Sunday, June 21, 2015

लास्ट बेन्च


फर्स्ट् बेन्चमा बस्नेहरु पढैया हुन्थेमोटो मोटो चस्मा लाउनेटिचरले खोके पनि नोट टिप्नेबेस्सरी हासो लागे पनि सुपर ग्लु  लगाको ओठ जस्तो हास्नै नसक्नेजहिले पनि तनाब जस्तोजहिले पनि असुरक्षा जस्तो अनुहारहरुशायद उनिहरु प्रत्येक नयाँ क्लास शुरु हुनु अघि एकरात अघिदेखि फर्स्ट् बेन्च रोक्न आँउथे क्यारेजुन क्लासमा पनि उनिहरु फर्स्ट् बेन्चमै बस्थे,घोकन्ते बिध्याका अनुयायीहरु किताब नै कन्ठ पार्थे कहिले उनिहरु टिचरका प्यारास्कुलको प्रेस्टिज  भबिस्यका सुनौला ताराहरुहामीसङ बोल्न  परैको कुरा देख्दा पनि मुन्टो बटार्थे।
दोस्रो बेन्चको साथी भनौदाँहरु पनि भलदमी बर्गमा पर्थेउनिहरुको सम्बन्ध पहिलो बेन्च  तेस्रो बेन्च भन्दा पर कसैसङ बिरलै हुन्थ्यो। कहिले कहि काम परे एक दुइ बचन खस्थेहैन भने एउटै क्लासमा पनि उनिहरु  हाम्रो बिचमा बर्ग बिभाजन थियोहोनहार  बेकारको कहा  कुरा मिल्छ त्यसैगरी अरु बेन्चका साथीहरु पनि मन परे हाँस्थेमन नपरे आँखा तर्थेबिचरा हामी लास्ट बेन्चका हुतिहाराहरु!
लास्टबेन्चमा बस्नुको आफ्नै ब्यथा थियोहोमवर्क नगर्दा पुरै बेन्च उठ्थ्यो4 जना उभिदाँ त्यति लाज लाग्दैनथ्योपछि  त्यो पनि बानी हुन थाल्यो। जुन टिचरले नि "लास्ट बेन्चभनेर गाली गर्न थालेपछि हामीलाइ नि गफ गर्ने हाम्रो मात्रै काम होकि झै लाग्थ्योपहिले पहिले डरत्यसपछि कर हुन थालेपछि लास्ट बेन्च धेरै रमाइलो हुन थाल्यो। किताबभित्र कमिक्स् लुकाएर पढ्नुको मज्जा नै अर्कै हुन थाल्यो। टिचरको नाम राख्ने शुभ कार्य नि लास्ट बेन्चमा मज्जाले हुन थाल्यो। पढन्तेहरुको निकनेम पनि मज्जाले फुर्न थाल्योकागजको पुच्छर बनाएर अगाडिको बेन्चमा बस्नेलाइ राखिदिनेताल  बेतालको कुरामा हास्ने। हिसाबको पिरियडभरी बेन्चमाथी उभिएर बाहिरबाहिर हेर्नेनेपालीको पिरियडमा ब्याग डेस्कमा राखेर सुत्ने सबै कार्यक्रमहरु नियमित रुपमा हुन थाले।
एकदिन ११ क्लासको फर्स्ट् टर्ममा - बिषयमा रातो चिन्ह लागेपछि क्लासटिचरले लास्ट् बेन्चका हामी सबैको अभिबाबक बोलाउनु भयो। घरपुगेपछि सबैले खाना भन्दा बढी गाली खाए, सबै भन्दा बढी चाहि शिबेले खाएछ, त्यसको भाइ पनि जस्तै लास्ट बेन्च रहेछ, भाइको रिजल्टको गाली पनि उसैले खाएछे। भोलिपल्ट स्कुल आउदा उसको आँखा रातो रातो थियो, रातभरि रोएछ, उसलाइ देखेपछि लास्ट बेन्चलाइ नै केहि केहि भयो, सबैको अनुहार मलिन हुन थाल्यो। बिशालले जिबनमा सबै भन्दा ठुलो कुरा गरे।
 "जति पढे पनि टाउकोमा नछिरेपछि हामी मात्रै के गर्ने ?" उसको कुरा हामीलाइ पनि चित्त बुझ्यो। किताब समात्नासाथ कि निद्रा लाग्छ, कि पेट दुख्न थाल्छ। तर शिबेले चाहि पढ्न खोजेको पनि हो, एक दुइ चोटि होमवर्क पनि पुरा गरेको हो। अरु भन्दा सिरियस हो लास्ट बेन्चमा। भन्दा भन्दै घन्टि बज्छ, टिचरले सोधेको प्रश्नको उत्तर दिनै भ्याउदन।
"जति पढे पनि बिर्सिन्छ ! ---" शिवेले रुन्चे मुख लाएर भन्यो!
"घनले ठोके पनि मेरो  दिमागभित्र केहि पनि छिर्दैनकिताबसङ मेरो ग्रह दशा मिल्दैन जस्तो छ।बिशल्को किताब भन्दा किताबको जिल्दा राम्रा हुन्थेफिल्मको हिरो हिरोनीको रङीन फोटोहरु हुन्थे।
"यस्तो तालले भएन बाइअब  लास्ट बेन्चको नि इज्जत राख्नुपर्यो बाइ!" मैले पनि जोशमा आफ्नो धारणा राखे। पाँचजनामा शिबबिशाल  मेरो सहमति भयोअबदेखि टिचरले सोधेको प्रश्नको उत्तर दिनेनबुझेको कुरा सोध्नेहोमवर्क गर्नेफिल्मको कथा नभन्नेनेपाली सरको पिरियडमा नसुत्नेनजानेको कुरा आफु भन्दा जानेसङ सोध्ने। लास्ट बेन्चको दुइ जना हाम्रो यत्रो छलफल हुँदा गज्जबले सपना देख्दै थेउनिहरुलाइ आकाश खसे पनि चासोको बिषय थिएन।
त्यस दिन हामी हिसाबको पिरियडमा बेन्चमा उठेपनि नेपालीको पिरियडमा सुतेनौइङ्लिशकोपिरियडमा पनि ध्यान दिएर बस्यौअर्थशाश्त्र को  पिरियड आयोझन सतर्क भएर बस्यौ। 

