कबिता
मैले छाडिसके तिम्रा
गित गाउन
अनि तिम्रा भजन सुन्न पनि
अब त पानी पर्दा आउने तिम्रा याद पनि
आउन छाडिसके
अनि साझ पर्दा पनि
म
बल्द्लिए नि !!
म बिल्कुल बदलिएको छु
तिमी जस्तै गरि
ऎना हरु ले तिम्लाइ देखाउनै छाडिसक्यो
मेरो आफ्नो प्रतिबिम्ब मा
अनि हावा हरुले
बिल्कुलै छाडिसके तिम्रा
याद हरु बोक्न
फुल हरुमा पनि तिम्रो गन्ध छैन
अह!! पटक्कै छैन
बस्ती हरुमा तिम्रा
याद का झुप्पा हरु
तिमी पनि ओइलाएउ
बरै!!
मैले दिएका गुलाफ जस्तैः
सन्नाट हरुले लिन छाडिसकेछ
तिम्रो नाम!
अनि बादल हरु ले छेक्न छाडिसकेछ
तिम्रा सितलता हरु
नदि हरुमा बग्न छाडिसकेछ
तिम्रा सुसेली हरु
अनि गल्ली हरु मा चल्न छाडिसकेछ
तिम्रा बैँस का जोर हरु
तिमी त बिल्कुलै
एक्लिएछौ कठ्ठै
मेरा सपना हरु जस्तैः
तिम्रा याद का अन्तिम श्रद्धाञ्जली मा
चढाएको छु
यी शब्दहरु जो बिल्कुल तिम्रो हुनेछ
तिम्रो बन्ने छ
सब्द भिख मागेर
तिमिलाइ उपहार दिए !!!!
तिम्ले दिएको याद को बदलामा
--
भरतपुर, चितवन ।
Wawa
ReplyDeleteKada..!!!����
ReplyDelete