पाल्पालि सन्ध्या महर्जन, यो नाम म जिन्दगीमा कहिल्यै बिर्सिदैन होला, सुखमा त सम्झिने छैन तर दुख पर्दा र कोहि सग नजिक एवं घनिष्ठ हुनुपर्दा यो नाम भएकी युवती बाट उच्चारण भएको शब्द FORMALITY सधै सम्झिरहने छु। उनी सन्ध्या सायद अरुका लागि एउटि पातली, ठूलो बन्न खोज्ने, स्वार्थी र जिम्मेवारबहन गर्न नसक्ने मा पर्दथिन होला तर मेरा लागि मेरो सम्पुर्ण नै उनी थिइन। म पहिला प्रेम नगरेको मान्छे होइन, मैले पनि एउटि सग प्रेम गरेको थिए, तर सन्ध्या सग यस्तो प्रेम भयो जसलाइ म कहिलै बर्णन गर्न सक्दिन, बयान गर्न सक्दिन केबल महसुस मात्र हुन्छ।
उसमा खासै वा वा भन्ने केही छैन, त्यो भन्दा राम्रा नि जीवन को पाइलो मा धेरै आए, कति आउन पनि खोजे तर त्यो विशेष थि मेरो लागि। गोरि पातली छे उ, उसको हास्दा उस्का अगाडि का मिलेका दात लपक्कै पातलो ओठ मा टासिन्छन, उस्को नाक केही चुच्चो छ, उसको हात लामा र औला हरु मिलेका छन, घाँटी लामो सर्लक्क परेको छ, अनुहार मा केही फुटेको केहि आउन लागेको डंडीफोर पनि देख्न सकिन्छ। उस्को हिडाइ मा अलगै किसिम को स्वभाव देखिन्छ, उ अरु नबोले सम्म बोल्न खोज्दिन, आफुलाइ काम नलाग्ने सग संगत गर्न पनि खोज्दिन अनि आफुलाइ फाइदा नभएको कुरामा ध्यान पनि दिदिन। यs हिसाब ले उ अलि स्वार्थी नै छ। धेरैले मलाइ उसलाइ छोडिदिनु पनि भने, के के कुरा लगाए, छुटाउन खोजे तै पनि यती सबैका बाबजुद उ मेरो लागि प्रीय थि!!
म पश्चिम नेवार, महेन्द्रनगर बाट सुनिल प्रभात श्रेष्ठ, सन्ध्याको दिवान, सायद सन्ध्या ले आफू माथी ठुलो खेल खेल्दैछ र भावना नभएको मानव हो भन्ने था भएको भए म पनि उ प्रती तेति आकर्षण र दिवाना हुने थिएन होला। म सोझो पश्चिम् बाट झरेको पश्चिमी मुल को केटो सन्ध्याको पहिलो हासो मै उसको जालमा पर्न पुगे उसलाइ भेट्न म पानीमा भिजेर कति चोटि उस्को ठाउँ पुगेको छु, उसलाई कुर्दा कुर्दा कति दिन म रित्तै फर्केको छु, म एक तरिकाको पागल नै थिए भनौ, मलाइ मेरो प्रवाह नै थिएन, उसलाई देख्नु मेरो लागि पुजा जस्तै थियो, उसग बोल्नु र भेट्नु मेरो लागि जिवनको उत्कृष्ट उपलब्धि जस्तै थियो। म उसग हुदा उस्का प्रतेक दुख लाई आफ्नो भनी महसुस गरेको थिए, उसलाई थोरै केही हुदा मलाइ तुफान आएको जस्तो लाग्थ्यो, उ निराश भएको देख्दा मेरो टाउकामा कालो बादल बडारिन्थ्यो। खै कसरी, के सोचेर, के देखेर उस्लाइ तेति माया गरे थाहा छैन मलाइ। सायद अब जिवनमा उस्लाइ जति माया कसैलाइ गरिदैन होला, आफुलाइ पनि गरिदैन होला। तर मलाइ आज कुनै पनि चिन्ता छैन, अफसोच छैन, आज उ अन्तै खुसी छ, अर्कै सग जीवन जिउने मर्ने कुरा गर्दै छ जुन हिजो मसग हुने गर्थे, सायद उसलाइ मैले मेरै पहलबाट आफ्नो बनाएको भए मलाइ पनि मैले गरे जस्तै निस्चल निस्कपट माया गर्थि होला, उसलाइ त मैले उसको साथी को माध्यम बाट नजिक भएर आफ्नो बनाएको त्यसैले उसलाइ कहिलै मेरो महसुस भएन। सन्ध्या भन्ने गर्थी रे सिताले बनाइदिएको सम्बन्ध मलाइ सुनिल को मतलब नै लाग्दैन। यो कुरा मेरो कान मा ढिलो पुग्यो, जति बेला उनी अर्को सग सपना बुन्ने तयारी मा थिन, बोल्दै थिन, यता म सग पनि बोल्दै थिन। सायद उनी अब आफ्नै पहल बाट सम्बन्ध मा बस्न चाहन्छिन होला, यो सुनिल पो अर्काले बनाइदिएको ब्याइफ्रेन्ड पर्यो अनि मतलब लागेन, आफ्नै पहल को मतलब लाग्ला नि।
