Thursday, October 17, 2019

प्रेम मरेन - लोकेन्द्र न्यौपाने











चितवन, आकाशमा मज्जाको घाम लागेको छ, पानी पर्छ कि भन्ने छाटकाट नै छैन, एकदम गर्मी, मानौ आज धर्ती बिस्पोट हुन खोजिरहेको छ। तातो बतास ले सरिर झन तातो बनाएको छ। यो प्रकृति को तातो बतास भन्दा मुटुमा उब्जिएका भावनाको बतास ले अझ बढि कम्पन लिएर आउने गरेको छ। आज सुर्य पनि मेरो मनका भावना थाहा पाएर होला झन झन चम्किलो हुँदै छ। धन्य हौ प्रकृति म सग त तिमी छौ!!!
सलिना, अरुले सलिना भने पनि म सलु भनेर बोलाउने गर्थे। हामी एउटै कक्षाका साथी, +२ पछी चितवन पढ्न आउदा क्याम्पस मा भेटेको उसलाइ, देख्ने बित्तिकै मेरो निर्दोष आत्माले उसलाइ बाँस दिन तयार भयो। उसलाइ भालेन्टाइन डे मा प्रस्ताव राखेको थिए, सकारात्मक नतिजा आयो, हामी एक अर्का मा भयौ। आज उनी कुनै ठुलो बैंक मा जागिरे छिन, म भर्खर जिन्दगी का पाइलामा हिंड्न् सिक्दै छु। हामी एक भएको पनि ७ बर्स भइसकेछ। यो बिचमा हामी बिचको सम्पुर्ण कुरा विशेष थियो। एक अर्काका परिपुरक थियौ।
मानिस को स्वभाव मा परिवर्तन भएको नजिकै को मानिस लाई सजिलै थाहा हुन्छ रे, बिगत एक दुई हप्ता देखि उनिमा केहि परिवर्तन देखेको थिए। भेट्न भने हुरुक्क हुने उनी फुर्सद छैन भनेर टार्ने गर्थिन, फोन सम्पर्क पनि तेति हुदैनथ्यो, कता कता उनी म बाट टाढा जान लागेको आभास हुँदै थियो। अस्ति मैले जबर्जस्ती भेट्न् भने, कराए, उनि चुप लागिन, अन्तिममा एउटै वाक्य भनिन ``माफ गर आभास, मेरो जबर्जस्ती अन्तै बिहे पक्का भइसक्यो, अब नजिक नहौ, जति सक्छौ टाढा गइदेउ, म तिमिलाइ हेर्न सक्दिन´´। फोन कट्यो, म निसब्द भए, घाँटी सुकेर प्यासी भए, आफ्नो जिउ आफैलाइ भारी भयो थचक्क भुइमा बसे, केही सोच्नै सकिन, सन्सार नै अर्कै लाग्यो, मानौ मलाइ अर्कै ग्रहमा सारिएको छ।
त्यो दिन पछि मैले फोन गरे तर कहिलै उठेन, पछि बाट त्यो मोबाइल मा फोन नै लाग्न छोड्यो, उनी हिडिरहने बाटोमा कुरिरहे तर कहिल्यै भेटिन, उनको अफिस पनि गए, जागिर छोडिसकेकी रहिछन, घर पनि गए भोटेताल्चा लगाएको थियो।वरिपरि का लाई सोध्दा तिनी हरु एक हप्ता लाई बाहिर गएको खबर पाए। मेरा दिन हरु एकदम कठिन सग बितिरहेका थिए, म आफू आफैमा परिवर्तन भएको महशुस गर्दै थिए, खानपिन पनि ठेगान थिएन, दिनहरु कति लामा हुन, कसैलाइ पिडा सुनाउने बिस्वस्नियता भएको साथि पनि कोहि भेटिन। कपडा मैलिएर नधोएको धेरै भैसकेको थियो, ननुहाएर शरीर बाट अमिलो बास्ना मगमगायको थियो। यस्तै यस्तै हुने रहेछ मायामा!!
उनिसग मेरो सम्पर्क बिच्छेद भएको एक महिना पुगिसकेको थियो। यो बिचमा सम्पर्कमा हुन नखोजेको होइन तर हुन सकिन। राती यस्तै यस्तै कुरा खेलाउदै बसिरहेको थिए, एक्कासि सलिनाको फोन आयो। मलाइ बिश्वास नै लागेन, सपना जस्तो लाग्यो, उठाउ कि नउठाउ भन्ने भए। फोन उठ्न ढिलो भैसकेछ फोन कट्यो, फेरि गरिन उठाए यो पटक::
सलु: हेलो आभास
म: भन
सलु: भोलि भेटम एकपटक अन्तिम पटक
म: किन? केही काम थियो कि?
सलु: यो जिवनको अन्तिम मेरो इच्छा हो please!!!
म: ठिक छ, थोरै समय लाई मात्रै!! उहीँ अंकल को क्याफेमा ठिक १० बजे!!
