Tuesday, April 22, 2014

'फोन आतंक'

@;'hg 9sfn 

 ....रातको बजेको थियो ... कोठामा सन्नाटा ब्याप्त.... मुटुको धड्कन पनि सुनिन सकिने शुन्यता ... 

निन्द्रा नलागेर जागा रहेका आँखालाइ जबर्जस्ति बन्द गर्न खोज्छु तर दिनभर - कप को कफी ले मरे बन्द हुन दिन्दैन .... 

यस नीरव रातमा पर्दाबाट चियाउन्दै चन्द्रमाले कोठाको त्यो झ्याल छेउमा रहेको इस्तिलको जग संग लुकामारि खेल्दै रहेछ मैले पकडी हालें अनि ध्याप्पा भनेर मन मनै मुस्काएं..... 

भित्तोमा त्यो रोकिएको घडी ... एक महिना भयो क्यार बजेको .... कस्तो स्थिर अडिग उसको मन जस्तै ... अपरिवर्त्य... अडिग ... मलाई खसै परिवर्तन मनपर्दैन तर परिवर्तन नित्य  

झ्यालको ग्रिल बाट सानो आवाज आयो ... अलिकति चिसो भयो मन .... सिरिङ्ग भो .... भित्र आँत बाटै चिसो पस्यो ..... 

'फोन आतंक'को लागि तस्बिर परिणामडरले जमेको मन अनि भयले एकोहोरिएको आँखा झ्याल तिर फाल्दा हल्का पर्दा पनि चले चले जसो लाग्यो.... अब झन् कान पनि टुइईईईईईइ बज्न थालेको भान भयो ..... 

रातमा सुत्दा कट्टु गन्जीमा मात्र सुत्ने गरेको बालख काल बाटै हो .... रात यो समय तेस्मथी डरले रन्थन्नियेको बेलामा खुट्टा चिसो हुनु स्वाभाविक नै हो ..... चिसा पनि कति चिसा भाको यो खुट्टा हात भर्खर हिउँ खेलेर आए जस्ता ...... गन्जी मात्र लगाएको अर्धनाङ्गो शरीरमा मुटु जोर ले दौडिरहेको छातिमा बाहिरै बाटा देखिन्थ्यो ..... 

फेरी सिरिरिरिरी हावा चल्यो .... बाहिरी चिसो संगै फेरी पनि मन मा अर्कै किसिम को चिसो पस्यो ..... कता कता कोठाको कुनामा केहि चलयमान भए जस्तो लाग्यो .... निस्तब्ध बिना कुनै हलचल एक टक ले त्यो कुनो हेरी रहें..... केहि देखिएन ... अनि अस्ति भर्खर नारायणघाट  बाट किनेको त्यो टिमबा सिरक तानेर खाटमा तनक्क तन्केर सुत्ने कोशिश गरें...... 

सकिन 

कति बजेछ

भर्खर .०५ भएछ .... 

हैन कति लामो मिनेट यो ...... 

बस कोठामा आँखा घुमाउन थालें ..... 

हैन त्यो छत् मा किन पहेंलो रोगन दलेका होलान ...... प्रश्न जसरि आएथ्यो तेसरी नै बिलायो ....... 

आँखा अन्धकार केहि जुनको टहकको पैंठाजोरीका बिच कोठाको वरी परि नाच्न थाल्यो ....... 

कोठाको पुर्विय कुनौटोमा मेरो भान्छा .... 

मेरो जीवन सरि एउटा पित्ले दम दिंदा दिंदा थाकेको तर पनि स्वाँ स्वाँ गरि गरि बलिदिने ग्यास  , घोच घाच परेर जिनतिन जीवन अगाडी बढ्न धकेलीरहेको तेस्कै साथि लाइटर , रित्तिन आँटेको जीवन सरि आधा जर्किन धाराको पानी, चप्पल दिएर साटेको सानो रातो बाटामा - गेडा आलु, केहि प्याज भन्टा राखिएका , संगै गाउँबाट अस्ति भर्खर आएको आधा बोरा मन्सुली चामल अनि संगै एउटा बेतको र्याकमा तल्लो तल्लामा यात्रा तत्र लडिरहेका मसलाका सिसिहरु तेही र्याकको माथिल्लो तहमा एकअर्का संग गम्सा गम्सी गर्दै अटस्मटासिएर रहेका केहि किताबहरु ......... 

