Monday, March 27, 2023

बर्षौ अघि




पृथ्वीको कुनै सुन्दर नगरमा भेटे

को थिएँ ।

पहिलो पटक तिमीलाई

देख्नेवित्तिकै बेहद काउकुती लागेको थियो मलाई

नजरले हेरिरहन चाहेको थिएँ, 

मुटुको धड्कन बढिरहेको थियो

मनभित्र खुल्दुलीको सिरेटो चल्यो

त्यतिबेला नै थाहा भयो 

आँखाले पनि कसैलाई यति विघ्न 

काउकुती लगाउन सक्ने रहेछ ।


बयान गर्नै नसकिने आकर्षक थियो मुहार

चञ्चल थिए नयन

र, शालीन थियो चेहरा ।

मलाई त्यतिबेला नै थाहा भयो 

शालीनताले पनि कसैलाई यति विघ्न 

घाइते बनाउँदो रहेछ ।


कति शिष्ट थियो बोली

कति सुललित थिए वाणी

मनमनै सयौँ सितारका तारहरूको 

एउटै झङ्कारले 

तरङ्गित भएजस्तो

बेग्लै तरङ्गमा थिएँ म 

मलाई त्यतिबेला नै थाहा भयो

बोलीले पनि कसैलाई यति विघ्न 

लट्ठ बनाउँदो रहेछ ।


तिमी फूलजस्तै कोमल छौ

प्रेमिल छौ

प्रेम, स्नेह, भरोसा र सहाराको 

सुवास छरिरहने

वर्षौं वर्षदेखि अनुभूति गरिरहेको छु प्रिय

मलाई लाग्छ

मेरो हृदयले तिम्रो प्रेमको सुगन्ध 

बर्षौ अघि नै पाइसकेको थियो ।

हामी अहिले त्यही प्रेमको 

अतृप्त यात्रामा रमाइरहेका छौँ । 


सुजन ढकाल

भरतपुर चितवन 


Wednesday, July 15, 2020

माया

आज मात्र थाहा पाएँ ,

झगडा पछिको माया ,

साना साना कुरालाई
वास्ता गर्न मैले सकिन ,

वास्ता नगरेको कुरालाई

तिमीले चुपचाप सहन सकिनौ ,

र अन्तत झगडा पर्यो ,

तिमीभन्दा म के कम मा पुग्यो ,

रिसको आबेगमा बोलचाल नै बन्द भयो ,

र बल्ल थाहा पाएँ ,

माया के हो भनेर

तिर्खाएको काग पानि खोज्न

प्याकुल प्याकुल गर्दै हिडेको जस्तो भएँ म ,

सधैभरि आउने म्यासेज

बन्दभयो त्यो दिनदेखी

कति ख्याल राख्थ्यौ मेरो

त्यो पनि टुट्यो त्यो दिनदेखि

खाना खायौ राजा ? आफ्नो ख्याल गर

सुत्ने बेला कल गर है 


तिम्लाई हेर्दै निदाउछु म 

भन्ने शब्द तिम्रो मुखबाट

सुनिएन जुन दिन देखि

साँच्चि भन्दा तिमीसँग बोल्ने

लत बसेछ

माया बढेछ 

र त तड्पाई हुन्छ

तिमी नबोल्दा पनि ,

भन्ने गर्थे पहिले

नजिकको सम्बन्धमा झगडा परे

माया बढ्छ रे ,

अब भने माया बढेछ क्यारे

मैले पनि अनुभव गरेँ ,

हो आज थाहा पाएँ

झगडा पछिको माया ..!!

