अहिलेको अवस्थामा बिश्व नै कोरोना प्रभावित छ। नेपाल पनि अछुतो छैन । सिङ्गो देश लकडाउनमा छ। शिक्षा स्वास्थ यातायात कृषि पर्यटन तथा अन्य सबै क्षेत्रहरु अझ भनौ जनजीवन नै प्रभावित छन। शिक्षाको कुरा गर्दा जुन अहिले अनलाइन शिक्षा दिने भन्ने किसिमको कुराहरु आएका छन। यी कुराहरु निजि शिक्षण सस्थाहरुले ट्रायलको रूपमा लकडाउनको भोलिपल्टै सुरु गरे। प्याब्सन लगाएतले निजि शिक्षण सस्थालाइ अनिवार्य अनलाइन कक्षा चलाउन निर्देशन दिए। यस बिषयमा शिक्षा बिद हरुको छलफल भयो। सकारात्मक रूपमा लिदा यो बिषय हाम्रो शिक्षा अवधारणालाई बैज्ञानिक र प्रबिधि मैत्री बनाउने आधार खुट्किलोको रूपमा लिन सकिने निष्कर्ष निकाले। तर नेपालको भौगोलिक बिकटता पुर्वाधारको कमि जस्ता कारणहरुले यो संभब छैन भन्ने प्रश्न नउठेको होइन।
यद्यपि निजि शैक्षिक सस्थाले अनलाइन कक्षा जोडतोडका साथ संचालन गरे। अझ कतिले आफ्नो शैक्षिक सस्थामा बैज्ञानिक ढंगले अध्यन अध्यापन हुने भनेर प्रचार गर्न मात्रै भ्याएनन अनलाइन कक्षा हाम्रो थप फिएचर हो, यसका लागि निर्धारित शुल्क तिर्नुपर्ने फि स्ट्रक्चर नै तयार पारे। अहिले अनलाइन कक्षा संचालन नगर्ने कुनैपनी निजि शैक्षिक सस्था छैनन् ।
यस बिचमा निजि शैक्षिक सस्थाकै लहडमा लागेर त्रिभुवन बिश्व बिधालयले पनि अनलाइन कक्षा संचालन गर्ने मात्रै भनेन जसरी पनि संचालन गर्नु पर्ने भन्दै निर्देशिका नै जारी गर्यो। त्रीबिले न आफ्नो विद्यार्थीको अवस्था बुझ्यो न अनलाइन कक्षा संचालन गर्नका लागि आफ्नो पुर्वाधार नै हेर्यो।एकातिर जुम मेसेन्जर र स्काइपमा कक्षा संचालन गर्दै गर्दा त्रीबिको डाटा चोरी हुने कुरा त छदैछ अर्कातिर आफ्ना ६०% विद्यार्थी यी प्रबिधि को पहुच भन्दा टाढा छन भन्ने ध्यान नै पुर्याएन ।
अन्त्यमा, हरेक कुरा राम्रो कै लागि हुन्छ भने झै कोरोनाले हामिलाइ अब को दिनमा शिक्षा लाई बैज्ञानिक र प्राविधि मैत्री बनाउनु पर्ने बुद्दि दिएको छ। अब अनलाइन कक्षा संचालनका लागि आवश्यक पूर्वाधार निर्माण गर्ने तर्फ पनि केन्द्रित हुनपर्दछ। यसका लागि शैक्षिक आन्दोलन बैज्ञानिक हुनुपर्छ । हिजो ब्यबस्था परिवर्तनका लागि गरिएका आन्दोलनले दिएका उपलब्धिहरुलाइ बैज्ञानिक हिसाब ले सस्थागत गर्दै अबको अबको शिक्षा प्रबिधि मैत्री तथा ब्यबहारिक बनाउनु पर्ने आजको आवश्यकता हो।
सुजन ढकाल
भरतपुर, चितवन
No comments:
Post a Comment