Thursday, February 14, 2019

प्रेमको वार्षिकी


रातको आठ बजेर १५ मिनेटको समयमा तिमिले चौबिसकोठी सडकको लगभग बीचमै उभिएर अनुनयको भावमा हात ठड्याइएकी थियौं एउटा सुन्दर युवतीले गरेको अनुनयलाई कुल्चने दुष्प्रयास नगरिकनै मैले तिम्रो अगाडि मेरो मोटरबाइक रोकेको थिए एकदमै आत्तिएको भावमा तिमिले सोधेकी थियौंतपाई कहाँसम्म पुग्ने हो ?’, मैले प्रेमबस्ती सम्म भन्ने जवाफ दिए त्यसक्षण तिम्रो अनुहारको बादल हटेर क्षणभरमै चन्द्रमा उदाएको थियो किनकी तिम्रो गन्तब्यसम्मकै यात्रामा थिए मलाई बुद्धचोक सम्म लिफ्ट दिन सक्नुहुन्छ, हेर्नुस घण्टा भन्दा अघिदेखि बस कुरिरहेको बस नै आएन रातको ८ः३० पनि हुन लाग्यो अब बस पनि आउँदैन होलातिमिले औपचारिकता निभायौं, मैले कुरा नबुझेको होइन किनकी मैले अघि नै तिम्रो अगाडि मोटरसाइकल रोकेर तिमीलाई लिफ्ट दिइसकेको थिए तर, अहिले पनि दाबाका साथ के भन्न सक्छु भने मैले एउटी युवतीको लागि मात्र किमार्थ मोटरसाइकल रोकेको थिइन तर, तिमिले त्यसक्षण के सोच्यौं, जसलाई मैले कहिल्यै जान्न चाहिन

