Friday, May 12, 2017

फोन आतंक

                                                                                                                - सुजन ढकाल
तोडियो तोडियो सम्बन्ध तोडियो . . . .
एक्कासि मोबाइल बज्यो। राजेश राइको यो गीतलाइ रिङ्ग टोन राखेको धेरै भैसकेको थियो।
झस्किदै मेबाइल हेर्यो। कस्ले फोन गर्यो भनेर।
9811.......
नम्बर परिचित नै थियो। तर save गरिएको नम्बर थिएन । केही समय अगाडि अब यो नम्बर उसको contact लिस्टमा राख्नुको कुनै आबश्यकता छैन भनेर आफैंले delete गरेको थियो ।
एकछिन सोच्यो झुक्किएर आएको होला भनेर उठाएन ।
तर अर्को पटक पनि फोन आए पछि सोच्न बाध्य भयो किन फोन गरि त्यस्ले। दिमागमा धेरै कुराहरुको द्वन्द चल्यो। अन्त्यमा जे सुकै होस उठाउछु भन्ने निस्कर्षमा पुग्यो। र उठायो।
-"hello"
-"hello, के गरिरको?" उताबाट आवाज आयो।
-"बसिराको" उस्ले भन्यो।
-"sorry, म बाट धेरै गल्ती भएको छ, तिम्रो मन दुखाको छु, धेरै दु:ख दिएको छु। sorry please"  उस्ले भनी।
-"अब यो सबै कुरा गर्नुको कुनै औचित्य छैन। केही जरुरी काम छ भने भन। हैन भने यस्ता कुरा गर्नलाइ फेरि फोन नगर।" उस्ले जवाफ दियो।
-" थाहा छ मलाइ सबैकुरा। तर जे भएको थियो त्यो मेरो आफ्नो निर्णयले भएको थिएन। म कसैको दबाबमा थिए। त्यसैले त्यो सबै भयो।"
उस्ले यति भन्दा उसलाई बास्तविकता थाहा पाउन मन लागिसकेको थियो। अनि सोध्यो " बास्तबिकता के हो ? केहि कुरा नलुकाइ भन।"
-" भन्छु, तर अहिले होइन । अहिले भनेर मैले सबै कुरा बुझाउन सक्दिन। भेट मलाइ ।"
उसले भेट्ने प्रस्ताब राखी ।
मैले केही भन्न नपाउदै उस्ले फेरि भन्न थाली। " प्रेम, भोलि बेलुकिपख को JAVA मा भेटौ है। तिमी कफिको फ्यान छौ। कफि खादै सबै कुरा भन्छु। समय मिलाउ है।"
" पुजा, अब त्यसको कुनै आबश्यकता छैन । तिमिलाइ थाहा नै छ।  म भोलि त्यति अनुकुलता मा हुन्न, भोलि अर्कै काम छ मेरो। पछि कुनै दिन समय मिल्यो भने भेटौला, गफ गरौंला । मान्छे हो गल्ती हुन्छ, जे भयो सकियो। अब त्यो सबै कुरा थाहा पाएर पनि मलाइ केही हुन्न ।"
" प्रेम, तिमी यस्तो कुरा नगर न please ! जे भएपनी भोलि अपरान्ह ५ बजे JAVA मा भेट गरौँ । म तिमिलाइ त्यहीँ कुरिरहेको हुन्छु है। कमसेकम भोलि एक दिनको एक घण्टा मेरो लागि छुट्याइदेउ। नत्र मेरो मन दुख्ने छ।"
" म कोशिश गर्छु नि त।"
" कोशिश होइन प्रेम, पक्का आउ है। नत्र म...."
" के नत्र म?"
" नत्र म रोइदिन्छु सबैको अगाडी "
"अहिल्यै कि भोलि?"
" धेरै नौटङ्की नगरी आउ। अहिले फोन राखे।"
NPI कलेजमा तेस्रो बर्षमा पढ्ने विद्यार्थी हुन दुबै। दुबैले एक अर्कालाइ राम्रो संग चिन्छ्न, एकअर्कालाइ प्रेम गर्छन् । उनीहरुको प्रेम सम्बन्धको बारेमा कलेजका सबैलाई थाहा छ। पुजा मिजासिलो स्वभावकि छे। प्रेम प्रष्ट स्वभावको छ। उसलाई राजनीतिमा रुचि छ। कलेजमा पढ्न भन्दा धेरै संगठनको झण्डा उचाल्न अघि सर्छ।
उनीहरु एकअर्कालाइ असल साथी मान्छ्न। केही समय उनिहरु प्रेम सम्बन्धमा पनि बाधिएका थिए। तर केही कुराहरुको misunderstanding ले गर्दा दुबैले त्यो प्रेम सम्बन्ध किनारा लगाएका थिए। तरपनी उनीहरु एक असल साथिको रूपमा एकअर्कालाई लिन्थे।

No comments:

Post a Comment

उदारो शब्दहरु

कबिता  मैले छाडिसके तिम्रा गित गाउन अनि तिम्रा भजन सुन्न पनि अब त पानी पर्दा आउने तिम्रा याद पनि आउन  छाडिसके अनि साझ पर्द...