-सुजन ढकाल 
  भरतपुर 

Friday, May 1, 2020

लकडाउन र अनलाइन कक्षा

अहिलेको अवस्थामा बिश्व नै कोरोना प्रभावित छ। नेपाल पनि अछुतो छैन । सिङ्गो देश लकडाउनमा छ। शिक्षा स्वास्थ यातायात कृषि पर्यटन तथा अन्य सबै क्षेत्रहरु अझ भनौ जनजीवन नै प्रभावित छन। शिक्षाको कुरा गर्दा जुन अहिले अनलाइन शिक्षा दिने भन्ने किसिमको कुराहरु आएका छन। यी कुराहरु निजि शिक्षण सस्थाहरुले ट्रायलको रूपमा लकडाउनको भोलिपल्टै सुरु गरे। प्याब्सन लगाएतले निजि शिक्षण सस्थालाइ अनिवार्य अनलाइन कक्षा चलाउन निर्देशन दिए। यस  बिषयमा शिक्षा बिद हरुको छलफल भयो। सकारात्मक रूपमा लिदा यो बिषय हाम्रो शिक्षा अवधारणालाई बैज्ञानिक र प्रबिधि मैत्री बनाउने आधार खुट्किलोको रूपमा लिन सकिने निष्कर्ष निकाले। तर नेपालको भौगोलिक बिकटता पुर्वाधारको कमि जस्ता कारणहरुले यो संभब छैन भन्ने प्रश्न नउठेको होइन।

यद्यपि निजि शैक्षिक सस्थाले अनलाइन कक्षा जोडतोडका साथ संचालन गरे। अझ कतिले आफ्नो शैक्षिक सस्थामा बैज्ञानिक ढंगले अध्यन अध्यापन हुने भनेर प्रचार गर्न मात्रै भ्याएनन अनलाइन कक्षा हाम्रो थप फिएचर हो, यसका लागि निर्धारित शुल्क तिर्नुपर्ने फि स्ट्रक्चर नै तयार पारे। अहिले अनलाइन कक्षा संचालन नगर्ने कुनैपनी निजि शैक्षिक सस्था छैनन् ।

यस  बिचमा निजि शैक्षिक सस्थाकै लहडमा लागेर त्रिभुवन बिश्व बिधालयले पनि अनलाइन कक्षा संचालन गर्ने मात्रै भनेन जसरी पनि संचालन गर्नु पर्ने भन्दै निर्देशिका नै जारी गर्यो। त्रीबिले न आफ्नो विद्यार्थीको अवस्था बुझ्यो न अनलाइन कक्षा संचालन गर्नका लागि आफ्नो पुर्वाधार नै हेर्यो।एकातिर जुम मेसेन्जर र स्काइपमा कक्षा संचालन गर्दै गर्दा त्रीबिको डाटा चोरी हुने कुरा त छदैछ अर्कातिर आफ्ना ६०% विद्यार्थी यी प्रबिधि को पहुच भन्दा टाढा छन भन्ने ध्यान नै पुर्याएन ।
अन्त्यमा, हरेक कुरा राम्रो कै लागि हुन्छ भने झै कोरोनाले हामिलाइ अब को दिनमा शिक्षा लाई बैज्ञानिक र प्राविधि मैत्री बनाउनु पर्ने बुद्दि दिएको छ। अब अनलाइन कक्षा संचालनका लागि आवश्यक पूर्वाधार निर्माण गर्ने तर्फ पनि केन्द्रित हुनपर्दछ। यसका लागि शैक्षिक आन्दोलन बैज्ञानिक हुनुपर्छ । हिजो ब्यबस्था परिवर्तनका लागि गरिएका आन्दोलनले दिएका उपलब्धिहरुलाइ बैज्ञानिक हिसाब ले सस्थागत गर्दै अबको अबको शिक्षा प्रबिधि मैत्री तथा ब्यबहारिक बनाउनु पर्ने आजको आवश्यकता हो।  

 सुजन ढकाल 
 भरतपुर, चितवन 

Monday, April 13, 2020

क्याफेको प्रेम

क्याफेको एउटा कुनामा बसेर

हातमा लिएको कफिमा

सुगर घोल्न थाले देखि नैं

मुटु घुलिन  थालेको थियो

प्रेमिल  स्पर्सहरुले

कफिको सुगन्धमा

वारिपारि तर्ने

मायाको पुल बन्यो

क्याफेको माया अग्लियो

बयरको रुखहरु झैं झ्याङगीयो

चुस्स चुस्की लगाउदै

जुदेका नजर ले

मायाको बैना बाँधीयो

भएन

प्रेमको आधार शिबिर खडा गर्दै

जीवन यात्राको शुरुवात गर्न

कसमको तराजु जोख्यो ।


क्याफे र कफी को क्रम:

