Monday, February 20, 2017

बन्न नसकेकी प्रेमिका





(सुजन ढकाल)






जिल्ला स्तरीय परीछाको सफलता पश्चात गाउमै उमावि भएपनि १० पढ्नको लागि सदरमुकाम गोरखा बजार तर्फ हानिएं।
 नया स्कुलको पहिलो दिन स्कुल जानुको उमङ्ग नै बेग्लै थियो यो मनमा। बाटोमा ढिलोनै हुन्थ्यो। बाटोमा  खर्चिने समयको समेत हिसाब गरेर १५ मिनेट मार्जिन राखेर नै घर बाट निस्किएको थिएँ। तर अहँ स्कुलको पहिलो दिन समेत समयमा पुग्न सकिएन। बाटोमा केहि चिनेका साथीहरूको भेटले त्यो १५ मिनेटको समय त्यसै कतै बिलिन भएको थियो।

 धन्न!! क्लासमा सर भने पसि सक्नु भएको रहेन छ। क्लासमा पसेर बस्ने सिट खोज्दै यता उता आखा डुलाएंभित्ता पट्टिको फस्ट बेञ्च भन्दा बाहेक अरु सब बेञ्चहरु ओघटिइ सकेको रहेछ। सानै देखि नै फस्ट बेञ्च भनेपछि बस्नै मन नपर्ने। लास्ट तिरको बेञ्चमा बस्यो अनि साथिहरुसंग टन्न गफ गर्योमजा नै बेग्लै थियो लाइफको। तर के गर्नु फस्ट डेफस्ट बेञ्चझूर नै भो नि। मन नलागी-नलागी भित्ता पट्टि को फस्ट बेञ्च मै थचारिन करै लाग्योत्यो पनि एक्लै। पुरै तनाब भयो।

 केहि बेरमा एउटा भुड़े सर क्लासमा पसे। म्याथ पढाउने रहेछन ती गुरु। आफ्नो अनौठो नाके बोली मा आफ्नो परिचय पृथक तरिकाले दिए। ओहोकस्तो स्वर …हा हा.. मन-मनै खित्का छुट्यो  रमाइलो पनि लाग्यो। त्यहि बेलादेखि एउटा नया रुचि पैदा भयो  माउनको आवाज को नक्कल उतार्ने। हा हा .. उटफट्यांग म। यस्तै यस्तै सोच्दै मात्र के थिएढोका कसैले ढक-ढकायो। बाहिरको घाम को उज्यालो संगै उभिएको एउटा आकृति ले ढोका खोल्यो। त्यो ढोकामा उभिएको आकृति बाहिरको उज्यालोको कारण कालो देखिन्थ्यो , ता पनि त्यो आकृति कुनै केटिको हो भन्ने छुट्याउन मलाई गारो भने भएन। छाया जस्तै आकृतिमा साइड तिर भिरेको ब्याग ,घुम्रेको कपालस्कर्ट अनि अग्लो कद सम्म चिन्न सकियो। एकै छिन् मा त्यो छायाबाट आवाज आयो, “may I coming sir ?”
 “comming” सरले जवाफ दिए। त्यो छाया बिस्तारै कोठामा प्रवेश गर्दा भने बल्ल क्लासको प्रकाशमा उनले लगाएको ड्रसको , उनको ब्यागमुहार अनि उनको आखा बिस्तारै देखिन थाले। अँ , उनको आखा …गाजल लगाएकागोला अनि ठुला आखा गोलि चलाउने खाल का थिए। लाग्योती आखा बाट छुटेको गोलि सिधै आएर मेरो छातीमा लाग्यो   घाइते भएर बेञ्च मै पछारिएं।
 बस्न को लागि मेरो बेञ्च भन्दा अरु कुनै सिट थिएन। मेरो बेञ्च तिर आएर मलाई सोधिन ,” may I sit here?”
 “of course my dear..”, मन ले जवाफ दियो , तर मुखले केहि नबोली भित्ता तिर सरिदिएँ।
 त्यसपछि उनि मेरो छेउ मै बसिन्आफ्नो ब्याग लाइ हामी बीचमा राखिन। लाग्न थाल्योत्यो ब्याग हैनचाइनाको ग्रेट वाल नै हो जसले मलाई उनि समिप जान रोकिरहेको छ। हात मा एउटा मोतिको ब्रेस्लेट लगाएकी रहिछिन|  कपालको केहि भाग उनले गोल्डेन ब्राउन बनाएकी रहिछिन। त्यो कपालको हिस्सा भने नबाधेर खुला छोडेकी रहिछिनजुन बेला बेला उनको आखा अगाडी आइरहन्थ्यो  उनि आफ्नो चोर औंला ले बिस्तारै संगालेर आफ्नो कान पछाडी लाने गर्थिन। सिसाकलम जस्तै पातला उनको हातका औंलाअनि त्यो मोतिको ब्रेस्लेट सहित जब उनको कपाल सम्हाल्न कान नेर पुग्थेकान मा उनले लगाएकी चम्किलो पत्थरको टप को झिलमिल मेरो मनमा टलपल गर्न थाल्थ्यो। हातमात्यो दिन क्यामेरा  थिएन तर उनका तस्बिर हरु यी आखा ले खिचेर यो मन भरि उतारी नै रहे।

