Sunday, April 1, 2018

अप्रिल फूल

सुजन ढकाल, भरतपुर ।

मन कति खुशी हुँदो रहेछ, फोन गरिदिए हुन्थ्यो भनेको मान्छेले फोन गरिदिँदा | फोनको महत्व त त्यो बेला पो हुँदो रहेछ | सामान्य बेला भन्दा ४ गुना बढी |
अझ बढि मन खुशी हुँदो रहेछ, कसैले मनको कुरा गरिदिए | तर अलि दुबिधामा थिएँ – मन खुशी भएको हो कि म खुशी भएको ? कि दुवै ? या मन भनेको र म भनेको एकै हो ? जे नै भए पनि म ज्यादै खुशी भएँ | मेरो खुशीको भाँडोमा त्यो भन्दा बढी खुशी अट्दैन थियो |
अश्मिले आज घुम्न ‘जोर कुसुम पार्क’ जाउँ भन्ने प्रस्ताब गरेकी थिइन् | अस्ति अस्ति मैले यस्तो प्रस्ताब गर्दा बहाना बनाउथिन् तर – आज …|
ऐनामा हेरेँ – चुस्स दारी देखें | छिन भरमा सफाचट | घुमीघुमी ऐनामा कपडा मिलाएँ |दिदिको क्रिम समेत चोरेर लगाएँ | ओहो त्यो प्रफ्युंले त मैले नुहाएँ | ह्या ! त्यो कपडा सुहाए जस्तो लागेन | मैले तत्कालै परिवर्तन गरें |
अन्तिम पटक ऐनामा नियाँले | अनि निस्कें , ढिला पनि भैसकेको थियो |
भने बमोजिम चौबीसकोठि पुगें | फोन लगाएँ | लाग्यो पनि | ५ मिनेट कुर्नु भनिन् | कुरें | तर आइनन् | फेरी फोन गरें Javaमा छु आऊ भनिन् | गएँ | छैन | फेरी फोन हानें | सरि म त लायन्स चोक पुगें – यतै आऊ भनिन् | अब के गरौँ ? गएँ | त्यहाँ पनि देख्दिन | त्यस पछि पनि फोन गरें | फोन लाग्यो तर फोन उठेन | बेचैनी बढ्यो | पटक पटक गरें | कतै केहि त भएन? मन शान्त रहेन |
करिब १० मिनेट पछि म्यासेज आयो उनैको – “ ह्याप्पी अप्रिल फूल |”
थुक्क ! थुक्क ! थुक्क ! मैले आफैलाई, मेरो सुद्दीलाई, अनि उनको यति लामो हर्कतलाई पालै पालो थुकें | छेउमा एउटा पुलिस कुन्नि के नियाल्दै थियो | भनें ‘पुलिस दाइ ऊ पर झगडा परेछ |’ ऊ फोन लगाउन थाल्यो | मैले मोटरसाइकल स्टार्ट गर्दै भनें “ ह्यापी अप्रिल फूल !” खै कस्तो ? मन अलि शान्त भयो |

No comments:

Post a Comment

उदारो शब्दहरु

कबिता  मैले छाडिसके तिम्रा गित गाउन अनि तिम्रा भजन सुन्न पनि अब त पानी पर्दा आउने तिम्रा याद पनि आउन  छाडिसके अनि साझ पर्द...