एउटा सम्बन्धलाई बेफिक्री छोडेर जादा, अर्को नातालाइ लत्याएर हिड्दा, फेरि अर्को सङ्ग साइनो गास्दै गर्दा आफुलाइ सहि साबित गर्दा गर्दै तपाईं थाक्नुभयो होला।
भो, अब संघर्ष नगर्नुस।
तपाईंले आफुलाइ मान्छे भएको साबित गरिसक्नुभएको छ। अब तपाईं पक्का मान्छे।
तपाईंमा राम्रो मात्रै भइदिएको भए देवता, अनि तपाईंमा नराम्रो मात्रै भइदिएको भए जनावर। तपाईं भित्र दुबै गुण छ। त्यसैले तपाईं मान्छे।
सम्बन्ध मिठो तितो के थियो त्यो म जान्दिन, अनि म सदैव आफुलाइ सत्य पनि मान्दिन। त्यसैले अरुमाथी औंला उठाउन उचित ठान्दिन। कारण आजकाल म आफुलाइ ऐना बनाएर दुनियाँ नियाल्ने गर्छु।अझ त्यही दुनियाँ मध्ये तपाईंलाई झन बिशेष उदाहरणको रूपमा हेर्छु। जब तपाईं ऐनमा हेर्नुहुन्छ, म त्यसभित्र बाट तपाइँलाई देख्छु। र मैले महसुस गर्छु, तपाईंमा अलिकति घमण्ड छ, अलिकति दयालुपन छ, अनि अलिकति नक्कलि, अलिकति सक्कली स्वभाव पनि।
तपाईंलाई बुझ्ने कोसिस गर्दैछु। कहिलेकाहिँ सोच्छु, यो सबै बुझ्दाबुझ्दै दिक्दार भइन्छ कि??
त्यसैले म आजकल ऐना भित्रै बाट बोल्न खोज्छु। तपाईंलाई सम्झाउन खोज्छु। भन्न खोज्छु --"हिजो" तपाईंको धरातल हो, त्यसमा टेकेर हिड्ने गर्नुस। "भोलि" तपाईंको सुन्दर सम्भावना हो, त्यसलाई सम्झी हास्ने गर्नुस। तपाईंको "आज" सर्बोपरी हो,त्यसैले हरेक श्वास सगर्बले फेर्ने गर्नुस।र अन्त्यमा यो पनि भन्न खोज्छु, तपाईंले यी कुराहरू मनन गर्नुहुन्छ या हुँदैन भन्नेकुराले मलाई त्यतिधेरै महत्त्व दिदैन। 😂😂

No comments:
Post a Comment