 “Thankyou sirr ..…अचानक आवाज आयो। जा ...म्याथ क्लास  सकिएछपत्तो नै भएन क्लासमा के पढाइ भयो भनेर। जे सुकै होस्। ननिदाइकन यति मिठो सपना देख्न पाइन्छ भनेत्यस्तो जाबो म्याथ क्लास ....आफ्नो मन लाइ सान्त्वना दिए।
 “hi, I’m ashmi…….what is ur name ?”, उनले मलाई एक्कासी सोधिन।
 “I’m sujan…pleased to meet u” , मैले हल्का मुस्कान सहित जवाफ दिएँ।
 “same here”, उनले फेरी फर्काइन।
 त्यसपछिहाम्रो घरस्कुल ,साथी इत्यादिका बारे केहि बेर कुरा भयो। उनी पनि त्यहा नयां रहिछिन।  एकदम friendly रहिछिन उनीउमेर नै त्यस्तै हो किउनलाई मन पराउन मलाई कत्ति पनि समय लागेन। केहि समय अगाडी मात्र देख्दा नै बाण लागेर घाइते भाको मलाई लाग्न थाल्योउनी  मेरो “love at fristsite” पो हुन्। (मनमनै हासें। )
 त्यसपछिका दिनहरु सामान्य संग गुज्रिन थाले।  क्लासको रोल नम्बर  सैंतिस  चालिस भएको थियो। अनि  प्राक्टिकल को ग्रुप पनि उही। प्राय  गरेर हप्ताको  दिन  प्राक्टिकल नै गर्नु पर्नेत्यो पनि एउटै ग्रुपमामलाई के चाहियो  उनी संग को साथ् मलाइ रमाइलो लाग्थ्यो,पढ्न पनि उनी सारै सिपालु , संगै प्राक्टिकल गर्नेहोमवर्क गर्ने , जाच को बेला पढ्ने अनि गफ गर्नेक्यान्टिन जाने , लाइब्रेरी जाने , क्लास मा पनि संगै बस्ने। दिनभर उनी संग बस्दा मलाइ कहिले उनी जोक भन्न लगाउथिन कहिले त्यहि म्याथ सर को केरीकेचर गर्न लगाउथिन। केरिकेचर गर्दा गर्दै मैले  स्कुलका प्राय सरनेपाली नेताहरु  केहि कलाकार हरु को दुरुस्तै नक्कल उतार्न सक्ने भैसकेको थिएँ। उनकोरमाइलो संगै  मा बिकास भएको कला मलाइ खुशी रहन काफी थियो।
 दिन को प्राय समय उनीसंगै बित्थ्योमात्र घर जान छुटिनु पर्नेत्यो मलाई सबभन्दा मन नपर्ने टाइम हुन्थ्यो दिनभरि कै।

