आफुलाई कसैले माया गर्छ भने उसको निम्ति ज्यान फ्याल्न तयार छु भनेर त उसले कति पटक भनेकी छे कतिपटक... सबै केटीमान्छे यस्तै हुन्छन् होला... तिमि पनि खासै फरक कहाँ छौ र? कसैले आफुलाई माया गर्छ भने उसको निम्ति सारा संसार छोड्नुपरे पनि केही छैन भनेर मैले पनि निर्णय गरेकै हुँ । जात, धर्म, सम्प्रदाय, उसका बानी, विचार, जीवनशैली... के कुरालाई चाहिं मैले अस्वीकार गरेको छु र? उनि सँग विवाह गर्दा परिवारले साथ दिन्छ या दिंदैन पनि मैले सोचेको छैन... कतिसम्म भने यदि ऊन ले मलाई माया गर्छिन र मेरो बन्छिन भने सबै समस्या झण्झट व्यहोर्न सक्छु । उनि सँग बाँच्न पाउनको लागि त म जिन्दगीमा कुनै पनि कसर बाँकी छोड्नेछैन । आफुलाई माया गर्नेमान्छे जीवनमा पाउनुभन्दा सुखको कुरा त साँच्चै के पो हुन्छ र?
लाग्छ ऊनि वचनमा पक्का मान्छे हो । आज गरेको निर्णय भोलि कुनै वाहाना बनाएर बदल्छे भन्ने त मलाई कत्ति पनि लाग्दैन..तर..
अब ऊनि कतै हराएजस्तो लाग्न थाल्यो । मलाई थाहा छ म उन लाई सम्झाउन सक्दिन । ऊनि यसैपनि जिद्धि छे र यसपटक त ऊ त्यो मान्छेको निम्ति वकालत गर्दैछे जसलाई पाउनु नै उसलाई सर्वस्व भएको छ । मैले उसलाई यसअघि पनि कतिपय विषयमा सम्झाएकी छु तर ऊ कहिल्यै पनि आफ्नो मनको बाहेक अरुको आवाज सुन्दिन । उसलाई सम्झाएका विषयहरुमा म अहिले बरु आफैं कन्भिन्स्ड भएर ती कुराहरुलाई नै मनपराउन लागेको छु तर उसलाई मैले बदल्न सकिंन । ऊ सधैंभरी आफुलाई सबैको सामु असरल्ल पोखिदिने, रित्याइदिने मान्छे हो । मैले पनि यसरी बाँच्न प्रयास गर्न थालेको छु हिजोआज । साँच्चै आनन्द मिल्दो रहेछ आफुलाई पोख्न सक्नुमा...। कसले के सोच्छ होला, के भन्छ होला भन्ने डर नपाली मनभित्रको पीडा या खुशी सिनित्तै सकिने गरी पोखिदिनसक्दा मनमा असीमित आनन्द मिल्दो रहेछ, शान्ति मिल्दो रहेछ । सोच्छु, देख्दा बपर्वाह देखिए पनि जिन्दगीलाई त उसले पो खुलेर बाँचेकी छे... यो दुनियामा कोसँग डराउनु? कोसँग अफ्ठ्यारो मान्नु? सबै भित्र गुम्सिएर बाहिर आफुलाई असल देखाउने न हुन्? फेरि असल र खराब, सही र गलतको नापतौल गर्ने तुलो कुन हो? आफ्नो जीवनलाई खुला किताब बनाइदिंदा आफुले चैनको सास फेर्न सकिन्छ भने यसमा समस्या के छ? सबैलाई मेरो कुरा सुन्न मनलाग्छ, मेरो बारेमा पढ्न मन लाग्छ भन्ने छैन र कसैलाई पढ्न कर पनि छैन । यदि कोही मलाई पढेर हाँस्छ भने त्यो त्यत्रो दुःख मनावा गर्नुपर्ने कुरा पनि होइन । उसलाई जे ठीक लाग्छ त्यो उसले गर्छ, मलाई जे ठीक लाग्छ म त्यो गर्छु...।
अब म आफैं हराएँ जस्तो छ । खै, कसरी टुङ्ग्याउने यो लेखलाई? मसँग उसको निम्ति शुभकामनाको शब्द मात्रै छ, म अब उसलाई सम्झाउने पक्षमा छैन । जिन्दगीमा एकदिन मात्रै भएपनि खुशी हुनसक्नु मुख्य कुरा हो, जोसँग खुशी हुन सकिन्छ उसँगै जीवन बिताउनु मुख्य कुरा हो । उसले आफ्नो जीवनको निम्ति जसलाई रोजेकी छे, त्यो मानिससँग सधैंभरी खुशीसँग बाँच्न पाओस् अनि अँ, मेरो पनि प्रार्थना छ, वर्षौंवर्ष उनीहरु दुईजना एकआपसका सबैभन्दा नजिकका साथीभई बाँच्न सकुन्, हाँस्न सकुन् । शुभकामना...।

No comments:
Post a Comment