यी किताब पनि कति हतारिएका कहाँ पुगौंला भनेर यस्तरी धकेला धकेल गरेर बसेका त्यो र्याकमा दशैँ मा मा  जाँदा बसमा भाको भिंड जस्तै ...... पुग्ने आखिर एउटै ठाउँ हो कोई अघि कोइ पछि तर पनि कस्तो हतार कस्तो कतार ........ 

उत्तरी कुनोमा मेरो खाट , सिरान उत्तर नै गरि राखेको ....

ये! साँची उत्तर सिरान राख्न हुन्न क्यार नि .... लास लाइ पो उत्तर सिरान राख्छन ..... 

भोलि नै सार्छु यो खाट ...... 

मनमा कता कता लास सम्झिना साथ् फेरी हल्का डर लागेर आयो ..... 

लास यानकी मरेका शरीर ..... तेसो भए आत्मा लाइ के भो होला ..... 

के आत्मालाइ यत्रो बर्ष भोगचलन गरेको शरीर जल्दा रत्तिभर पोल्दैन होला ? ....... 

अनि अतृप्त आत्मा को चै के हुन्छ ?..... 

के तेही हो भूत भन्या ?..... 

आत्मा अतृप्त चाहि हुन्छ कसरी

अस्ति घरबेटी काकाको छोराले सिलिङ्गमा फ्यान झुण्डाउन बनाको अंकुशमा झुण्डीयर आत्माहत्या गरेथ्यो .. 

के उसको आत्मा अझै अतृप्त होला

भूत भयो होला .. 

के जीवन यति सस्तो

प्रेम मा असफल भईन्छ नि .... 

घोडा चड्ने लड्छन ... के लड्यो भन्दैमा घोडा चड्न नै छोड्ने ? .... 

मन बाट एउटा आवाजले उसलाई भन्यो, कायर ...... 

सोच्दै थिएँ खस्याक खस्याक गरेको सानो आवाज सुनियो खाट मुनि बाट .......... 

खाट मुनि पहिले पढेका गेसपेपर कापी एउटा बोरामा हालेर कुनामा धेकेलेको , अनि मेरो एउटै सुटकेस जसमा मेरा सम्पूर्ण लुगा थन्केका केहि पुराना जुत्ता मात्र थिए ...... आतंकित भो मन .... 

लौ भर्खर मरेको मान्छेको कुरो सम्झेको .... आयो कि क्या हो ..... पसिना पसिना भैसकेको थिएँ ..... तेही बेला मेरो दक्षिण-पूर्वमा रहेको प्लास्टिकको ठुलो जुठेल्नो मा केहि झरेको आवाज आयो ..... 

अब होस् हवास हावा भयो .... मन ले पनि ठान्यो अब भूत आयो ... आजै हो मेरो दिन ..... सकियो छोरो तेरो भोगचलन ...... 

पुरै जिउ डल्लो परेर सिरक भित्र पसेर डर ले थर थर काम्दै थिएँ ...

तेही बेला फेरी झ्यालको ग्रिल मा त्याङ्ग केहि ले लागेको आवाज आयो ...... 

मेरो पुरा शरीर अन्नपुर्णको चिसो हिमजलले स्नान गरेको भाँती चिसो थर थर काप्दै थियो .... 

तेही बेला खाट तल केहि चले चले जस्तो लाग्यो .... 

दक्षिण-पश्चिम पट्टि रहेको मेरो कोठाको ढोका पनि कसैले बिस्तारै कर्र्र्र्र्र्र्र्रर्र्र्र्र्र्र आवाजले खोले जस्तो लाग्यो .... 

अब हंसले साथ् छोड्न लागेको थियो ..... कता कता खाट नै लग लग लग हल्लेको भान भयो ..... 