 घर गयोअनि उनको बारे लेखेर मेरा डायारीका पाना हरु भरिन थालेकहिलेकाही  कविता पनि फुर्थ्यो  लेखिन्थ्यो पनि। लेखिएका कविता  सायरी हरु कहिले कहिँ उनलाई सुनाउथे पनि। उनी निकै रमाइलो मानेर सुन्ने गर्थिन  मेरो लेखाइ को तारिफ पनि गर्थिन। कैलेकाही  यो उनकै लागि हो भनेर उनीले बुझे हुन्थ्यो जस्तो पनि लाग्थ्यो। दिनहरु यसरि नै बित्दै गएहामी एकदम मिल्ने साथी थियौ। हरेक कुरा उनले  संग भन्थिन  उनी संग। कुनै संकोच थिएन हामीबीच;मन को कुरा सबै भन्न सक्थ्यौं , मात्र त्यो कुरा मैले उनलाई भन्न सकिन।
 हुदा हुदै ९र१० को  बर्ष पनि सकिन सकिन लागि सकेको थियो। slc मा फस्ट हुने लाइ भरतपुरॱ मा इञ्जिनियरिङ्ग पढ्नको लागि छात्रवृत्ति मिलाइदिन्थ्यो  पढेको स्कुलले। जसको लागि  मेहनत गरिरहेको थिए सुरु देखि नै।  कक्ष्यामा फस्ट भै सकेको थिए , १० मा पनि हुनु थियो। मेहनत जोडतोड ले गर्दै थिएँ तर उनलाई मन को कुरा भन्न नसकेको कुराले मन भित्र-भित्रै खाइरहेको थियो। मैले आफ्नो पढाइ प्रतिको एकाग्रता गुमाइरहेको थिए सोहि कुराले गर्दा।मेरो बद्लिएको ब्यबहार  चिन्ता भरिएको अनुहार देखेर नै होला मलाइ उनले बेला बेला सोध्ने पनि गर्थिन के भयो भनेर। तर अहँ मेरो मुख बाट बोली फुट्न सकेन।
 एक दिन अचानक उनको क्लास नोटको अन्तिम पाना मा मैले केहि लेखिएको देखें। त्यो भन्दा मिठो कुरा मैले अन्त कतै पढ्न पाएको थिइन त्यस अघि सम्म। त्यसमा लेखिएको थियो: “ashmi <3 sujan” एकछिन  सपना जस्तो पनि लाग्यो। आफै लाइ चिमोटी हेरें।ऐया” , सपना हैन रहेछमन नै शितल भयो। उनले पनि  मलाई मन पराउदो रहेछिन उनले पनि मलाई नभनेको रहेछिन। दङ्ग परे तर मैले त्यो पाना कहिले नदेखे जस्तो गरि बसिरहें। पढाइ मा जोश नै बेग्लै नि मेरो  त्यसपछि। slc को जाच पनि दिइयो , फस्ट पनि भैयोभरतपुर पढ्न जाने कुरा लगभग निश्चितउनीले भने  पछि काठमाडौ जोइन गरिन।
 भरतपुर जानु अघि सम्म मैले उनलाई भन्न सकिन कि मैले उनलाई अति माया गर्छु भनेर।उनि प्रतिको मेरो भावना ले भरिएको मैले लेख्ने गरेको डायरी उनलाई दिएर जाउँ जस्तो पनि लागेको थियोतर कातर मनले त्यति सम्म पनि गर्न दिएन।
 एक बेला  उनले आफुले कसैलाई माया गरेको कुरा भन्न समेत खोजेकी थिइन् , तर खै फेरी बीचमै रोकिएर केहि बोलिनन।बोल , तिमी बोल ” मन-मनै मैले भने। तर त्यो दिन त्यो कुरा त्यसै भयो।
 भरतपुरको लागि हिड्नु अघिउनले ” आइ विल मिस यू सुजन भनिन
 “आइ लभ यू अश्मि”, मेरो मन ले भन्यो तर मुखले भने, ” आइ विल मिस यू मोर ” मात्र भने अनि बिदा भए।
 भरतपुरबाट पनि  उनीलाइ बेला बेला फोन गरिरहन्थें  उनी पनि त्यसै गर्थिन। फोन गर्न एकदम रमाइलो लाग्थ्यो। पछि फेसबुक पनि आयोफेसबुक का भित्ताहरु सब प्रेमयुक्त स्ट्याटसहरुले भरिन थाल्यो मेरोउनको पनि बेला बेला त्यस्तै खाले स्ट्याटस आउथे। लाग्थ्योमेरो स्ट्याटस हरु को जवाफ उनले आफ्नो स्ट्याटस बाट दिइरहेकी छिन। यस्तो अप्रत्यक्ष्य कुराकानी मलाई झन् झन् रमाइलो लाग्न थाल्यो। जुकरबर्गलाइ फेसबुक बनाइदेको मा मन मनै धन्यबाद दिईरहन्थें। कैले काही मेरो स्ट्याटसमा उनको लाइक आउदा लाग्थ्यो , उनको “लाइक” लाइ पनि “लाइक” गरिदिउ। जेन तेन एक बर्ष बित्यो , बिदामा घर फर्किने भएँ म। घर जान चार दिन अघि संजय श्रेष्ठ को गित ले स्ट्याटसअपडेट गरिदिएँ, “माया मेरी माया हाम्रो मिलन कहिले हुन्छ ?”
 त्यो स्ट्याटस अपडेट गरेको बेलुकी तिर ashmi को स्ट्याटस थियो ,” मिलनको लागि अब  दिन !!” ओहो कस्तो आँटेकी यो केटिलेमन-मनै सोचें। तर फेरी एउटा कुरा ठोक्कियो दिमागमा जान  अझै  दिन मिलन कसरी  दिन मा ?? फेरी सोचें, “खूब इन्जिनियर भएर सोच्नु पर्छ ? , हिसाबमा केहि गडबढी गरिन होली “ अनि मन मनै खुशी भै रहें।
 घर पुगेर हतपत उनलाई कल गरें। अनि थाकेको हुनाले अर्को दिन को लागि भेट्न बोलाएँ। त्यसपछि फेरी फेसबुक !! फेसबुक वालमा उनको एउटा स्ट्याटस थियो , “With my love sujan after a long time”  स्ट्याटस संगै एउटा फोटो पनि थियो|

 तर अफसोच फोटोको सुजन भने  थिइनअर्कै सुजन थियो। मेरो आखामा उनको क्लास नोटको त्यहि अन्तिम पाना झल्झली आइरह्योजसमा लेखिएको थियो “ashmi <3 sujan “| अनि फेसबुक वालको त्यो फोटो हेरेर टोलाउन थालें तर चारै तिर अँध्यारो मात्र देखियो।


No comments:

Post a Comment

उदारो शब्दहरु

कबिता  मैले छाडिसके तिम्रा गित गाउन अनि तिम्रा भजन सुन्न पनि अब त पानी पर्दा आउने तिम्रा याद पनि आउन  छाडिसके अनि साझ पर्द...