
राजा
कतिले सम्झिए कतिले बिर्षिए । सबैले सबैको जन्मदीन सम्झने कुरा पनि भएन । सम्झीएनन् भनेर गुनासो गर्नु पनि आफैमा अनौठो हो । जन्म दिनमा धेरै गुरु अभिभाबक अग्रज तथा साथीभाइहरुले शुभकामना दिए/दिनुभयो । धेरैलाई सामाजीक संजालले सम्झना गराईदियो । शब्द एउटै छ तर त्यसको मूल्य अमूल्य छ । शुभकामना शब्दले मात्रै पनि मनमा खुशी भरीने रहेछ । मान्छेलाई कति धेरै नजीक बनाईदिएको छ यी प्रविधिले ।
सबैजनाको शुभकामनाले भरिएको शब्दहरु कति मिठो लाग्ने रहेछ । कति अग्रजहरुले शुभकामना दिनुभयो अनि कति आफूभन्दा सानो उमेरकाले दिनुभयो । कसैले भाइ भन्नुभयो कसैले बाबु भन्नुभयो कसैले ढकालजी,कसैले राजा, कसैले दाई भन्नुभयो कतिले सम्बोधन गर्ने शब्द नै भेट्नुभएन । तर शुभकामना उस्तै प्यारो थियो मेरो लागी । यति धेरै मान्छेको शुभकामना पाउंदा लाग्दोरहेछ म कति भाग्यमानी छु ।
त्यो चोखो मनले मलाई शुभकामना दिनुहुने सम्पूर्ण आफ्ना आफन्त र मित्रहरुमा धन्यवाद नदीई रहन सकिन । लाखौंको भिडमा भौतारिएको यो शहरमा यतिको धेरै शुभकामनाले मन बुझाउन गाह्रो भईरहेको बेला धेरै सहानुभूतीको महशुश भयो । यतिका धेरै शुभचिन्तक आफ्नो साथमा छन् भनेर जानेपछि मन खुशी नहुने कुरै भएन । फेरी पनि मनैदेखी धन्यवाद तपाई सम्पूर्णलाई ।
सुजन ढकाल
भरतपुर, चितवन।
माघ मा भोज खान पाउ राजा को बिहेको भन्दै शुभकामना
ReplyDelete