Sunday, April 12, 2020

होहल्ला र हाम्रो समाज

अहिले फेरि नेपालमा  दलाली गरेर अकुत कमाउन पल्किएका केही व्यापारीहरु यो योजनावद्ध आक्रमणमा लगानी गरिरहेका छन। एक-दुइजना कराउँछन्‌ केही कुरा नबुझी कतिजना त्यसैको पछि लागिरहेका हुन्छन्‌। सत्य कुरा के हो, बुझ्न परेको छैन। हो मा हो मिलाउनै मात्र कराउन सघाइरहेका हुन्छन्‌। लोकतन्त्र वास्तवमा के हो त, के कुरालाई भनिन्छ लोकतन्त्र? कुनै चासो नराखी हो-हल्लाकै पछि लागेर कराइरहेका हुन्छन्‌ अहिले एकादुइको मुखमा यस्तै होहल्ला चलिरहेको पाइन्छ। के वास्तवमै यहॉं लोकतन्त्र छैन त? विचार गर्नु जरुरी हुन्छ। नभए जताभावी नसोंची र नबिचारी झट्टै अरे-को पछि लागेर कराउनु पनि उचित हुँदैन। 
के सॉंच्चै यहॉं भ्रष्टाचार भएकै छ  त? के सॉंच्चै वर्तमान सरकारले यहॉं लोकतन्त्रको हनन्‌ गरेको छ त? यस विषयमाथि आम मानिसले मनन्‌ पनि गरेका छन्‌ के त, विद्वानवर्गले चिन्तन गरिरहेका छन्‌ कि होहल्लाकै पछि लागिरहेका छन्‌?
नेपालमा पत्र-पत्रिका जो सरकारको खुलेर विरोध गरेको देखिन्छ, के यही हो जनतालाई प्राप्त अभिव्यक्तिको स्वतन्त्रता ? आरोप सिद्ध गर्न नसकिने विभिन्न आरोपसहित मनका भडॉंसहरूको पोखेका अभिव्यक्तिहरूलाई राज्यका पत्र पत्रिकाले प्रमुखताले प्रकाशित गर्दै यहॉं लोकतन्त्र छैन भन्नु त कहॉंसम्मको न्यायसंगत कुरा हो, यस विषयमा सोच्न आवश्यक छ। आज नेपालमा उपलब्ध लोकतान्त्रिक परिवेशको गलत फाइदा उठाउन लोकतन्त्रविरोधीहरू सक्रिय रहेको देखिन्छन्‌।

लोकतन्त्रको चौथो स्तम्भमा आज असामाजिक तत्वहरूले समाजलाई जति भङ्‌गाल्ने प्रयास गरिरहेका छन्‌, त्यसको निन्दा सभ्य समाजले गर्न आवश्यक छ। यस्ता विषयहरूलाई पत्रकारिताले पनि प्राथमिकता दिनु हुँदैन। पत्रकारिताको धर्म भनेको सत्यको सम्प्रेषण गर्नु हो, समाजलाई दिशाहिन गर्नु होइन। अब उचित र अनुचित के हो त्यसलाई सिक्किमे आम नागरिकले नै छुट्याउन सक्नुपर्छ। 

--


 सुजन ढकाल 
भरतपुर, चितवन ।


No comments:

Post a Comment

उदारो शब्दहरु

कबिता  मैले छाडिसके तिम्रा गित गाउन अनि तिम्रा भजन सुन्न पनि अब त पानी पर्दा आउने तिम्रा याद पनि आउन  छाडिसके अनि साझ पर्द...