आज मलाइ जिर्ण रोग ले असाध्यै च्याप्यो, म अस्पतालमा भर्ना भएको छु। मैले सन्ध्या लाई मेसेज गरे, अस्पताल मा छु जीवन के होला भेट्न आउदिनौ। बिरामी लाई भेट्न मानिस हरु नजिका साथिभाइ हरु आफै आउछ्न, तर मैले उसलाई बोलाइरहेको छु। एकछिन किन बोलाए हुला, जे जस्तो भए पनि मलाइ केहिपर्दा, आइहाल्छ नि बेकार भेट्न आउ भने जस्तो लाग्यो मलाइ।तर म भम्र मा रहेछु, उसको मेसेज आयो किन आउने? को हौ तिमि भेट्न लाई? म छक्क परे, जो सग बिहान उठे देखि राती सुत्ने बेला सम्म लगातार बोलीचाली भइरहन्छ त्यो को हो? म के उत्तर दिउ, अब किन आउने भने पछि त मेरो मुख नै सुपर ग्लु ले टासेजस्तो टासिहालियो मेरो सब्द नै रहेन। अरु पीडा भन्दा त्यो पीडा असह्य भयो, मैले कुरै कुरा मा उस्को एउटा साथी सग त्यो कुरा पोखे, पाल्पाका मान्छे सग नसकिने रैछ, बिरामी हुदा नि भेट्न आएन!! यो वाक्य मेरो लागि यति ठुलो कुराको पर्दाफास गर्ने हुन्छ मलाइ लागेको थिएन।
त्यती हुदा नि म मनमा चोट बोकेर सहदै आयको थिए, मेरो रोग झन कठिन बन्दै आएको थियो। एकदिन सन्ध्या मसग झर्किदै भनी, किन हो मेरो कुरा काट्ने, माया गर्छु भन्ने, येहि हो माया यस्तै यस्तै... म छक्क परे नगरेको बीस कसरी लाग्यो भनेर, उस्को कुरा काट्ने त के म उसलाइ नराम्रो भन्न पनि सक्थिन र कसैले भनेको सहन पनि सक्थिन। पछि था भयो उस्को साथी ले मैले भनेको कुरा पाल्पाली सग सकिन्न रहेछ, भेट्न नि आयन भनेको उसलाइ भन्दिएछ। मैल यो शब्द मा कुनै पनि स्वार्थ देखिन, तर सन्ध्या ले आफ्नो बेइज्जत देखिछन। त्यो दिन देखि सन्ध्या को र मेरो कुराकानि बन्द भो। म मेरो जिर्ण रोग को उपचारको तनाब मा थिए, अब म अर्कै तनाब मा थपिए त्यो थियो सन्ध्या। त्यो दिन सध्याले सानो कुरालाइ ठुलो बनाएर मेरो दुख था हुदा हुदा नि तेस्रो गर्दा मलाइ एकदमै नमज्जा लागिरहेको थियोे। त्यो बाट खुलेर माया पाउदिन भन्ने था थियो, तर दुख मा साथ पाउछु भन्ने आशा नि भ्रम रहेछ!!
त्यो दिन देखीमैले कहिल्यै उसलाइ मेसेज गरिन तर एकदिन अचानक १०-१५ दिन पछि सध्या को मेसेज आयो म झसङ्ग भए।हुन त नबोले पनि म उस्को अन्तिम मेसेज र तस्बिर हेरिरहेको हुन्थे, त्यो दिन उसको मेसेज आउदा खुसी म उत्तिखेरै दुखि हुन पुगे, उसले त आफ्नो नया सम्बन्ध को खबर पो गर्न गरेको रहेछ त्यो पनि यति छिट्टै। मैले सोचेको सन्ध्या र यो सन्ध्या फरक रहेछ्न, मैले माया गरेको सन्ध्या र यो सन्ध्यामा धेरै अन्तरभेद रहेछ्न। त्यो दिन बाट मैले यो सन्ध्यालाइ सदासदा का लागि मेरो आत्माको चिहानमा पुरिदिए किन कि यो अरु नै सन्ध्या थिइन मेरी र मैले सोचेकि थिइनन् ।
त्यतिकै मा उसले मलाइ तिम्रो रोग चाडो सन्चो होस भनेर शुभकामना दिइ, मैले चिन्ता लिनु पर्दैन भने, उस्ले चिन्ता लगेको होइन JUST FORMALITY पूरा गरेको भनि!!!!
