तिमी सँग मेरो नाता जोडिएको दिन आज।
जोडिएको नाता फेरी तोडिएको दिन आज।
सबै प्रेम सफल त! कहाँ हुँदो रहेछ र!
जिन्दगी आफैँ बाट बिछोडीएको दिन आज
जिन्दगी आफैँ बाट बिछोडीएको दिन आज
सारा मेरा सपना चकनाचुर पारी तिमी,
दयाहीन मान्छे सँग मोडीएको दिन आज।
दयाहीन मान्छे सँग मोडीएको दिन आज।
यात्रा उही बाटो उही नाउ पनि जिन्दगीको,
एकै थियो तर दुख लोडीएको दिन आज।
एकै थियो तर दुख लोडीएको दिन आज।
साथ दिन्छु भनी सँधै वाचा कसम् खुवाएर,
ढुङ्गा जस्तो मुटू मेरो फोडीएको दिन आज।
ढुङ्गा जस्तो मुटू मेरो फोडीएको दिन आज।
-----सुजन ढकाल

No comments:
Post a Comment