@;'hg 9sfn
भनिन्छ 'मातृदेवो भव' आमालाई देवता समान मान । यस उक्तिको सन्दर्भ मातातीर्थ औंसीसँग गाँसिएको छ । आमाको महत्व र गरिमालाई प्रकाश पार्दै नेपालमा मातृ दिवस तथा आमाको मुख हेर्ने दिन भनी वेैशाख कृष्ण अमावास्याका दिन मातातीर्थ औंशी मनाउने चलन छ । हिन्दू संस्कृति अनुसार स्त्री जातिमध्ये आमाको स्थान निकै उच्च हुने भएकाले नै हामी आमालाई आदरणीय एवं पूजनीय रूपमा मान्दछौँ । आमाकै विशेष स्नेह र लालन-पालनमा हामी हुर्किएका हुन्छौँ । त्यसैले यस दिनलाई आमाको सम्झना र मंगलमय कामना गर्दै मनाइन्छ । आमा हुनेहरू वा नहुनेहरूले पनि यस पर्वलाई संस्कृतिको एक प्रमुख अंगको रूपमा मनाउने प्रचलन चलिआएको छ ।
पौराणिक कालमा हाम्रो संस्कृतिमा आमालाई पाँच भागमा विभाजित गरेको पाइन्छ । जुन मित्रपत्नी, राजपत्नी, गुरुपत्नी, पत्नीमाता अर्थात् सासू र आपmनी आमा हुन् । त्यसकारण यी पाँचवटालाई नै सामूहिकरूपमा पञ्चमाताको संज्ञाले पुकारिन्छ । शास्त्रीय वचन अनुरूप यी आमाहरूको आ-आफ्नो स्थानमा त्यत्तिकै महत्त्वपूर्ण रहेको पाइन्छ । तिनीहरूलाई हामीहरूको बढी मायामोहको रूपमा वन्दनीय
तथा पूजनीय गर्ने परम्परा अद्यावधि रहेको छ ।
मातातीर्थ पर्वको प्रथा महान् हुनुको रोचक तथा घोचक प्रसंग यस्तो छ ः काठमाडौंबाट केही टाढा रहेको मातातीर्थ नजिकै घर भएका एक गोठालाकी आमा मरेकी रहिछन् । आमाको मृत्युको पीरले बिह्वल भएको त्यस छोराले एक दिन भात पकाइसकेपछि आमाको सम्झनामा एक कचौरा भात नजिकैको पानीको कुण्डमा फ्याँकिदिएछ । उसकी मरेकी आमा कुण्डबाट निस्किछिन् र छोराले फ्याँकेको एक कचौरा भात खाइछन् । यो कुरा एक कान दुई कान मैदान भई फैलिन पुग्यो । त्यो घटना एक दिन मात्र भयो । त्यो दिन वैशाख कृष्णपक्ष औंसीको दिन परेको रहेछ ।
मृत आमाहरू आएर आ-आफ्ना सन्ततीहरूले अपर्ण गरेको कुरा लिन थाले । त्यस बेलादेखि नै त्यस कुण्डको नाम मातातीर्थ रहन गर्यो । यस कुण्डमा जसले वर्षमा एकपटक आई आफ्ना मृत आमाहरूलाई मनपरेका परिकारहरू चढाउने, पूजा गर्ने, स्नान गर्ने, जलपात्रमा जल जढाउनाले आफ्नो मनोकांक्षा पूरा हुने जनविश्वास
रहेको पाइन्छ ।
यसरी चाडपर्वहरूको आफ्नै किसिमको गरिमा भएको कुरा स्पष्ट छ । नेपालको ऐतिहासिक, धार्मिक, सांस्कृतिक, सामाजिक पक्षको आवश्यक ज्ञान चाडपर्वहरूको अध्ययन बिना अपूरो नै हुन्छ । हिन्दू धर्ममा त्रि-ऋण- पितृ ऋषि तथा देवऋणहरू चुकाउनु नै मानव मात्रको प्रथम कर्तव्य मानिएको
छ । सो आदर्शको परिपालन उपर्युक्त चाडपर्वमा स्पष्ट रूपले देख्न सकिन्छ । वैवाहिक कार्यद्वारा सन्तान उत्पादन गरी वंश परम्परालाई कायम राख्नुका अतिरिक्त मातृ वा पितृ औंसीका दिन मानिसहरू आफ्ना माता-पिताप्रति अपार श्रद्धा, भक्ति अर्पित गरेर पनि पितृऋण चुकाउँछन् ।
यसलाई समष्टिरूपमा अवलोकल गर्दा उल्लेखित पाँच आमाहरूमध्ये जन्म दातृलाई श्रद्धा, आदर गर्नुपर्ने हुन्छ । यस दिन आमा हुनेका लागि आमाको मुख हेर्ने र आमा नहुनेका लागि श्रद्धापूर्वक आमाको सम्झना गर्ने दिन हो । तसर्थ वैशाख कृष्ण औंसीका दिन मातृभक्त छोरा-छोरीहरूले श्रद्धा र सम्झना गर्ने महत्त्वपूर्ण दिन हो । जन्म दिने आमा तथा जन्मभूमि स्वर्गभन्दा प्यारो र पवित्र हुन्छ ।
via:kantipur..

No comments:
Post a Comment