एकदिन गफैगफमा

तिमीले जीवन दर्शनको कुरा सुनायौ

मैले पनि जीवन दर्शन भोगेको सत्य बताएँ

भोग्नु र पढनुको भिन्नताले ठयाक्कै

हामीले बाँचेको वसन्त छुट्टयिो

लाग्छ-

त्यही दिन देखि क्याफेको पुल

हावा लाग्यो,मक्किदै गयो

र एक दिन सुगन्ध उड्यो

क्याफेको माया

कफी जस्तै तितो हुदोरहेछ

शायद-

तिमी जस्तै क्याफे मायालुहरु

सुगर बनेर

कफिको ग्लासमा मज्जाले

घुल्ने गर्दा रहेछन् ।
--

 सुजन ढकाल 
भरतपुर चितवन 

Sunday, April 12, 2020

होहल्ला र हाम्रो समाज

अहिले फेरि नेपालमा  दलाली गरेर अकुत कमाउन पल्किएका केही व्यापारीहरु यो योजनावद्ध आक्रमणमा लगानी गरिरहेका छन। एक-दुइजना कराउँछन्‌ केही कुरा नबुझी कतिजना त्यसैको पछि लागिरहेका हुन्छन्‌। सत्य कुरा के हो, बुझ्न परेको छैन। हो मा हो मिलाउनै मात्र कराउन सघाइरहेका हुन्छन्‌। लोकतन्त्र वास्तवमा के हो त, के कुरालाई भनिन्छ लोकतन्त्र? कुनै चासो नराखी हो-हल्लाकै पछि लागेर कराइरहेका हुन्छन्‌ अहिले एकादुइको मुखमा यस्तै होहल्ला चलिरहेको पाइन्छ। के वास्तवमै यहॉं लोकतन्त्र छैन त? विचार गर्नु जरुरी हुन्छ। नभए जताभावी नसोंची र नबिचारी झट्टै अरे-को पछि लागेर कराउनु पनि उचित हुँदैन। 
के सॉंच्चै यहॉं भ्रष्टाचार भएकै छ  त? के सॉंच्चै वर्तमान सरकारले यहॉं लोकतन्त्रको हनन्‌ गरेको छ त? यस विषयमाथि आम मानिसले मनन्‌ पनि गरेका छन्‌ के त, विद्वानवर्गले चिन्तन गरिरहेका छन्‌ कि होहल्लाकै पछि लागिरहेका छन्‌?
नेपालमा पत्र-पत्रिका जो सरकारको खुलेर विरोध गरेको देखिन्छ, के यही हो जनतालाई प्राप्त अभिव्यक्तिको स्वतन्त्रता ? आरोप सिद्ध गर्न नसकिने विभिन्न आरोपसहित मनका भडॉंसहरूको पोखेका अभिव्यक्तिहरूलाई राज्यका पत्र पत्रिकाले प्रमुखताले प्रकाशित गर्दै यहॉं लोकतन्त्र छैन भन्नु त कहॉंसम्मको न्यायसंगत कुरा हो, यस विषयमा सोच्न आवश्यक छ। आज नेपालमा उपलब्ध लोकतान्त्रिक परिवेशको गलत फाइदा उठाउन लोकतन्त्रविरोधीहरू सक्रिय रहेको देखिन्छन्‌।

लोकतन्त्रको चौथो स्तम्भमा आज असामाजिक तत्वहरूले समाजलाई जति भङ्‌गाल्ने प्रयास गरिरहेका छन्‌, त्यसको निन्दा सभ्य समाजले गर्न आवश्यक छ। यस्ता विषयहरूलाई पत्रकारिताले पनि प्राथमिकता दिनु हुँदैन। पत्रकारिताको धर्म भनेको सत्यको सम्प्रेषण गर्नु हो, समाजलाई दिशाहिन गर्नु होइन। अब उचित र अनुचित के हो त्यसलाई सिक्किमे आम नागरिकले नै छुट्याउन सक्नुपर्छ। 

