Saturday, July 22, 2017

CTEVT को ठेकेदारीतन्त्र बिरुद्द अनेरास्ववियु NPI को बिज्ञप्ती

                                               प्रेस-बिज्ञप्ति

 
   अनेरास्ववियु आफ्नो स्थापना काल देखि नै विद्यार्थी हकहित को पक्षमा सडक बाघको रूपमा लड्दै आइरहेको एकमात्र अगुवा संगठन भएको सबैमा अबगत नै छ। अनेरास्ववियुले विभिन्न कालखण्डमा विद्यार्थी हकहितको लागि आवाज उठाउदै आइरहेको कुरा सर्बबिधितै छ। यसै गरि चितवनमा पनि सम्पुर्ण न्यायप्रेमी देशभक्त विद्यार्थीहरुको नेतृत्व गर्दै आइरहेको छ। शिक्षा क्षेत्रमा हुने बेथिति र क्याम्पस प्रसासनको लापरबाहीलाई अनेरास्ववियुले खबरदारी गर्दै आइरहेको र आगामी दिनमा पनि गरिरहनेकुरा अनुरोध गर्दछौं ।

       अनेरास्ववियु NPI क्याम्पस कमिटी(CTEVT) आफ्नो स्थापना काल देखि नै विद्यार्थी आन्दोलनको अर्को नामले परिचित छ। सिटिइभिटी देशको प्राबिधिक जनशक्ति उत्पादन को मुख्य आधार बनी शिक्षा प्रदान गर्दै आएको छ। बर्सेनि हजारौं विद्यार्थीहरु प्राबिधिक शिक्षा आर्जनको लागि CTEVT बाट सम्बन्धन प्राप्त कलेज/ क्याम्पसहरुमा आउने गर्छन् । र अनेरास्ववियु ती तमाम विद्यार्थीहरुको नेतृत्व गर्दै हरेक समस्यामा हातेमालो गर्दै आइरहेको छ। चितवनको सन्दर्भमा अनेरास्ववियुले विभिन्न शैक्षिक सस्थाहरु सङ्ग विद्यार्थी हकअधिकार तथा उचित शिक्षा प्रदान गर्न आवाज उठाइरहेको छ् । उदाहरणको रूपमा हामिले आशा नर्सिङ आन्दोलन, NPI  नारायणी सामुदायिक हस्पिटलमा विद्यार्थी सहुलियत तथा CTEVT मा गरिएका आन्दोलनहरुलाइ लिन सक्छौं ।
    यसै सन्दर्भमा शैक्षिक सत्र २०७४/७५ सालको CTEVT को प्रवेश परिक्षामा भएको अनियमितता प्रती अनेरास्ववियु NPI क्याम्पस कमिटीको ध्यानाकर्षण भएको छ।चितवनको श्री मेडिकल एन्ड टेक्निकल कलेजमा  परिक्षा सुरुभएको केही ४५ मिनेटमै कुनै एक विद्यार्थी प्रश्नपत्र सहित बाहिरिनु, परिक्षाहलमा बसेका गार्ड,निरीक्षक तथा बाहिर गेटमा बसेको प्रहरी कर्मचारीले बेवास्ता गर्नु र उक्त विद्यार्थीले परिक्षाहल बाहिर दिएको अभिव्यक्तिले यस घटना हुनुमा ठुलै ओहोदामा रहेका ब्यक्तिबाट नै यस किसिमको हर्कत भएको सहज अनुमान गर्न सकिन्छ। यस्तै आजै भएको परिक्षामा अर्को परिक्षा केन्द्र चितवन मेडिकल कलेजमा भएको परिक्षामा पनि  CTEVT मै माथिल्लो निकाएमा कार्यरत कर्मचारीको निर्देशनमा नक्कली परिक्षार्थी बनेर परिक्षा हल भित्र प्रवेश गर्न खोजेको तर मुलगेटमा रहेका सुरक्षागार्डले प्रवेश गर्न नदिएको अबस्थामा अनेरास्ववियुका साथीहरू गफगर्दै गर्दा अकस्मात Ctevt hero dai भनेर सेभ गरिएको (986......) कुनै ब्यक्ति ले sms गरियो। सबैतिर CTEVT को उत्तर पुस्तिका आउट भयो भन्ने हल्ला फैलियो। यो बिषयमा अनेरास्ववियुका साथीहरूले स-प्रमाण  ctevt को सम्बन्धित निकाएमा कुरा गर्दा समान्य  कुरा भन्दै प्रसङ्गलाई मोड्ने काम गरियो र प्राबिधिक समस्याको संज्ञा दिइयो।
    यसप्रकार ctevt का केही ठेकेदारहरुको मनपरी तन्त्रले हजारौं विद्यार्थीहरुको भबिस्यमा ग्रहण लाग्ने निश्चित छ। हजारौं अभिभावकको सपना तुहिएको छ। पटकपटक ctevt मा हुने यस किसिमका घटनाहरु प्रती अनेरास्ववियुको ध्यानाकर्षण भएको जानकारी गराउन चाहान्छु। र यस घटना प्रति अनेरास्ववियु NPI क्याम्पस कमिटी खेद प्रकट गर्दछ। यस किसिमको हर्कत जो बाट गरियो, जो बाट गराइयो जो कोहिलाई पनि कारबाहीको घेरामा ल्याउन अनेरास्ववियु जोडदार माग गर्दछ। र सम्पुर्ण न्यायप्रेमी विद्यार्थी साथीहरूलाई कुनैपनी प्रलोभनमा नपरी शिक्षा क्षेत्रमा हुने माफियाकरणको विरुद्धमा लाग्न अनुरोध गर्दछ।



अध्यक्ष 
सुजन ढकाल 
अनेरास्ववियु NPI क्याम्पस कमिटी (CTEVT)
 परिक्षाहलबाट प्रश्नपत्र लिएर निस्केका बिद्यार्थीबाट चिया पसलमा खिचेको फोटो 
नक्कली परीक्षार्थी बनेर परिक्षाहलमा पुगेको बिद्यार्थीको मोबाइलमा आएको SMS 


















No comments:

Post a Comment

उदारो शब्दहरु

कबिता  मैले छाडिसके तिम्रा गित गाउन अनि तिम्रा भजन सुन्न पनि अब त पानी पर्दा आउने तिम्रा याद पनि आउन  छाडिसके अनि साझ पर्द...