी जन्माएर बुढापन मा हात समातेर सङै बसेको सम्म कल्पना गर्थे। दिन बित्दै गयो मैले सबिना लाई बाल्यकाल को प्रेम प्रस्ताव राखे। उनिले के महसुस गरेर मलाइ स्वीकार गरिन मलाइ थाहा भएन, तर स्वीकार्नु नै मेरो जित थियो।अब सबिना का र मेरा कुरा अरु भन्दा फरक हुन्थे, टिफिन समय मा हामी खाजा खान जादैन थियौ, बरु एक अर्काको हात समातेर बस्थ्यौ कक्षा मै। अब हाम्रो सम्बन्ध पहिलाको जस्तो थिएन, फरक थियो। हामीलाई कसैले तिमिहरु को जोडि खुब सुहाउछ भन्दा लाज ले भुतुक्क हुन्थ्यौ। हामीलाई स्कुल बिदा कहिल्यै नहोस् जस्तो लाग्थ्यो, हामी एक अर्कामा समर्पित थियौ। यो प्रेम हो कि आकर्षण हो मलाइ थाहा थिएन,तर यस्को मिठास मैले आज युवा हुदा सम्म पाएको छैन। कुन रस को कमि हुने रहेछ कुन्नी यो अवस्था मा!! SLC सकियो, यो सगै मेरो प्रेम पनि सकियो, उनी पढ्न अन्तै गइन, म अन्तै गए। अब हामी बिच कुराकानी हुदैन थियो, हामी एक अर्काका अपरिचित जस्तै भएका थियौ। हामी हरु टाढा भएर होला, मैले अर्कैको हात समाइसकेको थिए, सायद उनिले पनि अर्कैको हात समाइसकेकि थिइन होला। यो माया भन्ने चिज बेग्लै रहेछ, एउटा सग बसेर छुटे पछि अर्को सग बसिहाल्न पर्ने, मन काबुमा नरहने, यो नशा नै रहेछ रक्सी जस्तै जति छुटाउन खोजे पनि, टाढा गएपनी नजिक तानेरै छोड्ने। उनी र म सम्पर्क बिहिन थियौ। हामी एक अर्का सग कुनै पनि सामाजिक संजालमा साथी बनेका पनि थिएनौ। ब्याचलर सकियो, म फेसबुक चलाइरहेको थिए। मेरो फेसबुक को Friend Notice मा रातो बत्ती बल्यो, मैले हेरे, सबिना अर्यालको रहेछ। मैले Accept गरे, मनमा अर्कै तरंग पैदा भयो। उनी सग बोल्न छोडेदेखी मेरा ५-१० ओटा सम्बन्धहरु भए होलान, तर आज यति धेरै बर्स पछि पनि उनको फोटो देख्दा मनमा अर्कै भावना आयो, जुन अरुमा थिएन। मन किन किन आफै खुसी भएर आयो। सायद पहिलो प्रेम भएर पो हो कि!! मैले मेसेज गर्न सुरु गरे;- म: Hi सबिना: Hello म: आराम छौ, के गर्दै छौ? सबिना: म आराम छु, बसिराको तिमी? म: same here, कता बाट सम्झ्यौ यत्रो दिन पछि?? सबिना: होइन, people you may know मा देखे अनि!! तिमिले त यति पनि गरेनौ!! (म निशब्द भए) म: छोड यिनी कुरा, कहाँ छौ?? सबिना: काठमाडौ तिमि? म: म पनि यतै हो, बानेश्वर मा? सबिना: म अनामनगर मा हो, होस्टेल मा! म: मिल्ने भए भेटम न त! सबिना: हुन्छ!! हामीबिच यस्तै यस्तै कुराकानी भए। फोन नम्बर साटासाट भयो। भोलि भेट्ने पक्का भयो। हामी छुट्टियौ। मलाइ अर्कै महसुस भयो, मैले उनको प्रोफाइ मा गए, उनिका एक एक तस्बिर हेरे। कति परिवर्तन भएकी हो, पहिलाका फुच्ची सबिना अहिले त कति जवान भैसकिछ। कपाल पनि straight गरिछ, पहिला र अहिलेको अनुहार मा कति परिवर्तन हरु हुन, छाती देखि सम्पुर्ण कुरा मा परिवर्तन भएका, अब उ पक्का जवान स्त्री जस्ती देखिन्थी। उसका सम्पुर्ण तस्बिर हरु हेरे, मैले मेरा त्यो पछि का सम्पूर्ण सम्बन्ध हरु बिर्सिदिए। आज सबिनालाइ भेट्ने दिन, म अलि राम्रै बनेर गए। उ आउनु भन्दा एक घन्टा पहिल्यै गएर