--


 सुजन ढकाल 
भरतपुर, चितवन ।


Thursday, April 9, 2020

चिहान कि युवति -डा. लोकेन्द्र न्यौपाने

सुर्खेत, सानो उपत्यका पश्चिम नेपालको प्रमुख शहर, जहा साना र ठुला सपना एकआपस मा जोडिएर हेर्दै लोभ लाग्दो, रमणीय बस्ती बसेको छ। म कालिकोटे, हाम्रो परिवार पनि साना सपना बुनेर सुर्खेत मा झर्यौ आज भन्दा १६ बर्ष अगाडि, म तेतिबेला ८-९ बर्ष को थिए होला आज २५ बर्ष पुगेछु। समय बितेको पत्तै भएन!!!
सुर्खेत बाट नेपालगन्ज को गाडी जति बेला पनि पाहिन्छ। त्यो दिन म ११ बजे तिर जाँदै थिए नेपालगन्ज । म दशै पछि नया जोसका साथ फर्किदै थिए आफ्नो कर्मथलो मा, जहाँ मेरा ब्याक्तिगत सपना रहेका हुन्छन।
त्यो रमणीय उपत्यका छुटेपछी, भेरी नदि आउँछ। त्यो नदि देख्ने बित्तिकै मलाइ एउटा गित को याद आउँछ, ``सलल बगेको भेरी नदि, ए हजुर कर्णाली को छेउ...मै बुझ्न सकिन ए हजुर पिरतिको...´´। साचै गाना मा भनेका जस्तै हुन्छ, भेरी आफ्नै गतिमा सुसाइरहेको छ, चलिरहेको छ। भेरिका सन्सार आफ्नै छ, कहिले बाडी कुर्लेर माटे नदि भएको हुन्छ, कहिले निर्मल सफा निलो कन्चन नदि!!! अनि अर्को पक्ष यो उपत्यका बासिको चिहान पनि हो, यहाँ दिनहु सयांै लास पोलिने गर्छन। म यहि कुरा सोच्दै थिए यक्कासि गाडि रोकियो, गाडी पनि भेरी नदिको पुल को छेउ मै रोकिएछ, मलाइ खुसी लाग्यो हुन त गाडी बिगृनु नराम्रो हो, तर आफुले कल्पना गरेकै ठाउँ मा बिगृनु अनि त्यो ठाउ धित मरुन्जेल हेर्न पाउनु खुसी कै कुरा हो नि। म पनि एकमनले खुसी भए, गाडी बाट ओर्ले। खलासि भाइ अनुसार गाडी बन्न पनि धरै समय लाग्ने भयो, म घुम्न थाले अब त्यो ठाउ।
भेरी को पुल वरिपरि बसेर एक दुई ओटा सेल्फी पनि लगे, फेसबुकमा पोस्ट गर्न काम लाग्छ, आखिर दुनिया देखावटी त हो, पिडा एक हुन्छ हामी एक देखाउछौ। म त्यहा रुल्मलिदै गर्दा एउटा अर्को लास नि आइपुगेछ, त्यो लास मैले चिनेको थिएन तर त्यो लास र मलामि बोकेको गाडी देख्दा मेरो मुटु को कम्पन अर्कै भयो, मेरो मस्तिष्क खाली भयो!! किन हो म आफै अचम्म परे।
लास झर्‍यो, मेरो कौतुहुलता मेटाउन भए पनि म लास नजिक गए। लास एक जवान युवतिको रहेछ, मैले तेतिबेला सम्म पनि उसको शरीर को दर्सन पाएको थिएन, वरिपरिका मानिसका कुरा सुनिरहेको थिए। एक जना युवक ले भन्यो `असाध्यै राम्री थि, मैले पनि दुई तीन पटक प्रस्ताव राखेको मानिन, आज मरेर गइ, रुप तेस्तै रैछ´ । अलि पर एउटा युवक मज्जाले रोहिरहेको थियो, पछि बुझ्दै जादा त्यो उनी मृतक युवतिको केटासाथी रहेछ। अरु रुवाबासी चलिरहेकै थियो, कोहि छाती पिट्दै, कोहि मनमनै कोहि देखावटी रोहिरहेका थिए। मलाइ लाग्यो आज यता एउटा रुने महत्सव नै चलेको छ। म पनि मेरो अनुहार अलि खुम्च्याएकै थिए, दुनियालाइ दुखी जो देखाउन थियो।
पण्डित मन्त्र फुक्दै थिए, मलामि लास पोल्ने दाउरा मिलाउदै थिए, म पछाडि थिए। म एक अन्जान युवक लाई खिचिरहेको थियो त्यो लास ले, मानौ त्यो लास शक्तिसाली चुम्बक हो अनि म फलाम। तेति बेला सम्म पनि म त्यो लास देख्न पाएको थिएन। जब दाउरा को चाङ अलिकती मिल्यो, एउटा ले भन्यो `लास लिएर आउ त, राख्न पर्यो माथी फेरि दाउरा राख्नु पर्छ, नत्र पोलिदैन´ । वा दुनिया हिजो जसको पछि तेति धेरै दिवाना थिए आज, सबैलाइ उसकै लास पोल्न हतार छ, कति स्वार्थी मानवहरु! मेरो मन तितो भयो। त्यतिकै मा दुई जना युवक ले लास समाते र दाउरा माथी राखे, अरु ले त्यो लास माथी अरु दाउरा राखे, त्यो दाउरा राख्दा लास छोपेको कात्रो अलि माथी सरेछ क्यारे, मैले तिनी युवतिको खुट्टाका दर्सन पाए, म गौरबित भए।
आहा क्या मिलेका खुट्टा, हेर्दै चुम्न मन लाग्ने, सायद अकालमा नमरेकी भए यो खुट्टामा पाउजु कति सुहाथे होलान्, छमछम नाच्दा यो खुट्टा कति मनमोहक हुन्थो होला। तेत्तिकैमा दाउरा को चाङ सबै मिले पछि पण्डितले लास को कात्रो ताने, मैले अब उनको लगभग एकपट्टि को भाग अवलोकन गर्न पाउथे। गोरा अनि मिलेका खुट्टा, पिडुला, कम्मर पनि छिनेको, उठेको छाती , हातका औला कति मिलेका, घाँटी अलि कति देखिन्थ्यो, अनुहार मैले देख्न सकेको थिएन। अनुहार नदेखे पनि मैले त्यो सब अवलोकन गरेको जिउ बाट एउटा कुरा केमा ढुक्क भइसकेको थिए भने, तिनि युवती एकदम सुन्दर छिन। सायद धेरै राम्री भएर भगवान ले, मानव ले भोग नगरोस भनेर आफै सग लगेका पो हुन कि?? भगवान पनि कति स्वार्थी!!

