अश्मि रात भरि सुत्न सकेकी थिइन |अस्ति उसका साथि हरुले उसलाई पनि साडी किन्ने बेला संगै लागेका रहेछन | जान्न भन्दा भन्दै पनि साथि हरुले जिद्दी गरेपछि ऊ गई | सबैले लुगा हरु लगायत अरु सामानहरु किनेछन् तर अश्मिले भने किनिन| राधाले त्यै पुरानो साडी लगाएर चाहि नाआउनु है तिजको प्रोग्राममा भनेको कुरा अझै पनि उसको कानमा गुन्जिदै छ | हुन त् गालानै तात्ने गरि हान्न मन नलागेको नि हैन उसलाई त्यतिबेला तर अश्मिले आफु लाई सम्हाली र त्यो कुरा हासेर उडाई |अश्मिलाई अब त जसरि भए पनि एउटा राम्रो साडी किन्न पाए त हुन्थ्यो भनेर छटपटी हुदै थियो| हुन पनि किन नहोस एस्तै अनेक चाड पर्व मा त्यतिकै चित्त बुझाएर नबसेकी पनि होईन | तर श्रीमान लाई भन्न नै गारो भएको थियो उसलाई | बर्ष भरि पुरानै कपडा मा अफिस जाने उसका श्रीमानले नसोधेको त् होईन | केहि दिन अगाडी तिजको लागि केहि किन्ने भए किन त भनेकै हो तर उसले नै पर्दैन भनि त्यतिबेला |
अश्मिको श्रीमानको सानो जागिर छ | तलब पनि थोरै , घर चलाउन नै मुस्किल पर्छ कुनै महिना मा त |अश्मि नि अलि अलि काम गर्छिन, सानो तिनो घर मै बसेर हुने काम | उसले पनि अलि अलि त जम्मा गरेकी छे | तर आफ्ना बच्चाको भविष्य को लागि सिरिअस भएकाले ऊ फिजुल खर्च गर्न मन्पराउदिन् | उसका बुढा, राजा मिहिनेत गरेर काम गर्छन | अनि महिना भरिको पसिनाको मूल्य ल्याएर बुढी को हातमा १५ हात्ती का नोट दिन्छन र एक नोट आफु राख्छन | सबै जिम्मा संगीताको हुन्छ त्यसपछि, बच्चाको खर्च , पढाई खर्च, घर खर्च र उपचार खर्च सबै को ख्याल गर्नुपर्छ उसले |
अघिल्लो राति देखि अश्मिको मुहार मा भएको छटपटी राजा ले पनि विचार गर्दै थिए | ‘के भो तलाई , हिजो देखि अर्कै अर्कै देखिदैछेस त् ? सन्चो भएन कि क्या हो ?’ के भो भन त् ?, राजा ले प्रश्न गर्ना साथ अश्मिले सबै कुरा बताइन् | राजा मुसुक्क हासे | ‘जाबो त्यति कुरामा पनि एस्तो भएर भासने हो त् लाटी ?’ किन् न् कसले रोकेको छ तलाई ! सबै तलब त्येरै हातमा त् छ नि |’, यति भन्दै राजा आफिष तिर लागे | तर अश्मिको मुहारको चिन्ता र छटपटी मेटिएको थिएन | कारण थियो पैसा | उसलाई राजाले राख्न दिएको लगभग सबै पैसा सक्किसकेको थियो र बचेको केहि घर चलाउन नि चाहिन्थ्यो | दिन भरि संगीता लाई कुनै काम गर्न मान लागेन | टि वी खोलेर टी बी हेर्न नि दिक्क मानि | जुन च्यानलहरु मा नि तिज कै गीत हरु बजेका थिए | ति गीत सुन्दा उसलाई झन् टेन्सन हुदैथियो |
