काठमाडौ, १७ असार । नेकपा एमालेका पोलिटब्यूरो सदस्य एवम स्वास्थ्यमन्त्री खगराज अधिकारीले दुनियाँको कुनै पनि ताकतले केपी ओलीलाई एमालेको भावी अध्यक्ष बन्नबाट रोक्न नसक्ने ठोकुवा गरेका छन ।
मंगलबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा उनले ७५ प्रतिसत मत पाएर ओली अध्यक्षमा विजयी बन्ने दावी गर्दै वर्तमान पार्टी अध्यक्ष झलनाथ खनालले समेत ओलीलाई नै सहयोग गर्ने बताए ।
क्लबका अध्यक्ष ऋषि धमलाको सभापतित्वमा भएको साक्षात्कारमा अधिकारीले माधवकुमार नेपाल पार्टीमा विचारक नभई समन्वयकारी भूमिकामा मात्रै रहेको भन्दै पाँचौ महाधिवेशनदेखिनै जनताको बहुदलीय जनवादलाई परिस्कृत गर्दै अहिलेसम्मको अवस्थामा ल्याउने केपी ओली भएको बताए ।
ओली समूहका सचिवका प्रत्यासी समेत रहेका नेता अधिकारीले भने– माधवकुमार नेपाल विचारक होईन । छैठौ महाधिवेशनदेखि आठौ महाधिवेशनसम्म पनि माधवकुमार नेपालको कार्यनीतिक प्रस्ताव पेश भएको छैन । सबै विचार ओलीकै हो, त्यसैले नेतृत्व पनि उहाँले नै गर्नु पर्छ ।
अधिकारीले चुनावमा माधवकुमार नेपालको सर्मनाक हार हुने दावी गर्दै यस्तो हार बेहोर्नु भन्दा चुनाव नउठ्दै ठिक हुने सुझाव दिए । उनले हार हुने निश्चित अनुभव गरेपछि आगामी २२ गते नै नेपालले पनि ओलीलाई नै समर्थन गर्ने विश्वास ब्यक्त गरे । अन्ततः माधव नेपालनै ओलीको प्रस्तावक बन्नु हुन्छ, यसमा हामीलाई पूर्ण विश्वास छ ।
यूवा नेता एवम सचिवका उमेद्धवार योगेश भट्टराईले जनताको बहुदलीय जनबादको ब्याख्याता केपी ओली नभई माधवकुमार नेपाल भएको दावी गर्दै विचार नभएका ओलीले नेतृत्व लिए पार्टी भद्रगोल हुने चेतावनी दिए । उनले भने–विचार र नेतृत्वको तारतम्य नमिल्दा पार्टीमा समस्या आएको हो ।
उनले माधवकुमार नेपाल अहिलेसम्म अध्यक्ष नबनेकोले अध्यक्ष बन्न नसक्ने दावी अस्वस्थ्य प्रतिष्पर्धामा उत्रिएकाहरुले गर्ने गरेको आरोप लगाए । भट्टराईले भने–नेपालको उम्मेदवारी बैद्य हुँदैन भन्नेले विधान पल्टाएर हेर्नु पर्यो ।
उनले सर्वसम्मतीमा झलनाथ खनालको सम्भावना पनि कायमै रहेको उल्लेख गर्दै सर्वसम्मती नभएको अवस्थामा खनालले पनि नेपाललाई नै समर्थन गर्ने दावी गरे ।
नवौ महाधिवेशनले राजनीतिक विकासलाई भन्दा पनि सामाजिक–आर्थिक विकासमा जोड दिने भन्दै नेकपा एमालेले अहिले आगामी ३५ वर्षे सपनाको खाँका तयार पार्ने बताए ।
अर्का नेता एवम् केपी शर्मा ओली समूहका उपाध्यक्षका प्रत्यासी किरण गुरुङले जनताको बहुदलीय जनवादलाई जिवन्त बनाउने काम ओलीले गर्दै आएकोले अबको नेतृत्व पनि उहाँले नै गर्न पाउनु पर्ने बताए । माधवकुमार नेपालप्रति लक्षित गर्दै उनले जवजको सिद्धान्त देखाउने दात मात्र नभएको टिप्पणी गरे । गुरुङले माधव नेपाल अब अध्यक्ष बन्ने कुनै नैतिक धरातल नै नभएको भन्दै संगठनलाई मार्गदर्शनका रुपमा विकास गर्न पनि अब नेपाल अभिभावकीय भूमिकामा बस्नुपर्ने बताए ।
उनले पार्टी भित्रको अहिलेको बहस पुस्तान्तरणको नभई नेतृत्व हस्तान्तरणको मात्र भएको भन्दै एकै जना ब्यक्ती लामो समयसम्म नेतृत्वमा बसेकोले नेतृत्वको हस्तान्तरण जरुरी भईसकेको बताए ।
उनले आठौ महाधिवेशनमा माधवकुमार नेपालले केपी ओलीलाई समर्थन गरेको उल्लेख गर्दे अहिले समर्थन गर्न किन नहुने भन्ने तर्क गरे ।
गुरुङले खनाल र नेपालले विदा लिएर अविभावकको भूमिका निर्वाह गर्नु पर्नेमा जोड दिदै पार्टी भित्र सर्वसम्मत् नेतृत्व चयनको अवस्था सृजना भए आफूले उपाध्यक्षको दावी नगर्ने घोषणासमेत गरे ।

No comments:
Post a Comment