म अलि नजिक गए लास को, पण्डित मन्त्र फुकिरहेका थिए ` ॐ शान्ति……´ । अब म तिनी युवती को अनुहार देख्न सक्थे, जब मैल त्यो दर्सन पाए। मैले आफुलाइ नै बिर्से, आँखा भरिएर कतिबेला नदि बगेछ पत्तै भएन, सायद मेरो आखाबाट बगेको भेरी जमिनमा बगेको भेरी भन्दा ठुलो भएर हो कि, सबैको ध्यान म तिर तानिएछ!! म डाको छोडेर बिलाप गर्न लागेछु त्यो अनुहार को दर्सन म एउटा आमा बाट छुट्न थालेको तोतेबोली बोल्ने बच्चा जस्तै छट्पटाइरहेछु बिलाप गरिरहे छु!! आखिर तेति किन नहोस पनि उनि मेरो किशोर अवस्था को एकतर्फी माया पनि हुन। नपाउनु नै सहि उनिलाइ जतिमाया मैले कसैलाइ गरेको नै छैन, उनी आउने चोक मा म उनिलाइ हेर्न आधी घन्टा पहिल्यै साइकल यात्रागरी कुरिरहन्थे। जसको हासो , खुसी मेरो उधेश्य थियो। मैले कहिले पनि मेरो प्रेम प्रकट गरिन, मनमै गुम्सायर राखे, तेहि भएर होला आज यो लास अगाडि मेरो आँसु प्रेम रुपमा पोखिरहेछ, भेरीमा मिसिरहेछ, म एकोहोरो रोहिरहेछु, भेरी सुसाइरहेछ, समय लम्किरहेछ………………………


