Wednesday, May 16, 2018

चितवनमा अखिलको चन्दा आतंक

भरतपुरस्थित एक निजी कलेजमा एमाले निकट विद्यार्थी संगठनका एक केन्द्रीए सदस्य चन्दाका लागि बार्गेनिङ गरिरहेका थिए। बहाना रहेछ, आगामी जेठ ४ र ५अनेरास्ववियुको बैठक। भन्दै थिए, ‘बैठकमा जानका  लागि भाडा खर्च अपुग भयो, आर्थिक सहयोग चाहियो।’ रमाइलो कुरा,करिब एक हप्ता अगाडी जिल्ला पार्टि कार्यालयमा प्राइभेट स्कुल कलेजले  असुल्ने ‘भर्ना शुल्कको विरुद्धमा’ चर्को स्वरमा ओकल्दै थिए

स्कुल भर्नाको मध्य सिजनमा उनले जुन कोणबाट विषय उठान गर्न खोजेका थिए, किमार्थ नाजायज थिएन्। यद्यपि विद्यार्थी हकहितका लागि ‘यति चौडा छाती बनाएर डटिरहेका’ उनीलाई हेक्का हुनुपर्ने हो, आफूले लिने चन्दाले अन्ततः तिनै अभिभावकको व्ययभार बढाउनेछ। कुरा सोझो छ। विद्यार्थी संगठनले निजी विद्यालयबाट चन्दा असुल्छ। अनि, विद्यालयले घुमाउरो तरिकाले अभिभावकको खल्तीबाट त्यो खर्च परिपूर्ति गर्छ।

एक प्रिन्सिपल भन्छन्, ‘एक पटकमा कम्तीमा ५ हजारदेखि १ लाखसम्म लिने गरेका छन्।’ विद्यार्थी हकहित, शैक्षिक गुणस्तरदेखि परीक्षा प्रणालीसम्मका कुरालाई जोडेर खुलमखुला चन्दा उठाइन्छ। ‘कार्यक्रम गर्नुपर्यो‍’ भन्दै आउनेहरुको लर्को उस्तै उदेगलाग्दो छ। दशैं–तिहार, नयाँ वर्षजस्ता अवसरमा पनि ‘शुभकामना’को नाममा द्रव्य–लाभ लिइने गरेको बताइन्छ। विद्यार्थी संगठनको यस्तो धन्दा संस्थागत हुदै गएको एक कलेजका प्रिन्सिपलको टिप्पणी थियो। चितवनमा मात्र निजी विद्यालय हजारौ संख्यामा  छन्। यी सबैबाट कम्तीमा ५ हजारको दरले चन्दा लिने हो भने मात्र पनि थुप्रै रकम संकलन हुन्छ। अर्का कलेजका  प्रिन्सिपल  व्यंङ्य गर्छन्, ‘यसरी नै चन्दा उठाएर साथीभाइहरु चितावानमा ठाँटले बस्न पाएपछि किन पढ्नु? किन जागिर खानु? राजनीति गर्यो‍, बस्यो।’
 एउटा निज्ाी कलेजका प्राचार्यले चन्दा आतंकले कलेज चलाउन गाह्रो भएको गुनासो गरे । उनका अनुसार चन्दा माग्नेहरू अनेक समूहमा पटक-पटक आउँंछन् र लाखौं रुपैयांँको सहयोग माग्छन् । त्यत्रो सहयोग गर्न नसक्ने बताएपछि चन्दा माग्नेहरू कलेजमा तोडफोड भयो भने हामीलाई दोष नदिनु होला भनी धम्क्याएर जान्छन् । नाम चलेका र धेरै विद्यार्थी भएका महंँगा विद्यालयबाट अति ठूलो धनराशि चन्दा मागिन्छ । स्कुल, कलेज व्यवस्थापनकर्ताका अनुसार लाचार भएर उनी चन्दा दिन बाध्य भएका
छन् । यसरी दिएको चन्दाको रकम आखिर कसको थाप्लोमा पर्छ ?

No comments:

Post a Comment

उदारो शब्दहरु

कबिता  मैले छाडिसके तिम्रा गित गाउन अनि तिम्रा भजन सुन्न पनि अब त पानी पर्दा आउने तिम्रा याद पनि आउन  छाडिसके अनि साझ पर्द...