यो वर्षपनि आमाबाट टाढा भएर जन्मदिन मनाइयो, मनाइयो पनि के भनौं र, आफू जन्मेको दिनको स्मरण गरियो । आज दिनभर सोचें, किरण लोहनी भन्ने मान्छे यो संसारमा नजन्मेको भए पनि के फरक पथ्र्यो होला र ? अथवा भोलीनै मरिहाल्यो भने पनि तलबितल भैहाल्ने पनि होइन । तर तपाईहरुका आजका शुभकामनाहरुले जन्मिसकेपछि एउटा अर्थपूर्ण जिन्दगी बाँचेर मर्नुपर्छ भन्ने कुरामा मलाई अझ दृढ बनाएको छ । म असल र सफ...ल भएको देख्न चाहने यहाँहरु सबैप्रति आभार ब्यक्त गर्दछु । मैले केक काट्ने, मैनवत्ती निभाउने, जाँड खाने र ख्वाउने स्टाइलको जन्मदिन अहिलेसम्म मनाएकै छैन । जन्मदिनको साँझ बर्थ डे पार्टीका नाममा साथीभाई जम्मा पारेर भट्टी छिर्ने, साँझ ढुन्मुनाउँदै घर पुग्ने र सँगै भात खानका लागि ढोकामा पर्खिरहेकी जन्मदिने आमालाई समेत बेवास्ता गर्दै ओच्छ्यानमा गएर पसारिने शैली पनि मलाई मन परेन । यो वर्ष एउटा बृहत समारोह सहित सुखदुख साँट्ने अपेक्षा सहित फेरि एक पटक मेरा ेभलो चिताउने यहाँहरु सबैप्रति कृतज्ञता ब्यक्त गर्दछु ।
Tuesday, May 13, 2014
बर्थ डे ब्वाईको बयान....

Subscribe to:
Post Comments (Atom)
उदारो शब्दहरु
कबिता मैले छाडिसके तिम्रा गित गाउन अनि तिम्रा भजन सुन्न पनि अब त पानी पर्दा आउने तिम्रा याद पनि आउन छाडिसके अनि साझ पर्द...
-

डा. लोकेन्द्र न्यौपाने प्रीय पाठक मित्रहरु! फाल्गुनको सुर्य आकाशमा रमाइलो मानी मानी नाच्दै थियो, बाइपास रोड नजिकका गाडीहरु एकनास मज्...
-
क्याफेको एउटा कुनामा बसेर हातमा लिएको कफिमा सुगर घोल्न थाले देखि नैं मुटु घुलिन थालेको थियो प्रेमिल स्पर्सहरुले कफिको सुगन्धम...

No comments:
Post a Comment