बसे। हामी बानेश्वर मा भेट्ने भनेका थियौ। म घडी हेरिरहेको छु, उसलाइ पर्खिरहेको छु। उसका फोटा फेसबुक मा देखेपनि साच्चै अगाडि देख्दा कस्तो होलि, तेत्तिकै सुन्दर छ कि छैन यस्तै यस्तै कुरा खेलाउदै छु। अग्लि, रातो टिसर्ट, सेटो आउटर र कालो पाइन्ट मा कम्मर मर्काउदै एउटि युवती आइन, मैले खोजेकी सबिना लाई मैले चिनिहाले उनिले पनि चिनिसकिछ्न। उनी मलाइ फोटो भन्दा झन सुन्दर लागिन, नजिकै आइन। मीठो मुस्कान दिइन, म पनि सकिनसकी मुस्कुराइदिए। हामी छेउ को पिपल को चौतारामा बसौ, कुरा के बाट सुरु गर्ने थाहा नै भएन, मौनता छायो। तर मैले बोल्न सुरि गरिहाले, के कस्तो हालखबर सबै सोधे हामी बिच यस्तै यस्तै कुराकानी भयो। अब कुरा बिगत मा मोडिडै थियो: म: हाम्रो एक पटक लब परेको थियो नि!! सबिना: (हास्दै), अह त नि!! कस्तो हुनेके त्यो बेला, बचपन हो नि! म: मेरो याद कहिल्यै आयन तिमिलाइ? सबिना: आउथ्यो तर फेस गर्ने आट नै थिएन मसग, तिमिलाइ नि? म: आउथ्यो तर बोल्न लाई सब्द हरु को अभाव थियो मसग। अनि आजकल BF बनाको छौ त? सबिना: थियो, छुट्टिसक्यो, तिमिले gf बनाको हौला नि? म: (gf थियो र अहिले पनि छ,तर छ भन्ने कुरा आएन) अह थिएन, त्यो पछी मलाइ कोहि सग पनि फिलिङ्स नै आएन! सबिना: खुब, मैले हिजो तिम्रो फेसबुम वाल हेर्दा त कस्तो कस्तो स्टाटस लेखेको हुन्थ्यौ, अहिले ढाट्छौ!! म: फेसबुक को दुनिया र बाहिर को दुनिया एक कहाँ हुन्छ र! सबिना: होला म: फेरि मसग लव गर्छौ त? सबिना: (हास्दै) आट छ तिम्रो, मलाइ पाल्न सक्ने? म मुस्कान सहित मौन रहे, उनी पनि मौन रहिन। कुरा नै आएन कुनै पनि सामान्य पढाइ र भबिस्यका कुरा गर्यौ अनि हामी छुट्टियौ। कोठा आए, मलाइ त्यो दिन केही खान मन लागेन। दिनभरिका कुरा सम्झे, सबिना सग का बाल्यकाल का कुरा सम्झे अनि मेरा पुराना र नया चलिरहेको दुई चार वटा लव सम्झे। त्यो पुरानो पहिलो माया जतिको मिठास अन्त कतै भेटाइन, सबिनासग को सामीप्य कोहि सग पाइन। साच्चै एउटा भनाइ छ नि `` पहिलो माया पो माया, अरु त मन बुझाउने घामछाया´´, यो वास्तविक नै रहेछ। मेरो मन को भएको माया त सबिना सग पहिल्यै भैसकेको थियो, जति आजकल छन तिनिहरु मन बुझाउने त हुन। यत्तिकै मा फेसबुक खोले, मेसेज बक्स मा रातो बत्ती बलेको थियो, चार ओटा मेसेज रहेछन। तीन ओटा मेरो मन भुलाउन भएको सम्बन्ध को र एउटा सबिनाको, मेसेज यस्तो थियो: A: I love you dear, I can't live without you!! B: फोन किन नउठाएको, कहिले भेट्ने? C: I am missing you dear, भोलि कलेजबाट फर्किदा पाटन भएर आउला है? मलाइ एकान्त मा तिमी सग बस्न मन छ!! सबिना: घर पुग्यौ?? फेरि कहिले भेट्ने अब!! यिनी तीन वटा मेसेज मध्य A, B र C को मा कुनै पनि भावना पाइन, हुन त यिनिहरु सग बोल्दै रहेको एक बर्स भन्दा बढी भैसकेको थियो। तर त्यो ७-८ बर्ष पछि को सबिना भावना यति थियो कि म बर्णन गर्न सक्दिन। मैले अरु मेसेर unseen नै गरिदिए सबिनाको खोले: म: भोलि बेलुका आज कै ठाउम भेटौला!!!………

Wow supp.daju
ReplyDelete