(लेखक डा. लोकेन्द्र न्यौपाने पशु बिकास निर्देशनालय, कर्णाली प्रदेशमा कार्यरत हुनुहुन्छ। फुर्सद्को समयमा साहित्यमा कलम चलाऊनु हुन्छ। )

कार्यक्रमका कट्टु र ओन पिस -डा. लोकेन्द्र

म स्वभावले नै अलि भावनात्मक छु, जुन सुकै कुरामा समिक्षा गर्ने, बहस गर्ने र एउटा निचोड निकाल्ने मेरो सानै देखि को बानी हो। कति कुराका बहस समाजसग होलान, कति परिवार सग त कति आफ्नै मन सग होलान। आजम यो `कार्यक्रमका कट्टु र ओन पिस´ मा आफै सग बहस गरिरहेको छु। कोहि कसै प्रती यो व्यङ्ग्य पनि होइन, प्रहार पनि होइन अनि कोहि कसैको अपमान र घृणापनि होइन। यो सबै मेरो मनमा उब्जेका बहस हरु हुन। कट्टु र ओन पिसले मेरो मनमा बहस गर्न घचेटिरह्यो र म अब पोख्न लाग्दैछु तिनि बहस हरु। मैले बच्चामा एउटा नेपाली फिल्म एउटा पङ्ती याद आयो कट्टु भनेको पाइन्टको कान्छो भाइ र भित्री बस्त्र को माइलो दाइ हो। यो परिभाषा ले कट्टुलाइ कति सजिलै बुझिनेभाषा मा प्रकट गरिदिएको छ। यो त भयो कट्टुको परिभाषा अब ओन पिस लाई के भन्ने। मेरो बिचारमा चोली को दिदी, टिसर्ट र स्कट लाई बिस्थापित गर्ने बस्तु। यो कतिको मिलेको छ त्यो मुल्यांकन गर्ने जिम्मा तपाईं हरुको हो। तर ओन पिस आएदेखी माथी लगाउने चोली हरायो, तलको स्कट नि हारायो। कति उग्र बिस्तारबादि रहेछ ओन पिस!!! बानेश्वर क्यामस म BBS पढ्दै छु, अहिले चौथो बर्ष अन्तिममा पुगे। हामी प्रथम बर्ष हुदा हाम्रो स्वागत मा हाम्रा कक्षा का सबै केटी हरि कुर्था सुरुवाल मा थिए। जब हामी दोस्रो बर्ष पुग्यौं जुनिअर हरु पाइन्ट टिसर्ट मा आए, तेस्रो मा पुग्दा ओन पिस मा आए चौथो मा पुग्दा कट्टुमा आए। अब बिदाइ हुदा हाम्रा कक्षाका सारी मा आए, एक ब्याच जुनिअर कुर्थामा आए अरु पाइन्ट, कट्टु र ओन पिस मा आए। म मेरा साथी हरु सग हलको पछाडी बसेर सम्पुर्ण सुन्दरी हरु को सौन्दर्य को मिठास लगिरहेका थियौ। तिनिहरु तेति राम्री भएर आएकै सबैले हेरुन भनेर त हो, हामिले हेर्यौ खुब मनोरञ्जन लियौ। कुर्थामा आएका धेरै पढ्न्ते, चस्मा लगाउने, अनि सोझा साझा कहलिएका थिए। यिनिहरु को मुखमा मेकअप पनि थोरै थियो, हल्का गाजल र लाली मात्र। यिनिहरु को खुट्टा र हत्केला मात्र देखिन्थे, हामिले तिनिहरु लाई क वर्ग मा राख्यौ। अब आए पाइन्ट वाला यिनिहरु हल्का पढन्ते अनि अलि उखरमाउला थिए, यिनिहरु मा मेकअप नि तेति हुदैन, मलाइ मन पर्ने यहि वर्ग का थिए। हामिले ख वर्ग दियौ। अनि आय कट्टु र ओन पिस बाल यिनी हरुमा धेरै देखिन्थे, मेकअप को कुरै छोडम, मेरो गाला तिनिहरुको गालामा जोड्ने हो भने मेरो गहुगोरो छालानी चम्किलो हुन्छ होला। यिनिहरुलाई हामिले ग वर्ग दियौ। यिनी हरु प्रमुख अतिथि भन्दापनी आकर्षक का केद्र थिए, अतिथी हरु पनि आसण गर्न जादा यिनिहरु लाई एक नजर लगाएरै जान्थे, हामी केटा जवान उमेर पुगेका ध्यान नै तेतै हुन्थ्यो भनम। त्यो दिन कोहि केटाहरु लाई आजको कार्यक्रम को सभापति को भन्दा था नहोला तर त्यो नाम को केटिले के लगाएकी थि था हुन्छ। अझ कट्टु र ओन पिस वाला परे भने त नालिबेलि नै निकाल्छ्न। कार्यक्रम सुरु भयो अतिथि हरुको आसन ग्रहण भयो, जब खादा लगाइने बेला भयो उद्घोषक ज्युले पनि कट्टु र ओन पिस लाई बोलाउनु भो। कतिमा ओन पिस यति छोटाकी अलिकती निहुरिने हो भने के होला होला जस्तो हुने। उनिहरिले खादा लगाइदिए अतिथिहरु मख्ख परे, हामी पनि मख्ख पर्यौ। कट्टु र ओन पिस हरुका खुट्टा पनि गोरा हुने, रौ त देखिदैनदेखिने, मिलेका थाइ हुने, कुनै चोटपटक नलागेको जिउ हुने। पाइन्ट र कुर्था वालाको नदेखीएको कारण यहा बर्णन भएन। त्यता कट्टु बाली मध्य एउटि को थाइ मै डन्डिफोर जस्तो रातो पिड्को आएको देखे, पिलो पनि हुन सक्छ। गोरो जिउ मा रातो पिलो हो कि के हो कस्तो सुहाएको!!! फोटो खिच्ने बेला भयो कुर्था र पाइन्ट हरुले एक दुइटा खिचे, खुसी भएर गए। कट्टु र ओन पिस ले यति खिचेकी मैले आजसम्म मेरो सबै फोटो जम्मागर्ने हो भने पनि त्यति हुदैन होला। पोज र मुख बङ्याउन पनि कति जानेका, कहिले सुगुर जस्तो बनाउने, कहिले कुकुर लाग्यो सारा जनावरको नक्कल गरिरहेका छन। धन्न तिनिहरुले जंगली जनावर को नक्कल गरेनन्। कार्यक्रम सकियो कुर्थाबाली र पाइन्ट बाली समुहमा घर फर्के। कट्टु र ओन पिस वाली धेरैलाइ लिन केटाहरु आए विभिन्न ब्रान्ड का बाइकमा। एक्ला एक्लै गए धेरै कहाँ गए हामिलाइ थाहा भएन। तिनिहरु लाई तेती हेरिदिएकोमा हामिलाइ धन्यवाद पनि नभनि गए। जे जस्तो भए पनि नेपाल धेरै जात मिलेर बनेको साझा सुन्दर फुलबारी भने जस्तै, त्यो कार्यक्रम मा कुर्था, पाइन्ट, कट्टु र ओन पिस मिलेर बसेका थिए। एउटा फुलबारी जस्तो भयो कार्यक्रम……… म मेरो बाइक गेट बाट बाहिर निकाले मेरि पाइन्ट बाली आइन म भन्दा दुई ब्याच जुनिएर मेरो सोलमेट, थचक्क बसिन मैले मेरो ठाउँ लिए!!! मैले अरुलाइ निर्णायक गरे जस्तै मेरि पाइन्ट बालिलाइ पनि कती धेरैले निर्णायक गर्छ्न होला है…………

(लेखक डा. लोकेन्द्र न्यौपाने पशु बिकास निर्देशनालय, कर्णाली प्रदेशमा कार्यरत हुनुहुन्छ। फुर्सद्को समयमा साहित्यमा कलम चलाऊनु हुन्छ। )

उदारो शब्दहरु

कबिता  मैले छाडिसके तिम्रा गित गाउन अनि तिम्रा भजन सुन्न पनि अब त पानी पर्दा आउने तिम्रा याद पनि आउन  छाडिसके अनि साझ पर्द...