Sunday, August 5, 2018

माया लाग्छ तिम्रो


                 गजल                      
                                - सुजन ढकाल
मेरो जीतमा, ताली दियौ र त माया लाग्छ तिम्रो
मेरो गल्तीमा, गाली दियौ र त माया लाग्छ तिम्रो!

जीबनका मोडहरुमा ठक्कर खाएर घायल हुदा म
पाईला तिमीले, चालीदियौ र त माया लाग्छ तिम्रो!

जीन्दगीमा बाटो बिराएर यताउता भौतारिएको म
मेरो जीबन, सम्हाली दियौ र त माया लाग्छ तिम्रो!

मरुभुमी सरी यो उजाड र उदास मेरो जीन्दगीमा
खुसीका यी,हरियाली दियौ र त माया लाग्छ तिम्रो!






1 comment:

उदारो शब्दहरु

कबिता  मैले छाडिसके तिम्रा गित गाउन अनि तिम्रा भजन सुन्न पनि अब त पानी पर्दा आउने तिम्रा याद पनि आउन  छाडिसके अनि साझ पर्द...