यो JUST FORMALITY शब्द ले मेरो होस लिएर आयो, मैले तेत्रो बर्स नदेखेको सन्ध्या को रुप त्यो दिन देखे, मैले आफै निर्णय गरे, अब जीवन मा उसलाइ कहिल्यै देख्न नपरोस्।
सायद उसले FORMALITY नै पूरा गरेर होला मेरो रोग झन झन खतरा हुँदै गयो, म अपाङ्ग भए, मेरो जिवन अर्कै मोड मा गयो, तर उसको FORMALITY सब्दले आजपनि झस्क्याउछ, कतै कोहि मसग नजिक भएर FORMALITY त पूरा गरेको छैन।
जादा जाँदै सन्ध्या मेरो जीवन, म सगको सम्बन्ध, नजिक पन तिम्रो लागि FORMALITY भएपनि, तिमी सधै मेरो लागि आदरणीय थियौ र रहनेछौ। मेरो बिरामी र मसग को सम्बन्ध मा तिमिले उत्कृष्टरुपमा FORMALITY त पूरा गर्यौ। तिमि मा कोहि ले यो पूरा नगरोस्, तिम्रो नयाँ प्रेम सफल रहोस, त्यसमा FORMALITY नहोस् । तिम्रो शरीर मा कहिलै चोट नलागोस, तिमि सधै अमर रहनु, तिम्रो शरीर अमर रहोस, बिरामी भएकी बेला दुस्मन नै परेछ भनेपनी JUST FORMALITY सम्म को सब्द कहिलै ननिकालोस!!!
अल्बिदा!!!
सुनिल प्रभात श्रेष्ठ
आज धेरै दिनपछि केही लेख्न मन लाग्यो, मेरो जिर्ण रोग पनि के हुने कस्तो हुने केहि पक्का भयो , म पनि अब १-२ बर्ष पछि अरु जस्तै बाच्न सक्छु, केही गर्न सक्छु। नया आशा पलाएर आयो। सरद को जाडो हुदा पात हरु ले रुखको साथ छोड्छ्न र रुख कुरुप देखिन्छ, तर जब बसन्त आउँछ नया पालुवा पलाउछन, रुख को रुप सरद भन्दा फक्रेर आउँछ, झन झन सुन्दर भएर आउँछ । मेरो जीवन मा पनि सरद चलिरहेको छ, जसले गर्दा मेरा भन्नेहरु पराइ साबित हुदैछन, अब एकदिन कहिलै नमिटिने गरि बसन्त पनि आउने छ। त्यतिबेला म एकदम खुसी हुनेछु यो सरद को क्षण सम्झेर, सायद यो क्षण हुदैन थियो भने, पछि को जीवन को मोड मा कुनैबेला सरद आउदा सन्ध्या छुट्टीएर जाने थिइन, जे होस समयमै छुट्टीएर गइन, सरद सगै उनी गइन, नयाँ पालुवालाई ठाउँ छोडेर गइन धन्यवाद तिमिलाइ सन्ध्या!!!
Subscribe to:
Post Comments (Atom)
उदारो शब्दहरु
कबिता मैले छाडिसके तिम्रा गित गाउन अनि तिम्रा भजन सुन्न पनि अब त पानी पर्दा आउने तिम्रा याद पनि आउन छाडिसके अनि साझ पर्द...
-
कबिता मैले छाडिसके तिम्रा गित गाउन अनि तिम्रा भजन सुन्न पनि अब त पानी पर्दा आउने तिम्रा याद पनि आउन छाडिसके अनि साझ पर्द...
-
डा. लोकेन्द्र न्यौपाने प्रीय पाठक मित्रहरु! फाल्गुनको सुर्य आकाशमा रमाइलो मानी मानी नाच्दै थियो, बाइपास रोड नजिकका गाडीहरु एकनास मज्...
-
क्याफेको एउटा कुनामा बसेर हातमा लिएको कफिमा सुगर घोल्न थाले देखि नैं मुटु घुलिन थालेको थियो प्रेमिल स्पर्सहरुले कफिको सुगन्धम...

No comments:
Post a Comment