Tuesday, July 2, 2019

'प्रेमिका'

राजा
प्रेमी - किन हो हिजो आज त कुरा गर्न नै छोडेउ नि?
प्रेमिका - पहिलाको 'एम बि' सकिगयो ,मोबाइलमा इन्टरनेट  चलाउने ब्यालेन्स नभएर नि !
प्रेमीले केही महिनालाई पुग्ने ब्यालेन्स ट्रान्सफर गरिदिन्छ!
प्रेमी - किन के भयो र ? फेस्बुकमा फेरि  कुरा गर्न छोडेउ नि?
प्रेमिका - दुई तीन दिन भयो बिजुली न आएको मोबाइलमा चार्ज नभएर नि !
प्रेमी ले पावर बैंक उपलब्ध गराइ दिन्छ किन कि प्रेमी उसकी प्रेमिकालाई असाध्यै माया गर्छ साथै सधैं कुराकानी गरिरहन चाहन्छ  ,तर केही दिन पछि फेरि पनि प्रेमिका उसँग कुरा गर्दीन !
प्रेमी - किन हो अब के भयो र ? कुरा कानी बोलचाल बन्द भयो नि त?
प्रेमिका -  कुरा गर्ने मन नै नभएर न बोल्या नि !!
प्रेमिकाका सबै जरुरत पूरा गर्न सक्ने आफूलाई बडो क्षमता वान ठान्ने प्रेमी आज प्रेमिकालाई " मन " उपलब्ध गराइ दिन नसकेर निशब्द  भएको छ !!

No comments:

Post a Comment

उदारो शब्दहरु

कबिता  मैले छाडिसके तिम्रा गित गाउन अनि तिम्रा भजन सुन्न पनि अब त पानी पर्दा आउने तिम्रा याद पनि आउन  छाडिसके अनि साझ पर्द...