मैले फोन काटिदिए!!
त्यो रात मलाइ निन्द्रा परेन, भोलिपल्ट म तयारी भएर सलिनाको पर्खाइमा क्याफेमा कुरिरहेको थिए। उनि आइन, अझ राम्री भएर आइन। बिछोड पछि आफ्नो प्रेमी प्रेमिका पहिला भन्दा राम्रो लाग्छ भन्थे सत्य रहेछ। म पनि मनमा पीडा लुकाउदै झुठो मुस्कान लिन कोसिस गरिरहेको थिए!!
हामी क्याफे मा एक ठाउमा बस्यौ। गोपिनियता को कुरा मा क्याफे उत्कृष्ट थियो। हामी मुखा मुख भएर बस्यौं। सायद अरु बेला भएको भने मेरो हात हरु, मेरा ओठ हरु पापिकाम मा खुसी हुँदै नाचिरहेका हुन्थे होलान्, त्यो दिन म सान्त, भद्र युवक को रुप मा आफ्नी प्रेमिका को सामु थिए।
म: भन काम केही? मलाइ अन्त जानु छ!!
सलु: कति हतार, अन्तिम भेट भनेको छु, आज मेरो लागि समय देउ न!!
म पीडित भएर, तेत्रो दिन बसेको, ज्यान सुकेर हड्डी भैसकेको मान्छे, त्यो पनि भुपु प्रेमिका, अन्तै बिहे गर्न तयार भएकीले तेस्तो रोमान्टिक तरिकाले जस्तो आज मेरोलागि समय देउ भन्दा रिस उठिरहेको थियो, तर म काबुमा थिए, भन्न त धेरै मन लागेको थियो तर शब्द भेटेको थिएन।
हामिले मगाएको अर्डर आयो। म उस्को कुरा सुनिरहेको थिए, उसलाइ आँखा जुधाउने मेरो हिम्मत थिएन। म आफ्नै तरिका जस्तो बन्न खोज्दै थिए, तर त्यो आफैलाइ नसुहाएको जस्तो लागिरहेको थियो।
सलु: किन यति पातलो भएको? के समस्या छ र तिमिलाइ?
मलाइ झनक्क रिस उठ्यो अन्तै बिहे गर्ने, एक्कासी छोड्ने उ मलाइ यस्तो भनिरहेकि छे, नाटक र नखरा देखाइरहेकी छे। तर पनि म चुप लागे!!
सलु: एउटा कुरा भनु, गर्छौ?
म: के कुरा, मन लागे गर्छु नत्र हुन्न।(मेरो जवाफ ठाडो थियो)
सलु: भागम हामी ( उ आँसु निकालेर रुन लागि)
मलाइ कस्तो अनौठो भावना आयो, मेरा नि आँखा भरिएर पोखिएको मलाइ नै थाहा भएन। उ रुदै बोल्न थाली!!
सलु: घर को खुसि भनेर तिमिसग छुट्टिएर टाढा जान खोजे, झन नजिक भयौ। सबैकुरा बाट टाढा गर्दा पनि यो आत्माबाट टाढा गराउन सकिन। मैले धेरै भने घरमा कसैले मानेनन्, उहाँ हरु को खुसिको लागि अन्जान सग बिहे गर्न तयार म, मेरो खुसिको लागि जानेको चिनेको तिमिसग उहाहरु मान्नुहुन्न। मैले घर छोडेको १ हप्ता भैसक्यो। साथिकोमा बसेको छु, अब अन्तिम भेट यतै टुङ्गोलगाइ हामी सधैं भरी कहिले पनि नछुट्टिने हौ।।
उसको सबै कुरा ले मन भारी भयो, आँखा राता भए, मैले उस्को हात समाते, अङ्कमाल गरे, निधार मा चुमे! एक महिनाका सबै दुख हरु बिर्से। मायामा कहिलेकाहि परिक्षा हुन्छ भन्थे यहि होला, तर जे होस म त्यो परिक्षामा विशिष्टता हासिल गरेको अनुभव गरे। उस्को साथी लाई फोन गरि उसको सामना पुल्चोक मा लिएर आउन भने। नजिकै को ATM बाट पैसा निकाले, पुल्चोक को टिकट काउन्टर बाट बेलुमा ५ बजेलाइ कालिकोट सम्म दुइओटा टिकट बुक गरे, बल्ल १ बजेको थियो समय धेरै बाकी थियो, त्यसैले नजिकै को नारायणी नदिमा गयौं हिड्दा हिड्दै मेरि प्यारि सलिनाको हात समाएर मैले बालुवा मा लेखे `सलिना कडेल न्यौपाने´………………

1 comment:

उदारो शब्दहरु

कबिता  मैले छाडिसके तिम्रा गित गाउन अनि तिम्रा भजन सुन्न पनि अब त पानी पर्दा आउने तिम्रा याद पनि आउन  छाडिसके अनि साझ पर्द...