१६ माघ, भरतपुर ।देश र जनताको हित र अधिकारका लागि जीवन त्याग गर्ने सहिदप्रति सम्मान गर्दै देशभर शुक्रबार सहिद दिवस मनाइँदै छ /
नेपाली जनतालाई सार्वभौमसत्ता सम्पन्न नागरिक बनाउन जहानिया राणा शासन, निरङ्कुश पञ्चायती व्यवस्था तथा तानाशाही राजतन्त्रविरुद्ध प्रजातान्त्रिक क्रान्ति एवम् लोकतान्त्रिक जनआन्दोलनहरूमा आफ्नो जिवनको आहुती गरेका वीर सपूतहरूको सम्झनामा प्रत्येक वर्ष सहिद दिवस मनाइँदै आएको छ ।
यसै अवसरमा अनेरास्ववियु NPI CTEVT क्याम्पस कमिटिले पनि बिगत बर्षहरु जस्तै यसबर्ष पनि शहिद हरुको सम्झनामा दिप प्रज्वलन गर्ने कार्यक्रम राखेको छ | साँझ ५ बजे क्याम्पस परिसरमा हुने कार्यक्रममा भर्खरै नेकपा एमाले चितवन जिल्ला कमिटि सदस्यमा मनोनित हुनुभएका चितवन युवा संघ नेपालका धरोहर, चितवनका युवाहरुको ढुकढुकी युथ फोर्सका केन्द्रीय सदस्य एवम् पूर्व विद्यार्थी नेता आदरणीय क. सुरज तिवारीको प्रमुख आतिथ्यता, अनेरास्ववियु केन्द्रिय अनुशासन आयोग अध्यक्ष आदरणिय क. निशा अधिकारि को विशिष्ट आतिथ्यता साथै अनेरास्ववियु चितवन अध्यक्ष क. देब पाठक लगायत अन्य बिद्यार्थी नेताहरुको उपश्थिति रहने क्याम्पस कमिटि उपाध्यक्ष क. गुणेश्वर सिंह (गन्नी) ले जानाकारी दिनु भयो |
No comments:
Post a Comment