साझ राजा दर खान का लागि सामान किन्न गए | बच्चा हरु अनि श्रीमती को चित्त बुझाउन ऋण लिएरै भए पनि खर्च त गर्नै पर्यो नि भनेर भन्दै थिए सामान किन्दा साउजीलाई | राजा साँझ तिर घर आए | श्रीमती को अनुहार उस्तै मलिन देखेर राजा हैरान भए | तर उनि केहि बोलेनन् | सामान राखे र टोल तिर घुमेर आउछु भनेर गए | संगीताको मन अझै साडी मै थियो | उसले मन मणि अनेक कुरा सोच्न थालि | ‘अस्ति नै एउटा साडी किनेको भए हुने, त्यो रश्मी लाई त मैले जानेकि थिए, खुब आफ्नै छ, आफै ठुली जस्तो गर्छे |’, ऊ मनमनै सोच्दैथी | उसलाई काम मा कत्ति पनि मन लागेको थिएँ | ऊ आफ्नो कोठा मा बसेर सोच्दैथी | बच्चा हरु खेल्दै थिए | करिब एक घण्टा पछि राजा झोलामा केहि फलफूल र अरु केहि कुरा ल्याएर आए | ‘लौ छोरी यो मामु लाई दिएर आउ’, छोरीलाई झोला दिदै भने राजाले | छोरी भित्र गएर झोला राखेर आई, ‘बाबा मामु त सुत्नुभा’छ |’ राजा केहि मुस्कुराए | ‘आउ छोरी भान्सामा जाऊ, भाई लाई पनि बोलाउ |’, राजाले छोरी लाई भने | ‘भाई आउ भित्र, आज बाबाले खाना पकाउने रे’, राजा कि छोरी ले आफ्नो भाईलाई ठुलो स्वोरले बोलाई | यो सबै कुरा अश्मिले सुनिराकी थिई | बुबा छोरी र छोरा भान्सा मा पसे | राजाले वरिपरी हेरे | के गर्ने भेउ नै पाएनन् | आफ्नी सात आठ बर्ष कि छोरी सिट गफ गर्दै उनले पाकाउने सुरसार कस्न थाले | आखिर दर खाने दिन न थियो | अश्मिलाई उठाउन उनको मनले मानेन | भान्सामा भाडाहरुको आवाजले गर्दा अश्मि सरासर भान्सामा गई | छोरा छोरीलाई बाहिर पठाई | ‘खै ल्याउनुस ‘, रिसाए जस्तै गरि उसले राजाले काट्दै गरेको तरकारी समईं | ‘तपाई, बाहिर जानुस म आफै पकाउछु | ‘, उसले भनि | राजा केहि नभनी बाहिर गए | ‘ पकाउनु खुवाउनु, सबै कुरा हेर्नु छ , सबको सेवा गर्नु छ , भनेको बेला मा सब चिज गर्नु छ, त्यै पनि एउटा साडी पनि नपाउने मैले……’ , अरु के के बर्बरौदै थिई | सबै कुरा तयार गरेर उसले खाना पस्कि | खाना खादा नि कोहि केहि बोलेन | खाना खएर बच्चा हरु सुत्न गए |
राजा र अश्मि आफ्नो कोठा मा गए | ‘भोलि नसकी नसकी बर्त बस्ने होईन नि, फलफुल ल्याएको छु खाने हो | आफुलाई दुख दिएर नि अर्को को आयु बध छ , बाकवास !’, राजाले अश्मिलाई भने | ‘कसैले बस भनेर बस्ने नबस्ने हुन्छ र !, बस्ने म हु, अरुलाई के को पिर |’, अश्मिले राजा तिर नहेरी सुनाई | ‘जे गर्छौ गर हजुर म त् सुते |’, राजा खाटमा पाल्टे | अश्मि फलफूलको झोला भान्सामा लगेर गईन | झोला खोली अनि फलफुल का पोका निकालदै राखि | झोलाको तल पट्टि अर्को प्याकेट थियो | के हो भनेर खोलि |अश्मि मुसुक्क मुस्कुराई, मन मनै गदगद भई | उसको खुसीको सिमा रहेन |

No comments:
Post a Comment