 जनवरी १०, २० बिहानको ६ः१५ मेरो कानैनेरको मोबाइलमा म्यासेज टोन आयो मन नलागे पनि जर्बजस्ती आँखा खोलेर म्यासेज पढे रोमनमा लेखिएको सन्देशमातपाई निकै सहयोगी सरल हुनुहुन्छ तपाईलाई धन्यबादलेखिएको सन्देश थियो एउटा अपरिचित नम्बरबाट आएको म्यासेजले धेरैबेर मेरो मन खलबलाइरहयो सधैं बजेसम्म सुत्ने त्यसदिन भने बजेसम्म पनि निदाउन सकिन जसको कारण त्यो म्यासेज थियो वा अरु केही, मैले पत्ता लगाउन सकेको छैन किनकी त्यो सन्देशप्रति त्यति उत्साहित थिइन, एउटा अपरिचित नम्बरबाट आएको एउटा म्यासेज प्रति त्यति धेरै उत्साहित हुनुपर्ने कुनै कारणपनि थिएन तर, मैले औपचारिकताका लागि भएपनि धन्यबाद लेखरे म्यासेज रिप्लाइ गरे
 फेब्रुवरी १४, धेरैबेर ओछ्यानमै पल्टिरहेथे  हरेक बिहानहरु सुतेरै बिताउथे  मेरो यो नियम प्रकृतिका बिरुद्धमै होस, मलाई बिहानी निद्रा नशाजस्तै भइसकेको थियो  मेरा परिवार, आफन्त साथीभाई मेरो यो बानीलाई मेरो प्रगतिको बाधक ठान्छन गाली गरिरहन्छन पनि सुत्नकै मजा लिइरहन्छु   बिहानको बजिसकेछ, मैले घडी हेरे मोबाइल हेरे फेसबुक खोले ओहो आज भ्यालेन्टाइन डे (प्रेम दिवस) पो रहेछ तर, आजसम्म मलाई त्यसको कुनै याद नै रहेन मलाई भ्यालेन्टाइनको याद हुनुपर्ने कारण पनि थिएन, भ्यालेन्टाइनका लागि उपयुक्त पात्र पनि होइन कसैसँग प्रेम गर्छु , मसँग कोही हुन हिजोआज भ्यालेन्टाइनमा परिवार साथीहरुलाई पनि शुभकामना आदानप्रदानको चलन बढेको तर, त्यहाँसम्म अलि पुगेको छैन
 खाना खाएर बजार तिर निस्किए
शहर भ्यालेन्टाइनको मुडमा आज, छिमेकिकी छोरी आमासँगमामु आज मलाई हजार जसरी पनि दिनुपर्छ है, उहाँ साथीहरु भ्यालेन्टाइन पार्टीमा सौराह फुड फेस्टिवल जाने भनिरहेका छनभन्दै आमाको अघिपछि गरिरहेकी घरबाट निस्किदा सुने मैले बाटोमा मोटरसाइकलमा सर्प बेरिएझै युवतीहरु युवकको जीउमा टासिएर भ्यालेन्टाइन सेलिब्रेसनमा छन घर नजिकैको कस्मेटिक सपमा भ्यालेन्टाइन गिफ्ट कार्ड किन्नेहरु पनि बाक्लै छन तर, भने यि सबै कुराहरु अन्जान बालक झै हेरिराको छु
बुद्ध चोक आइपुग्दा मेरो मोटरसाइकल एक्कासि रोकियो उही केटी जसले मलाई दिनअघि लिफ्ट मागेर हात ठड्याएकी थिइ अहिले उसका लागि आफैंले मोटरसाइकल रोकेरे लिफ्ट दिएको थिए केही असमञ्जस्यका साथ मेरो बाइकको पछाडि बसी आफ्नै गतिमा मोटरसाइकल चलाइरहे आफ्नै लयमा भरतपुरको दृश्यपान गरिरहि मैले उसलाई चाहेर पनि सोधिनतपाई कहाँ जाने हो ?,’ उसले भने मलाई चाहेर सोधिन वा नचाहेर सोधिन, मैले जान्न चाहेर पनि सँग सोध्न सकिन बुद्धचोकबाट चौबिस्कोठिसम्म निशब्द चौबिस्कोठिबाट बोल्न थाली, क्याम्पसगेट आउँदा खुल्न थाली लायन्सचोक आउँदा घुल्न थाली अचम्मको हुन्छ केटीको जात पनि एकैछिनमा पुरै ब्रम्हाण्डै आफ्नो बनाउँछन एकैछिनमा पुरै ब्रम्हाण्डै अर्काको बनाइदिन्छन
गैंडाकोटको कुनै बिकास बैङ्ककी क्यासियर हो घर तनहुँको कुनै गाउँ, बिबिए अन्तिम सेमेष्टरको परीक्षा सकेर फुर्सद मा छे बिहान आजकल बुद्दचोक बस्छे गाउँकै एकजना दिदिसँग उसले मलाई यति परिचय गराई, मैले उसलाई मेरो परिचय गराए पुल्चोकसम्म आइपुग्दा मेरो झन नजिक भई, परिचयले मात्र हैन शरीरले पनि अहिले मेरो ढाडमै टाँसिएकी छे , शायद डरले होला, शायद रहरले होला या शायद प्रेमले होला कसरी सोधूँ उसलाई गैंडाकोट जाने, नारायणघट सम्म मात्र किन किन मैले उसलाई पुल्चोक मै झर भन्न सकिन मलाई यहि छोड्दिनुस् अटोमा जान्छु भन्दै थिइ तर, मैले बाइक नारायणी पुल तर्फ मोडे गैंडाकोट मा उसलाई छाडेर नारायणघाट फर्किने बेला उसले मेरो फोन नम्बर मागी, मैले मेरो भिजिटिङ कार्ड उसको हातमा थमाए उसले नम्बर दिइ कार्ड हजुरलाई पछि कल गर्छु नि, ओके’, उसले यति भनि
म बिरेन्द्र क्याम्पस आए । केटाहरु घुम्न जाने भनेर कुरेका रैछन्, का गाको अहिले सम्म भनेर मुख बिगारे तर, म भने कुन्नि किन हो आज अर्कै भएको थिए । कताकता मनका अन्तर—कुन्तरमा खुशीका किरणहरु सञ्चार भएजस्तो । मन निकै तन्नेरी भएको थिए । बेकारमा त्या आएजस्तो महसुस भएको थियो । एउटी सुन्दर युवती, भ्यालेन्टाइन डे को दिन, सँगैको मोटरसाइकल यात्रा । त्यो सब छाडेर म किन केटाहरु भाको ठाउँमा  आए । कुनै एउटा रोमान्टिक गित गाउँदै सौरहा तिर हानिन पाएको भए पनि कम गजब हुँदैन्थ्यो । तर, मैले उसलाई त्यो अचानकको दोश्रो भेटमा आज अफिस बंक गर भन्न सकिन । दिनको २ बजे उसले मलाई म्यासेज गरी ‘म तपाईलाई पुल्चोकमा साँझ ६ बजे भेटछु, मलाई लिफट दिनुहोला’ । नम्बर भने उही फ्रेवुवरी १० को म्यासेज आएकै नम्बर थियो । मैले बुझे उसले मेरो नम्बर त मैले पहिलो दिन लिफ्ट दिएको साँझ नै लिइसकेकी रहिछ । म साँझ ६ बजे नै पुल्चोकमा थिए । उ ६ः२० मा आई, मेरो बाइकको पछाडि बिनाअनुमति नै बसी र म बिनाअनुमति नै बाइक हुँक्याएर गन्तब्यतर्फ लागे । बाटोमा उसले मलाई धेरै कुरा सोधी र मैले उत्तर दिइरहे, र्यापिड फायर झै गरी । बाइकमै उसले मलाई आई लभ यू भनि र मसँग टाँसिइ । म भने निशब्द बने । शायद यही स्वीकारोक्ति थियो मेरो । मैले कहिल्यै नस्वीकारेको पर्व भ्यालेन्टाइन डे, यही दिन आज म कसैको प्रेममा परे । हामी प्रेममा पर्यौ, एक—अर्काको ।
आखिर यो प्रेम झाँगिदै गयो, हाँगा लहराहरु फैलिदैं गए भरतपुरका अनेकोै चोकहरु, सौरहा, गोलाघाट्, पार्क हरु, वारीपरिका रिसोर्टहरुमा हामीले यो प्रेमलाई मलजल गर्यौं, गोडमेल गर्यौं आज हाम्रो प्रेमको वार्षिकी , कति घुम्नु, कति लुटनु जिन्दगीको मजा, कति हराउनु एक अर्कामा, कति सधै बाइकको अघिल्लो सिटमा उसको ड्राइभर भइरहनु मैले मैले उसलाई भेटेर बिहेको प्रस्ताव गरे उसले मलाई सोचेर एक हप्ता पछि जवाफ फर्काइ एउटा निकै छोटो इमेलमा , ‘ बिहे डाक्टरसँग पो गर्छु , कहाँ ईन्जिनियर सँग बिहे गर्नु, सरी मैले उसको इमेल कहिल्यै रिप्लाइ गरिन मेरो साथी सोधिरहन्छउसको नाम भन के हो ?’ मेरो उत्तर सधैं एउटै हुन्छत्यसको नाम नसोध यार मलाई

No comments:

Post a Comment

उदारो शब्दहरु

कबिता  मैले छाडिसके तिम्रा गित गाउन अनि तिम्रा भजन सुन्न पनि अब त पानी पर्दा आउने तिम्रा याद पनि आउन  छाडिसके अनि साझ पर्द...