Saturday, July 26, 2014

गोरखामा भट्टराईको नयाँ पार्टी गठन

गोरखा, १० साउन । पाँचौ जिल्ला सम्मेलनबाट लज्जास्पद रुपमा हारेको एकीकृत नेकपा (माओवादी) पार्टी भित्रको भट्टराई विचार समूहले आज जिल्लामा नयाँ शक्ति पार्टी गठन गरेको छ ।
यानप्रसाद भट्ट अध्यक्ष , पूर्व सभासद ज्ञानेन्द्र कुमाल उपाध्यक्ष, रमेश पोखरेल सचिव रहेका छन् । ५१ जना सदस्य रहेको जिल्ला कमीटीमा दिनेश गुरुङ, कुमार तिवारी, सञ्जु भट्ट, गोर्वधनबाबु श्रेष्ठ, शान्ता पोखरेल, प्रेम बहादुर गुरुङ, ध्रुव खनाल, दिनेश तामाङ, मिलन मग्राती, रोहिणी प्रसाद पाण्डे, रहेका छन् । आज निर्माण व्यावसायी संघको सभाहलमा भएको कार्यक्रमले ३४ जना सदस्यको नाम सार्वजनिक गरेको छ । बैशाख १४ र १५ गते भएको पाँचौ जिल्ला सम्मेलनमा भएको निर्वाचनमा ३८ पदका लागि भट्टराई पक्षधरले ४ पदमा जीत हासिल गरेका थिए ।
आज भएको भेलाले सात सदस्यीय सल्लाहाकार समिति समेत गठन गरेको छ । पार्टीको कार्यदिशा नबुझेका मानि पार्टी अध्यक्ष भएको भट्टराई पक्षका नेताहरुले बताएका छन् ।

No comments:

Post a Comment

उदारो शब्दहरु

कबिता  मैले छाडिसके तिम्रा गित गाउन अनि तिम्रा भजन सुन्न पनि अब त पानी पर्दा आउने तिम्रा याद पनि आउन  छाडिसके अनि साझ पर्द...