१५ असार, काठमाडौ । आज असार १५ गते, १० औं राष्ट्रिय धान दिवस मनाइँदै छ । यो वर्ष “धान उत्पादनमा वृद्वि, राष्ट्रिय अर्थतन्त्रको समृद्वि” भन्ने नारासहित धान दिवस तथा रोपाइँ महोत्सव मनाइने भएको छ ।
धानको उत्पादन बढाउन, नयाँ जातका धानको बीउ सिफारिस र त्यसको प्रचारप्रसारका लागि हरेक वर्ष धान दिवस मनाइँदै आएको छ । धान दिवसका अवसरमा आज ललितपुरको खुमलटार र भक्तपुरमा विशेष कार्यक्रम आयोजना हुने कृषि विकास मन्त्रालयले जनाएको छ ।
यसैगरी विभिन्न राजनीतिक दलका किसान सङ्गठनहरूले पनि धान दिवसका अवसरमा आज विशेष कार्यक्रमहरू आयोजना गर्दैछन् । हरेक वर्ष दिवस मनाइने गरे पनि धानको उत्पादन भने सोचेजस्तो बढाउन नसकेको विज्ञहरूको भनाइ छ ।
पोहोरको तुलनामा यसपाली धानको उत्पादन ११ प्रतिशतले घटेको छ । नेपालमा करिब ९० अर्ब रुपैयाँबराबरको धान उत्पादन हुने गरेको छ । कुल धानखेती हुने करिब २१ प्रतिशत क्षेत्रफलमा मात्र सिँचाइ सुविधा उपलब्ध भएकाले बाँकी क्षेत्रमा आकाशे पानीको भरपर्नुपर्ने स्थिति छ ।
कास्कीः धान दिवशका अवसरमा कास्कीमा रोपाई महोत्सव
घनश्याम पाण्डेय, पोखरा । धान दिवसको अवसर पारेर आज कास्कीमा रोपाई महोत्सवको आयोजना गरिएको छ । पोखरा पर्यटन परिषदको आयोजनामा लेखनाथ ९ बेगनास ताल किनारमा १० औ असारे रोपाई महोत्सवको हुने भएको छ ।
बेगनास तालको किनारमा रहेको शंकर कोइराला र मुरारी कोइरालाको करिब आठ रोपनी जग्गामा गरिने रोपाई महोत्वका साथमा पाँच विधामा प्रतियोगिताको पनि आयोजना गरिने बताइएको छ । फलफूल, तरकारी, खाद्यान्न, माछा र माहुरीपालन जस्ता उत्कृष्ट पाँच व्याबसायी कृषकहरुलाई पुरस्कृत गरिने कार्यक्रम असारे रोपाई महोत्सवमा राखिएको छ ।
कास्कीमा २५ हजार ९ ८० हेक्टर क्षेत्रफलमा धान खेती हुदै आएको जिल्ला कृषि विकास कार्यलय कास्कीका निमित्त प्रमुख धनबहादुर रानाले जानकारी दिनु भएको छ । कास्कीमा धान खेतीहुने ५० प्रतिशत क्षेत्रफलमा अहिलेसम्म धान रोपाई भएको रानाले जानकारी दिनु भएको छ ।
अन्त रोपाइँ महोत्सव जुम्लामा भने दोस्रो पटक धान गोड्ने तयारी
नौरते नेपाली, जुम्ला । असारको १५ मा रोपाइँको उत्सव थाल्दा जुम्लामा भने दोस्रो पटक धान गोड्ने तयारी भइहेको छ ।
अन्तका किसान दही, चिउरा खाएर धान रोप्न थाल्दैछन् भने जुम्ली किसान धान रोप्दा र गोड्दा नङ खियाएवापत खुवाइने भोज अर्थात नङग्री काट्टो

खाँदैछन् । जुम्लामा ऋतुहरुको ऋतु अर्थात रोपाइँ गर्ने ऋतु अन्तभन्दा चाँडो आइपुग्छ । असहयोगी हावापानीमा पनि रोपाइँ गर्ने लेकका किसान विश्वकै लागि अगुवा बनेका छन् ।
अन्तका किसान लेकका किसानको पछि पछि हिँड्छन् । तातो हावापानी भएको क्षेत्रमा त लेकका किसानले जस्तो असहयोगी हावापानीमा रोपाइँ गर्नु पर्दैन । प्रतिकुल हावापानीकै कारण जुम्लामा धानको उत्पादकत्व राष्ट्रिय भन्दा ४० प्रतिशतले कम छ ।
कश्मीरबाट आएका गुरु चन्दननाथले कालो मार्सी धानको बीउ र धान रोप्ने विधि जुम्लामा भित्रयाएका हुन् । चन्दननाथले चैत ८ गते बीउ केलाउने, १२ गते पानीमा भिजाउने, १६ गते पानीबाट उतारेर घरको न्यानो कोठामा राखि बीउ टुसाउनका लागि गुम्स्याउने र २० गते व्याडमा छर्ने कुरा सिकाएका थिए ।
देशका विभिन्न भूभागमा आज औपचारीक रोपाई कार्यक्रमहरु आयोजना गरी यो दिवश मनाइँदैछ ।

No comments:
Post a Comment