पढाउदा पढाउदै सर ले  सोध्नु भयो।
"कसले भन्न सक्छ गवर्मेन्ट(Government) भनेको के हो?"फर्स्ट् बेन्चका हरु किताब पल्टाउन थालेसेकन्ड बेन्चकाहरु एक अर्कालाइ सोध्न थालेतर कोहि उठेर उत्तर दिन सकेनन्सारा क्लास शुन्य भयो। हामी  झन लास्ट बेन्च भुइतिर मात्र हेर्यौत्यतिकैमा शिबेले मलाइ बिस्तारै भन्यो, "मलाइ थाहा !" ओहोयत्रो क्लासमा कसैलाइ नआएको जवाफ शिबेलाइ थाहा त्यो पनि लास्ट् बेन्चमा बस्नेलाइमलाइ खुशी लाग्योमैले उस्लाइ हात उठा भनेउसले हात उठाइ हाल्यो, सर ले पुलुक्क हेर्न्नु भयोअचम्मलास्ट बेन्चको केतले उत्तर दिने वो आज।
"गवर्मेन्ट् भनेको के हो ?" सर ले शिबेलाइ सोध्नु भयो।
शिबे अलि अलि काम्यो क्यारेबेन्च हल्लिन थाल्योमैले उसलाइ साइडबाट थामेसबै भित्र भित्र हास्न थाले।
"भनभन गवर्मेन्ट भनेको के हो ?" सर ले फेरि सोध्नु भयो।"
"गोबर बोक्ने मान्छे!" शिबेले एकै सासमा उत्तर दियोसारा क्लासमा ठुलो हाँसोको लहर छुट्यो।
(पात्रहरु सबै मेरो + पढ्दाको साथीहरु हुन्। अन्यथा संयोग मात्र )


No comments:

Post a Comment

उदारो शब्दहरु

कबिता  मैले छाडिसके तिम्रा गित गाउन अनि तिम्रा भजन सुन्न पनि अब त पानी पर्दा आउने तिम्रा याद पनि आउन  छाडिसके अनि साझ पर्द...