अनि त्यो अगिन कुनौटो मा उभिई रहेको कालो छायाँ तिर बढेर ढक्क छातिमा बसेर घाँटी निचोर्दै रहेछ 

तेही बेला 'कुखिरी काँ बासि भात खाँ खै मेरो बसी भात त्यै मोरो ले खायो' भनेर मोबाइल फोन बज्यो ...... 

अनि झसङ्ग भएर हेर्छु ओछ्यानमा गुंडूल्कियेरा सिरक भित्र पसिना पसिना भएर सुति रहेको रहेछु ... 

अझै निस्पट्ट अँध्यारो ब्याप्त रहेछ ... बिहानको बजेको रहेछ .... 

यस्सो सुन्छु कान थापेर ... बाहिर पशुपति जानेहरुको भजन हिंडाईको आवाज आउन थालेको रहेछ ...

खाट मुनि छुचुन्द्रो पो खस्याक खस्याक क्वार क्वार गरेर के के काट्दै गुँड बनाउदै रहेछ .... 

किन किन एकसुर को भैरहेको थियो मन .... खै के के एकसुर ले सोंची रहेको थिएँ .... 

फेरी सात्तै लिने गरेर बिहान .१५ मा मिस्स कल आयो .... 

फेरी गायो फोन ले 'कुखिरी काँ बासि भात खाँ खै मेरो बसी भात त्यै मोरो ले खायो'.... 

आधा मिनेट पछि फेरो बज्छ ... 

फेरी एक आध मिनेट पछि बज्छ ..... 

रिसको झोक मा के मिस्स कल गरिरा ताकत शक्ति भने सिधै कल गर भनेर एउटा मेस्सेज पठाएँ ...... 

तैपनि तेही नम्बरमा बाट मिस्स कल आउँछ बा ... 

अब चाहिं अचाक्ली भो भनेर कल नै गरें तेही नम्बर मा .....

उता बाटा फोन उठ्यो तर स्वाँsssss आवाज मात्र आइरह्यो .... 

अनि घरबेटी काकालाइ यो नम्बरले सारै दुख दियो हेर्नुस भनेर सुनाएँ ...... 


कसैले रेला गर्यो होला भाइ संग ... आजकाल यस्तै हो भन्ने उत्तर पाएँ .... 

निराश भएर यो नम्बर चिन्नु हुन्छ कि भएर देखाएँ ..... 

वहाँ त्यो नम्बर देखेर झसङ्ग हुनु भो .... अनुहारको भाव यसरि परिवर्तन भयो कि जस्तो एउटा कहिले पौडी नखेल्नेले गहिरो पानिमा हम्फल्लेको होस्  ..... 

' यो यो नम्बर , यो ' भनेर थचक्क बस्नु भयो ...... 

लौन के भो भनेर झन् अताल्लिएको थिएँ ...... 

'के भो काका भन्नु ' ..... 

उहाँ भन्दै हुनु हुन्थ्यो .. 'बाबु यो नम्बर .... गोज्याङ्ग्रो को हो ...यो नम्बर काटी सक्यौं बाबु तर कसरी कल ....... '

मेरो पनि नाम सुन्न साथ् घाम लागेको उज्यालो घमाइलो आकाशबाट एक्कासी घनघोर बर्सातको मेघ लागेको आकाश जस्तो भो अनुहारको भाव .... 

गोज्याङ्ग्रो तेही केटो हो जो एक महिना पहिले माथिल्लो तल्लामा झुण्डीएको फेला परेको थियो ..... 

- थाहा छैन 



(यो कथा पूर्ण रुपमा काल्पनिक हो ,  शायदै कसैको जीवन संग मेल खाला . खाएमा सबै भन्दा पहिले तर्सिने मा आफै हुनेछु

No comments:

Post a Comment

उदारो शब्दहरु

कबिता  मैले छाडिसके तिम्रा गित गाउन अनि तिम्रा भजन सुन्न पनि अब त पानी पर्दा आउने तिम्रा याद पनि आउन  छाडिसके अनि साझ पर्द...