Friday, October 6, 2017

चुरोट : प्रेम

एक्लोपनले सताउँदा विगतलाई बिर्साउने माध्यमबनेको चुरोट आजकाल पहिले रहरले पिउँने गर्थे , समयसँगको परिवर्तन होला


सुनसान यो रातमा हातमा चुरोटको एउटा ठुटो छ।आधा पियर सकिन लाएको अवस्थाको त्यो चुरोटले पनि मलाई उनकै याद दिलाइ रहेको छ।अझै पनि याद उनले भनेको त्यो शब्द।
जब पनि उनको अगाडि चुरोट सल्काउने गर्थे,मेरो हातको चुरोट खोसेर उनी भन्ने गर्थिनके कमि मेरा यी ओठहरुमा,जसलाई त्यागेर तिमी यो चुरोटको साहारा लिदै छौ,तिम्रा यी ओठहरुमा बस मेरो मात्र अधिकार ,अरु कसैको छैन बुझेउ नि?” 
उनका ती शब्दहरुको अगाडि मैले मेरो चुरोटको बलि चडाएको थिए ।म एक्लो हुदा यहि चुरोटले साथ दिने गर्थ्यो मलाई ,तर उनका खातिर मैले मेरो एकमात्र साहारा त्यागेको थिए तर बदलामा उनले के गरिन्
मैले उनको खातिर चुरोट छाडे अनि उनले मलाई  उसकै खातिर छोडेको यो चुरोट आज फेरि अंगाल्दै छु,उनलाई भुलाउन।चुरोटको नसा भुलाउन उनले आफ्नो ओठको साहारा दिएकि थिन मलाई तर आज उनकै ओठको नसा भुलाउन फेरि त्यहि चुरोटको साहारा लिदै छु।


No comments:

Post a Comment

उदारो शब्दहरु

कबिता  मैले छाडिसके तिम्रा गित गाउन अनि तिम्रा भजन सुन्न पनि अब त पानी पर्दा आउने तिम्रा याद पनि आउन  छाडिसके अनि साझ पर्द...