Thursday, September 14, 2017

अखिल NPI द्वारा बिदाइ तथा सम्मान कार्यक्रम

भरतपुर, २३ भदौ ।
अनेरास्ववियु एनपीआई क्याम्पस कमिटिले डिप्लोमा तह उतिर्ण विद्यार्थीबीच पुर्नमिलन कार्यक्रम गरेको छ । सांस्कृतिक कार्यक्रम गरि उनीहरुले नजिकिएको दशै तिहारको समेत शुभकामना आदानप्रदान गरेका छन् । कार्यक्रममा सांसद कृष्णभक्त पोखरेलले शैक्षिक सफलतालाई व्यवहारमा उतार्न सुझाव दिए ।उनले सामाजिक अभियानमा युवा सहभागिता महत्वपूर्ण भएको बताए । उनले प्राविधिक शिक्षा अध्ययन गरेका विद्यार्थीले ग्रामीण क्षेत्रलाई कार्यक्षेत्र बनाउनुपर्ने आवश्यकता देखिएको बताए । सो अवसरमा एमाले चितवनका सल्लाहकार धर्म बहादुर कार्की, एमाले भरतपुर महानगर कमिटि सदस्य तथा पूर्व एनपीआई क्याम्पस कमिटिका अध्यक्ष साकार लामा, अनेरास्ववियु केन्द्रीय निर्वाचन आयोग सदस्य स्वरुप सुयाल, अनेरास्ववियु जिल्ला उपाध्यक्ष धिपन भण्डारी, विद्यार्थी नेता केशव कंडेल, विद्यार्थी नेता मिल कंडेल, युवा उद्यमी अनुषा पाठक, युवा उद्यमी राहुल कुमार सिंह लगायतले मन्तव्य राखेका थिए । कार्यक्रम क्याम्पस कमिटिका अध्यक्ष सुजन ढकालको अध्यक्षतामा भएको हो ।

No comments:

Post a Comment

उदारो शब्दहरु

कबिता  मैले छाडिसके तिम्रा गित गाउन अनि तिम्रा भजन सुन्न पनि अब त पानी पर्दा आउने तिम्रा याद पनि आउन  छाडिसके अनि साझ पर्द...