सुर्खेत, सानो उपत्यका पश्चिम नेपालको प्रमुख शहर, जहा साना र ठुला सपना एकआपस मा जोडिएर हेर्दै लोभ लाग्दो, रमणीय बस्ती बसेको छ। म कालिकोटे, हाम्रो परिवार पनि साना सपना बुनेर सुर्खेत मा झर्यौ आज भन्दा १६ बर्ष अगाडि, म तेतिबेला ८-९ बर्ष को थिए होला आज २५ बर्ष पुगेछु। समय बितेको पत्तै भएन!!!
सुर्खेत बाट नेपालगन्ज को गाडी जति बेला पनि पाहिन्छ। त्यो दिन म ११ बजे तिर जाँदै थिए नेपालगन्ज । म दशै पछि नया जोसका साथ फर्किदै थिए आफ्नो कर्मथलो मा, जहाँ मेरा ब्याक्तिगत सपना रहेका हुन्छन।
त्यो रमणीय उपत्यका छुटेपछी, भेरी नदि आउँछ। त्यो नदि देख्ने बित्तिकै मलाइ एउटा गित को याद आउँछ, ``सलल बगेको भेरी नदि, ए हजुर कर्णाली को छेउ...मै बुझ्न सकिन ए हजुर पिरतिको...´´। साचै गाना मा भनेका जस्तै हुन्छ, भेरी आफ्नै गतिमा सुसाइरहेको छ, चलिरहेको छ। भेरिका सन्सार आफ्नै छ, कहिले बाडी कुर्लेर माटे नदि भएको हुन्छ, कहिले निर्मल सफा निलो कन्चन नदि!!! अनि अर्को पक्ष यो उपत्यका बासिको चिहान पनि हो, यहाँ दिनहु सयांै लास पोलिने गर्छन। म यहि कुरा सोच्दै थिए यक्कासि गाडि रोकियो, गाडी पनि भेरी नदिको पुल को छेउ मै रोकिएछ, मलाइ खुसी लाग्यो हुन त गाडी बिगृनु नराम्रो हो, तर आफुले कल्पना गरेकै ठाउँ मा बिगृनु अनि त्यो ठाउ धित मरुन्जेल हेर्न पाउनु खुसी कै कुरा हो नि। म पनि एकमनले खुसी भए, गाडी बाट ओर्ले। खलासि भाइ अनुसार गाडी बन्न पनि धरै समय लाग्ने भयो, म घुम्न थाले अब त्यो ठाउ।
भेरी को पुल वरिपरि बसेर एक दुई ओटा सेल्फी पनि लगे, फेसबुकमा पोस्ट गर्न काम लाग्छ, आखिर दुनिया देखावटी त हो, पिडा एक हुन्छ हामी एक देखाउछौ। म त्यहा रुल्मलिदै गर्दा एउटा अर्को लास नि आइपुगेछ, त्यो लास मैले चिनेको थिएन तर त्यो लास र मलामि बोकेको गाडी देख्दा मेरो मुटु को कम्पन अर्कै भयो, मेरो मस्तिष्क खाली भयो!! किन हो म आफै अचम्म परे।
लास झर्यो, मेरो कौतुहुलता मेटाउन भए पनि म लास नजिक गए। लास एक जवान युवतिको रहेछ, मैले तेतिबेला सम्म पनि उसको शरीर को दर्सन पाएको थिएन, वरिपरिका मानिसका कुरा सुनिरहेको थिए। एक जना युवक ले भन्यो `असाध्यै राम्री थि, मैले पनि दुई तीन पटक प्रस्ताव राखेको मानिन, आज मरेर गइ, रुप तेस्तै रैछ´ । अलि पर एउटा युवक मज्जाले रोहिरहेको थियो, पछि बुझ्दै जादा त्यो उनी मृतक युवतिको केटासाथी रहेछ। अरु रुवाबासी चलिरहेकै थियो, कोहि छाती पिट्दै, कोहि मनमनै कोहि देखावटी रोहिरहेका थिए। मलाइ लाग्यो आज यता एउटा रुने महत्सव नै चलेको छ। म पनि मेरो अनुहार अलि खुम्च्याएकै थिए, दुनियालाइ दुखी जो देखाउन थियो।
पण्डित मन्त्र फुक्दै थिए, मलामि लास पोल्ने दाउरा मिलाउदै थिए, म पछाडि थिए। म एक अन्जान युवक लाई खिचिरहेको थियो त्यो लास ले, मानौ त्यो लास शक्तिसाली चुम्बक हो अनि म फलाम। तेति बेला सम्म पनि म त्यो लास देख्न पाएको थिएन। जब दाउरा को चाङ अलिकती मिल्यो, एउटा ले भन्यो `लास लिएर आउ त, राख्न पर्यो माथी फेरि दाउरा राख्नु पर्छ, नत्र पोलिदैन´ । वा दुनिया हिजो जसको पछि तेति धेरै दिवाना थिए आज, सबैलाइ उसकै लास पोल्न हतार छ, कति स्वार्थी मानवहरु! मेरो मन तितो भयो। त्यतिकै मा दुई जना युवक ले लास समाते र दाउरा माथी राखे, अरु ले त्यो लास माथी अरु दाउरा राखे, त्यो दाउरा राख्दा लास छोपेको कात्रो अलि माथी सरेछ क्यारे, मैले तिनी युवतिको खुट्टाका दर्सन पाए, म गौरबित भए।
आहा क्या मिलेका खुट्टा, हेर्दै चुम्न मन लाग्ने, सायद अकालमा नमरेकी भए यो खुट्टामा पाउजु कति सुहाथे होलान्, छमछम नाच्दा यो खुट्टा कति मनमोहक हुन्थो होला। तेत्तिकैमा दाउरा को चाङ सबै मिले पछि पण्डितले लास को कात्रो ताने, मैले अब उनको लगभग एकपट्टि को भाग अवलोकन गर्न पाउथे। गोरा अनि मिलेका खुट्टा, पिडुला, कम्मर पनि छिनेको, उठेको छाती , हातका औला कति मिलेका, घाँटी अलि कति देखिन्थ्यो, अनुहार मैले देख्न सकेको थिएन। अनुहार नदेखे पनि मैले त्यो सब अवलोकन गरेको जिउ बाट एउटा कुरा केमा ढुक्क भइसकेको थिए भने, तिनि युवती एकदम सुन्दर छिन। सायद धेरै राम्री भएर भगवान ले, मानव ले भोग नगरोस भनेर आफै सग लगेका पो हुन कि?? भगवान पनि कति स्वार्थी!!
म अलि नजिक गए लास को, पण्डित मन्त्र फुकिरहेका थिए ` ॐ शान्ति……´ । अब म तिनी युवती को अनुहार देख्न सक्थे, जब मैल त्यो दर्सन पाए। मैले आफुलाइ नै बिर्से, आँखा भरिएर कतिबेला नदि बगेछ पत्तै भएन, सायद मेरो आखाबाट बगेको भेरी जमिनमा बगेको भेरी भन्दा ठुलो भएर हो कि, सबैको ध्यान म तिर तानिएछ!! म डाको छोडेर बिलाप गर्न लागेछु त्यो अनुहार को दर्सन म एउटा आमा बाट छुट्न थालेको तोतेबोली बोल्ने बच्चा जस्तै छट्पटाइरहेछु बिलाप गरिरहे छु!! आखिर तेति किन नहोस पनि उनि मेरो किशोर अवस्था को एकतर्फी माया पनि हुन। नपाउनु नै सहि उनिलाइ जतिमाया मैले कसैलाइ गरेको नै छैन, उनी आउने चोक मा म उनिलाइ हेर्न आधी घन्टा पहिल्यै साइकल यात्रागरी कुरिरहन्थे। जसको हासो , खुसी मेरो उधेश्य थियो। मैले कहिले पनि मेरो प्रेम प्रकट गरिन, मनमै गुम्सायर राखे, तेहि भएर होला आज यो लास अगाडि मेरो आँसु प्रेम रुपमा पोखिरहेछ, भेरीमा मिसिरहेछ, म एकोहोरो रोहिरहेछु, भेरी सुसाइरहेछ, समय लम्किरहेछ………………………
(लेखक डा. लोकेन्द्र न्यौपाने पशु बिकास निर्देशनालय, कर्णाली प्रदेशमा कार्यरत हुनुहुन्छ। फुर्सद्को समयमा साहित्यमा कलम चलाऊनु हुन्छ। )

No comments:
Post a Comment